Sutra Media

Call Directions Website Contact the establishment

Sutra Media Sutra TV HD
(1)

05/10/2026
05/10/2026

रञ्जितालाई उत्सवको प्रश्न स् ज्योति मगर कि कमल बिसी? - Nisha Sunar & Ranjita Gurung - Ramailo with Utsav

पितृको श्राप वा पितृदोष लागेमा मानिसको जीवनमा चरम असफलता, पारिवारिक कलह, रोगव्याधि र आर्थिक संकट निम्तिने ज्योतिष परिषद्...
05/10/2026

पितृको श्राप वा पितृदोष लागेमा मानिसको जीवनमा चरम असफलता, पारिवारिक कलह, रोगव्याधि र आर्थिक संकट निम्तिने ज्योतिष परिषद् नेपालका केन्द्रीय सदस्य ज्योतिषी राम पंगेनीले बताएका छन्। पितृदोष लाग्ने कारण र पितृको आशीर्वाद पाउने उपायबारे जानकारी दिँदै उनले कुल–पितृ र आमाबुबाको अनादर गर्दा यस्तो दोष लाग्ने स्पष्ट पारेका हुन्।
पितृदोषका नकारात्मक असरबारे चर्चा गर्दै पंगेनीले भने, “पितृको श्राप लाग्यो भने जीवनमा धेरै असफल भइन्छ, घरमा कलह–झगडा हुन्छ, हातमा पैसा टिक्दैन र घरमा रोगव्याधिले कसैलाई पनि छोड्दैन। पितृले श्राप दिनुभयो भने हामीलाई यस्तै समस्या र पितृदोष लाग्छ।” उनका अनुसार जबसम्म पितृ शान्त र प्रसन्न हुँदैनन्, तबसम्म जीवनमा सफलता पाउन कठिन हुन्छ।
पितृदोष लाग्ने मुख्य कारणहरू औँल्याउँदै उनले आफ्ना कुल–पितृ र वृद्धवृद्धाको अपमान नगर्न आग्रह गरे। उनले भने, “पितृको श्राद्ध–तर्पण नगर्ने वा लापरवाही तरिकाले गर्ने, बुबाआमा तथा वृद्धवृद्धाको अपमान र हेला गर्ने, आफ्ना कुलपितृको बेवास्ता गर्ने तथा कुल परम्पराविपरीत जाने काम गर्नुभयो भने पितृदोष लाग्छ। यस्तो कार्य कदापि नगर्नुहोला।”
यसैगरी धार्मिक तथा वातावरणीय मर्यादा उल्लंघन गर्दा पनि पितृदोष लाग्ने उनको भनाइ छ। “पिपलको बोट काट्नुभयो भने, नाग देवताको हत्या गर्नुभयो वा दुःख दिनुभयो भने पनि पितृदोष लाग्छ,” पंगेनीले थपे, “नदी, नाला, ताल, स्नान गर्ने पवित्र स्थल तथा धार्मिक स्थलवरिपरि मलमूत्र विसर्जन गर्नु हुँदैन। साथै गौमाता, कुकुरलगायतका पशुपक्षीलाई दुःख नदिई सेवा गर्नुपर्छ।”
विशेष गरी गरिब–दुःखीको अपमान गर्ने र पैतृक सम्पत्ति हडप्ने प्रवृत्तिले पितृको श्राप निम्त्याउने उनले चेतावनी दिए। “गरिब–असहायको अपमान त गर्नै हुँदैन। यसो गरेमा पितृको श्राप लाग्छ र जिन्दगीमा कहिल्यै सफल बन्न सकिँदैन,” उनले भने, “अर्को मुख्य कुरा, पितृको सम्पत्तिमा अन्याय नगर्नुस्। पैतृक सम्पत्ति दाजुभाइलाई नदिई एक्लै हडप्न खोज्ने र कुम्ल्याउने सोच राख्नुभयो भने पितृको श्राप लाग्छ।”
पितृको आशीर्वाद प्राप्त भए जीवन स्वतः सफल र समृद्ध बन्ने पंगेनीको दाबी छ। “पितृले आशीर्वाद दिनुभयो भने हाम्रो जीवन त्यसै सफा, हराभरा र सफल बन्छ,” समाधानका उपाय सुझाउँदै उनले निष्कर्षमा भने, “गरिब–असहायलाई सधैँ सहयोग गर्नु, आमाबुबा तथा वृद्धवृद्धाको सेवा गर्नु, संस्कार र विधिपूर्वक श्राद्ध–तर्पण गर्नु तथा कुल परम्पराको सम्मान गर्नु नै पितृदोषबाट बच्ने र आशीर्वाद पाउने शास्त्रीय नियम हो।”
#सोह्रश्राद्ध

04/10/2026

उत्सव हाँसेको हाँस्यै भए!, न्याउरीलाई पर्यो आपत्!- Nisha Sunar & Ranjita Gurung - Ramailo with Utsav

04/10/2026

बिपिनले एक मिनेटसम्म कबड्डी भनेपछि रजतपट अंकल र दयाहाङ चकित परे !

Address

Old Baneshor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sutra Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sutra Media:

Shortcuts

Share