Sunaulo Nepal

Sunaulo Nepal खबर 24/7 Its all about happinesd how sad you are but promise we will make you Smile���

08/03/2026

आफुले आफैलाईहालेको भोट नै गाएब

BREAKING: काठमाडौं-१ मा मतगणना सुरु! बानेश्वरमा मतपेटिकाहरू खोल्न थालिएको छ। १० बजे सुरु हुने भनिए पनि केही ढिला गरी गणन...
05/03/2026

BREAKING: काठमाडौं-१ मा मतगणना सुरु!

बानेश्वरमा मतपेटिकाहरू खोल्न थालिएको छ। १० बजे सुरु हुने भनिए पनि केही ढिला गरी गणना सुरु भएको हो।

रवीन्द्र मिश्र, रञ्जु दर्शना र प्रवल थापामध्ये कसले लेला त सुरुवाती अग्रता? काठमाडौंको 'कोर सिटी' को मुड अबको केही मिनेटमै बाहिर आउनेछ।

🙏 सहयोगको लागि हार्दिक अपिल 🙏मेरो श्रीमती अस्मिता खनाल पौडेल हाल Kidney Failure Stage–5 बाट पीडित हुन। उनको जीवन बचाउन अ...
12/02/2026

🙏 सहयोगको लागि हार्दिक अपिल 🙏
मेरो श्रीमती अस्मिता खनाल पौडेल हाल Kidney Failure Stage–5 बाट पीडित हुन। उनको जीवन बचाउन अहिले kidney transplant आवश्यक परेको छ।

यसअघि हामीले GoFund मार्फत सहयोग संकलन गरेका थियौँ र करिब @4150 उठेको थियो। तर समयमा बैंक विवरण अपडेट गर्न नसक्दा संकलित सबै रकम फिर्ता भएको थियो।

अहिले एकजना दाइको सहयोगमा फेरि नयाँ GoFund account सिर्जना गरेर उपचारका लागि रकम उठाउने प्रयास गरिरहेका छौँ। यो कठिन समयमा हजुरहरूको सानो सहयोगले पनि हाम्रो परिवारलाई ठूलो आशा र साहस दिनेछ।

🙏 कृपया सहयोग गर्नुहोस्, साथै यो सन्देशलाई share गरेर अरूसम्म पुर्‍याइदिनु होला।

तपाईंको साथ र सहयोगले एउटा अमूल्य जीवन बचाउन सक्छ।

👉 GoFund Link: (https://www.gofundme.com/f/urgent-kidney-transplant-support-for-sudip-paudel-wife-nepal/cl/o?lang=en_GB)

धन्यवाद 🙏

09/02/2026

‘विकासको प्रस्ट खाका नै छैन, समानुपातिक योजना चाहिन्छ ।’
प्रस्ट प्रश्नमा रास्वपा नेता तथा गुल्मी १ का उम्मेदवार सागर ढकाल
Full video: नेपाल लिड

ह्रदयघातका कारण ६८ वर्षकाे उमेरमा निधन भएका अभिनेता सुनिल थापाकाे शाेक धुनसहित अन्तिम बिदाई गरिएकाे छ । नेपाली, भाेजपुरी...
08/02/2026

ह्रदयघातका कारण ६८ वर्षकाे उमेरमा निधन भएका अभिनेता सुनिल थापाकाे शाेक धुनसहित अन्तिम बिदाई गरिएकाे छ । नेपाली, भाेजपुरी, तामिल तथा हिन्दी भाषाका गरी तीन सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएका थापा नेपाली चलचित्रमा राते काइँलाकाे नामले प्रख्यात हुनुहुन्थ्याे । अभिनेता थापालाई श्रद्धाञ्जली दिन उहाँकाे शव राखिएकाे चलचित्र विकास बाेर्डकाे प्राङ्गनमा चलचित्रकर्मी, आफन्त तथा शुभचिन्तककाे बाग्लाे उपस्थिति रहेकाे थियाे । भावपूर्ण श्रद्धाञ्जली प्रिय अभिनेता 'राते काइँला' दाइ 🌺🌺

आधुनिकताबीच हराउँदै गएको पुर्ख्यौली पहिचानको झल्को।समय बद्लियो, तर पुर्खाको सीप आज पनि बोलिरहेकै छ।आजको सुविधा पुर्खाहरु...
08/02/2026

आधुनिकताबीच हराउँदै गएको पुर्ख्यौली पहिचानको झल्को।समय बद्लियो, तर पुर्खाको सीप आज पनि बोलिरहेकै छ।आजको सुविधा पुर्खाहरुकै संघर्षको देन हो। #पुर्खाको_सीप

लोकसेवा आयोगको नतिजामा उनको नाम छ तर मान्छे यो संसारमा छैनन्: जाजरकोट घर भएकी २२ बर्षिय पशुपति घर्ति केहि दिन अघि कपडा स...
07/02/2026

लोकसेवा आयोगको नतिजामा उनको नाम छ तर मान्छे यो संसारमा छैनन्: जाजरकोट घर भएकी २२ बर्षिय पशुपति घर्ति केहि दिन अघि कपडा सुकाउँदा दाङमा घरको छतबाट लडेर मृ #त्यु भयो ! आज गण्डकी प्रदेश कृषि पाँचौँ तहको नतिजामा उनको नाम आएको छ ! घरको जेठो सन्तान थिईन्, आमाबुवाले छोरी सरकारी जागीरे बनेको हेर्ने सपना यहि समाप्त भएको छ !😢💔

02/02/2026

योगेन्द्र भाटको श्रीमति रश्मि पनेरुको पनि कुरा सुन्नुस अनि को सहि को गलत लाग्यो हजुरहरुलाइ भन्नुहोला??

चर्चित पत्रकार राजेन्द्र बानियाँको काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहलाई ५ वटा प्रश्न - (१) काठमाडौंको मेयरका रुपमा तपाई...
31/01/2026

चर्चित पत्रकार राजेन्द्र बानियाँको काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहलाई ५ वटा प्रश्न -

(१) काठमाडौंको मेयरका रुपमा तपाईं जति सामाजिक सञ्जालमा छाउनुभो, कार्यक्षमता र मूल्याङ्कनमा उत्ति नै कमसल देखिनु भो, त्यसको मूल्याङ्कन हुनुपर्दैन ?

(२) काठमाडौंको मेयर हुनेबेला वाचा गरेका अधिकांश कार्य पूरा नगरी कु'बेलैमा निस्कनुभो, अब सांसदका रुपमा तपाईं इमान्दार हुनुहुन्छ भन्ने के विश्वास ?

(३) भाद्र २३ र२४ को नर-संहा'रको कारक अनि सिंहदरबारदेखि राष्ट्रिय सम्पत्तिमाथिको आ-ग ज'नीको जनक भन्छन् तपाईंलाई, जवाफ छ ? तपाईंको नामै " लुसि'फर" बनेको छ, स्वीकारेको हो ?

(४) एउटा सार्वजनिक पदमा बस्ने मान्छे सार्वजनिक परीक्षणका लागि तयार हुनुपर्छ, जवाफ दिने ल्याकत राख्नुपर्छ । प्रश्न र जनताबाटै भाग्ने तपाईंलाई सार्वजनिक पदमा बस्ने अधिकार छ ?

(५) अरुको नैतिकतामा प्रश्न उठाउने तपाईं "मा'लपानी"को ८ करोडको मा'लपानीमा हुइँकिँदा जवाफ दिनुपर्दैन ?




नेपाल सरकारले नेपाल प्रहरीका लागि दैनिक राशन भत्ता प्रणालीमा महत्वपूर्ण सुधारलाई स्वीकृति दिएको छ। बालुवाटारमा सम्पन्न म...
30/01/2026

नेपाल सरकारले नेपाल प्रहरीका लागि दैनिक राशन भत्ता प्रणालीमा महत्वपूर्ण सुधारलाई स्वीकृति दिएको छ। बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहिलोपटक कुखुराको मासु, अण्डा तथा उच्च ऊर्जायुक्त बिस्कुट राशनमा समावेश गरिएको छ, जुन व्यवस्था फागुन १ (फेब्रुअरी १३) देखि लागू हुनेछ। संशोधित प्रणालीअनुसार राशन सामग्रीको संख्या १६ बाट बढाएर १९ पुर्‍याइएको छ भने दैनिक क्यालोरी मात्रा ४,०३० बाट बढाएर ४,३६४ क्यालोरी पुर्‍याइएको छ, जसले प्रहरीको शारीरिक तथा मानसिक कार्यभारलाई राम्रोसँग सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यो नीतिबाट देशभर २४ सै घण्टा विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्न खटिने करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुनेछन्। अधिकारीहरूका अनुसार यो निर्णय प्रहरी संगठनको लामो समयदेखिको माग सम्बोधन गर्ने खालको भएकोले मनोबल र कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ, र खर्च बढे पनि प्रभावकारी, व्यावसायिक तथा स्वस्थ प्रहरी सेवाका लागि आवश्यक कदमका रूपमा सरकारले यसलाई उचित मानेको छ।

The Government of Nepal has approved a major update to the daily ration allowance for Nepal Police personnel, introducing chicken, eggs, and high-energy biscuits for the first time, following a Cabinet decision made in Baluwatar and effective from February 13. Under the revised system, ration items have increased from 16 to 19, while daily calorie intake has been raised from 4,030 to 4,364 calories to better meet the physical and mental demands of police work. The policy is expected to benefit around 80,000 police personnel nationwide who serve 24/7 in challenging conditions such as disaster response, election security, and maintaining law and order. Officials say the revision addresses long-standing demands for improved welfare, is likely to boost morale and performance, and, despite increasing government expenditure, is considered a necessary step toward healthier, more professional, and effective policing.



अब बालेन कुन  सहकारिको अध्यक्ष बन्लान त?
28/01/2026

अब बालेन कुन सहकारिको अध्यक्ष बन्लान त?

Address

Kalanki
Kapilvastu
32801

Telephone

+9779821579087

Website

Alerts

Be the first to know and let us send you an email when Sunaulo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sunaulo Nepal:

Share

Category