Newa Voice

Newa Voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Newa Voice, Cultural Center, Kathmandu.

16/04/2026
ध्यान गर्दै भिक्षुहरुलुम्बिनीमा शुक्रबार आयोजित 'तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको उद्घाटन समारोह तथा अन्...
20/03/2026

ध्यान गर्दै भिक्षुहरु
लुम्बिनीमा शुक्रबार आयोजित 'तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको उद्घाटन समारोह तथा अन्तर्राष्ट्रिय ध्यान दिवस' कार्यक्रममा ध्यान गर्दै भिक्षुहरु ।

असनमा खट जुधाइ: पाहाँ चःह्रे जात्राको दृश्य यात्रा
20/03/2026

असनमा खट जुधाइ: पाहाँ चःह्रे जात्राको दृश्य यात्रा

काठमाडाैंकाे नेवार समुदायको मौलिक तथा महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘पाहाँचर्हे’ (पाहाँ चह्रे) जात्रा
20/03/2026

काठमाडाैंकाे नेवार समुदायको मौलिक तथा महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘पाहाँचर्हे’ (पाहाँ चह्रे) जात्रा

पौष कृष्ण औँसीका अवसरमा आज बिहानैदेखि काठमाडौँकाे गोकर्णेश्वर उत्तरगया क्षेत्रमा श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको छ ...
19/12/2025

पौष कृष्ण औँसीका अवसरमा आज बिहानैदेखि काठमाडौँकाे गोकर्णेश्वर उत्तरगया क्षेत्रमा श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख सुनिता डंगाेल
15/12/2025

काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख सुनिता डंगाेल

दुर्घटनाग्रस्त बसपूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ स्थित कौडियापुलबाट बिहीबार बिहान करिब ३ बजे खसेर दुर्घट...
11/12/2025

दुर्घटनाग्रस्त बस
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ स्थित कौडियापुलबाट बिहीबार बिहान करिब ३ बजे खसेर दुर्घटनाग्रस्त ना ८ ख ७४५५ नम्बरको बस । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बस पट्टा भाँचिएर दुर्घटना भएको बस चालकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । । ३८ यात्रु सवार बसमा २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।

मुकुण्डो बनाउँदै स्थानीय व्यापारी भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण ...
10/12/2025

मुकुण्डो बनाउँदै स्थानीय व्यापारी
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर जाने बाटोमा काठको मुकुण्डो बनाउँदै स्थानीय व्यापारी । मुकुण्डो बनाएर रङ्गरोगन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गर्ने गरिन्छ । काम गरेवापत दिनको एक हजारदेखि कामको प्रकृति अनुसार दुई हजारसम्म कमाउन सक्ने बताउँछन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ स्थित माझ कुविन्डेकाे बगैँचामा लटरम्म फलेका जुनारहरू । जुनार बगैँचाबाट प्रतिकिलो  ६५ रु...
10/12/2025

सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ स्थित माझ कुविन्डेकाे बगैँचामा लटरम्म फलेका जुनारहरू । जुनार बगैँचाबाट प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको किसान बताउछन् ।

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नै पुनर्स्थापना गर्न आदेश दिएको छ...
08/12/2025

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नै पुनर्स्थापना गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

जेनजी आन्दोलनपछि बनेकाे अन्तरिम सरकारले कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएसंगै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर घिसिङका नजिक भएका मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। सोही सरुवाविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए।

सुन्तला खरिदबिक्रीकाठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार सुन्तला खरिद गर्दै सर्वसाधारण ।
08/12/2025

सुन्तला खरिदबिक्री
काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार सुन्तला खरिद गर्दै सर्वसाधारण ।

ओखलमा चिउरा कुट्दै महिलाकाठमाडौँको टोखा नगरपालिका वडा नं २ र ३ ले टोखा बजारमा  हरेक शनिबार आयोजना गर्ने टोखा सडक नेवाः ख...
06/12/2025

ओखलमा चिउरा कुट्दै महिला
काठमाडौँको टोखा नगरपालिका वडा नं २ र ३ ले टोखा बजारमा हरेक शनिबार आयोजना गर्ने टोखा सडक नेवाः खाजा महोत्सवमा ओखलमा चिउरा कुटेर बिक्री गर्दै टोखाका स्थानीय नेवारी समुदायका महिला । ओखलमा कुटेको चिउरा एक सय बीस रुपैयाँमा बिक्री गर्ने गरेको महिला बताउछन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Newa Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share