07/06/2026
Aneel Shakya Suman Shakya shakya
🙏🙏🙏
गुह्यकाली
गुह्यकाली (वा गुह्यकाली) हिन्दू धर्मका तान्त्रिक परम्पराहरूमा पुजिने देवी कालीको एउटा अत्यन्त शक्तिशाली र गूढ रूप हो। नेपाली बृहत् शब्दकोशका अनुसार यसलाई गुह्येश्वरीको रूपमा पनि लिइन्छ। गुह्येश्वरीलाई महायानी योगिनीहरू मध्ये एक प्रमुख योगिनी मानिन्छ । माहायानी बौद्ध धर्ममा गुह्येश्वरीलाई नैरात्माको रूपमा लिइन्छ । नैरात्मा हेबज्रको स्त्री शक्ति हुन् ।
यस देवीको साधना र मन्त्रहरू तन्त्र शास्त्रमा, विशेष गरी 'महाकालसंहिता' मा विस्तृत रूपमा वर्णन गरिएको छ। गुह्यकालीका विभिन्न रूपहरूमा १०, २७, वा ५४ वटासम्म आँखाहरू र बहुसंख्यक हातहरू हुने विश्वास गरिन्छ। दशवक्त्रा (दशमुखे) गुह्यकालीको सबैभन्दा माथि रहेको बाघको मुखलाई महाचण्डयोगेश्वरी भनिन्छ । त्यसभन्दा तल रहेको सिंहमुखलाई वज्रकापालिनी भनिन्छ । त्यसभन्दा तल्लो पङ्क्तिमा रहेको स्यालमुखलाई महाडामरी, बाँदरमुखलाई सिद्धिकराली र भालुमुखलाई सिद्धिविकराली भनिन्छ । त्यसभन्दा तल्लो पङ्क्तिमा रहेको नरवक्त्रलाई गुह्यकाली, गरुडवक्त्रलाई चण्डकापालिनी, मकर(गोही)वक्त्रलाई अट्टहासिनी, गजवक्त्रलाई मुण्डमालिनी र हय(घोडा)वक्त्रलाई कालचक्रेश्वरी भनिन्छ । यसप्रकार दशवक्त्रा गुह्यकालीका दशवटा मुखलाई भिन्न भिन्न नामले पूजा गरिन्छ ।
Excilent art of guheykali (देबि नैरात्मा)
Artist: my dearest brother Sunny Shakya suman shakya दाइ anil shakya
Proud of you my belonging brothers.
Art & civilization in damn safe hands. 🙏🙏🙏🙏🙏
सम्पदा संरक्षण महाअभियान
संरक्षक
Tom N Jerry
सम्पदा संरक्षण महाअभियान
भक्तपुर
GR Ranjit