Jokes NEPAL

Jokes NEPAL मनोरञ्जनात्मक कमेडी तथा funny भिडियो,फोटो, जोक्स तथा ताजा खबरको लागि पेज लाई like/follow गर्नु होला।।

27/02/2026

विविसि को भिडियोबाट लिएको विवरणको बुदाँ नं १४८, १४९, १५०, १५१, १५२, १५३, १५४ लाई स्पष्ट रुपमा समय सङै हेरौँ
स्पष्ट छ त बुदा नं अनि समय अनुसार केके भयो भन्ने ? कि यि सब गलत हुन र ? ? अझै यो डकुमेन्ट लाई सत्य मान्ने हो भने दिएको विवरण किन छुटे त डकुमेन्ट्री मा ? ? बालेन शाह ले संसद विघटन गरि सुशिला कार्कि लाई प्रधानमन्त्री बनाएको नागरिक सरकार भनेर उपभास गराएको खै किन सार्वजनिक हुदैन कार्कि आयोग को प्रतिवेदन ? ?
१. पहिला निषेधित क्षेत्र तोडियो
२. संसदको पर्खाल भत्काईयो
३. संसदको दुई नम्बर गेट आगो लाग्यो
४. कर्फ्यु जारी भयो
५. पहिला लाठीचार्ज, फोहोरा, अशुर ग्यास र रबर बुलेट मात्र चल्यो अनि गोलि चल्यो।
अझै यस्मा यि तलका घटना किन छुटे
बिबिसी डकुमेन्ट्रीले यि तलको कुराहरु आफ्नो डकुमेन्ट्रीमा किन लुकाएर गोली चलेको दृश्य मात्रै देखाएको छ ? किन यसमा कमेडियन साजन श्रेस्ठले हालेको आन्दोलनकारीहरुलाई यो हाम्रो सम्पत्ति हो छाडदिउ भन्ने भिडियो हालिएको छैन ? किन टिओबी टिसर्ट लगाएर परिचालित भएका दलाई लामाका अनुयायीहरू उसको डकुमेन्ट्रीमा देखाइएका छैन ? ? पानी वितरण गर्ने नाममा मान्छे उक्साउँदै बुलेट बाईक चढेर हिँडिरहेका कालो मास्कधारी बारबारा फाउण्डेशनका मानिसहरू किन उसको डकुमेन्ट्रीमा देखाइएका छैन ?? कर्फ्यु आदेश लागेपछि घर फर्किनका लागि प्रहरीले हात जोडेर पटक–पटक माइकिङ गरेको दृश्य किन उसको डकुमेन्ट्रीमा देखाइएका छैन? काठमाडौं महानगरपालिका भित्रका स्कुलहरूले बिदा दिएर घर बस्न भनेका विद्यार्थीहरूलाई सडकमा उतारिएको कुरा किन उसको डकुमेन्ट्रीमा देखाइएका छैन? संसद भवनको सुरक्षार्थ बसेका सानो संख्यामा रहेका प्रहरीहरू माथी प्रदर्शनकारीहरूले असिना झैँ बर्साएको ढुंगाले लागेर रक्ताम्य भएको दृश्य किन डकुमेन्ट्रीमा देखाइएका छैन ? बेल्चा, घन र इलेक्ट्रोनिक करौती बोकेर संसद भवनको गेट रेटिरहेका, ठोकिरहेका देशद्रोहीहरू किन उसको डकुमेन्ट्रीमा देखाइएका छैन ? नेपालको सुरक्षा निकायलाई कमजोर सावित पारेर असली हत्याराहरु लाई जोगाउने उद्देश्यबाट प्रेरित बिबिसीको डकुमेन्ट्रीले चुनावको मुखमा स्वेदश भन्दा विदेशकै सेवा गरेको स्पष्ट देखिन्छ ।
Copied

06/02/2026

प्रिय रास्वपा समर्थक ज्यूहरू,
गत भदौ २१ गते कोशी प्रदेशका एमाले मन्त्री सवार गाडीले गोदावरी नजिकै ११ वर्षीया बालिकालाई ठक्कर दिँदा तपाईं, म सबैजना आक्रोशित भयौं। सामाजिक सञ्जालमा तीव्र विरोध पोख्यौं, तत्कालीन पिएम केपी ओलीको हल्का टिप्पणीलाई लिएर 'गैरजिम्मेवार' भन्दै आगो ओकल्‍यौं। बालिका सामान्य उपचारपछि डिस्चार्ज भइन्, तर हाम्रो आक्रोश भने निकै चर्को थियो किनकि एउटा निर्दोष बालिकाको जीवन जोखिममा परेको थियो।
तर हिजो रौतहटमा ठ्याक्कै यस्तै घटना भयो अनि क्षति ठुलो । रास्वपाका उम्मेदवारको गाडीले खेलिरहेकी ४ वर्षीया अल्फा खातुनलाई ठक्कर दियो। बालिका गम्भीर घाइते भइन्, अस्पताल पुर्‍याइए पनि उनको ज्यान गयो। तर यो दुखद घटनापछि तपाईं केही बोल्नु भो ? लेख्नु भो ? विरोध त गर्न सक्नुहुन्न थाहा छ तर बालिकाप्रति श्रद्धाञ्जली या परिवारप्रति केही सहानुभूति? मैले त देखिनँ।
सायद तपाईं घाइते खुट्टा बोकेर चितवन पुगेका सभापति रवि लामिछानेमाथि 'कठै' भन्दै इमोशनल सपोर्ट जुटाउन, अनि वरिष्ठ नेता बालेनको 'देशैभरी माया' वाला पोस्टमा 'Our next handsome PM, i love you' लेख्न व्यस्त हुनु भो ।

* माफ गर्नुहोला साथीहरू, तपाईंको यो दोहोरो मापदण्ड, आग्रहपूर्ण मौनता, कुण्ठा र पक्षपातको संस्कृति देखि मलाई निकै डर लाग्छ ।🙏🙏

10/01/2026

हामीले त्यहि दिन नै भनेका थियौँ, संकेत राम्राे देखिएन भनेर 😀

09/01/2026
06/01/2026

कुरो बुझौँ!!

कलियुग महाभारत सहकारिनदीमध्यं नामपोतं प्रवाहितम् ।न डुबेँ इति घोष्यन्ते भिजेको वस्त्र लुक्यते ॥बालेनः शब्दशस्त्रेण सर्वा...
31/12/2025

कलियुग महाभारत
सहकारिनदीमध्यं नामपोतं प्रवाहितम् ।
न डुबेँ इति घोष्यन्ते भिजेको वस्त्र लुक्यते ॥

बालेनः शब्दशस्त्रेण सर्वान् एव विजित्य च ।
स्वयं कर्मरणे दृष्टः मौनव्रतम् उपाश्रितः ॥

😀😀😀
31/12/2025

😀😀😀

हैन यो मान्छे ले नजानेको केही छैन , यति ले कतिजना मुर्गा हान्ने भाे 😀
31/12/2025

हैन यो मान्छे ले नजानेको केही छैन , यति ले कतिजना मुर्गा हान्ने भाे 😀

31/12/2025

कुलमान घिसिङको संकेत त्यति राम्रो देखिँदैन त! 🤔😀

हाम्रो देशको भावी प्रधानमन्त्री😀
28/12/2025

हाम्रो देशको भावी प्रधानमन्त्री😀

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Jokes NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category