The Nationalistic Nepali

The Nationalistic Nepali राष्ट्रवाद भनेको एक विश्वास/ विचारधारा हो जसमा व्यक्ति एक राष्ट्रको साथ जोडिएको हुन्छ। Thank you.

We practice citizen journalism as our primary source of information and news within the country. After confirming with them and our other comprehensive up-to-date news coverage, aggregated from various website sources all over the world we provide the updates on social media so that it could be easy for our users to be spared some inconvenience. We always try to cover every topic for our readers b

ut we don't believe in long articles which is why we only write articles that are short in lengths with catchy headlines for easy reading. We write genuine information and other essential updates on our page i.e., technology, entertainment, photography, politics, health, lifestyle, random memes/funny videos, etc. It is not in our principle to spread anarchy and mislead people by writing fake news. For any suggestions and complaints, please contact us on messenger or email us at .

07/12/2023

चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ ।
फेरि अर्को सुन काण्ड ?

07/12/2023

हाम्रा केही सामाजिक-विकृतिका बारेमा कुरा गरौं!

१. विवाह यति खर्चिलाे देखिन थाल्याे कि छोराछोरीलाई बिहे गर्न चाहिने खर्चले नयाँ व्यवसाय वा कुनै काममा लगानी गर्न प्रेरित गर्ने, अनि बिहे चाहिँ अदालती प्रक्रियाबाट टुङ्याएर ससानो प्रीतिभोज मात्रै गर्नेतिर लाग्नुपर्ने देखियो, नत्र गाउँमा बसी खेतीपाती गरेर जीविकोपार्जन गर्ने मध्यमस्तरका परिवारकाे त
- 'न बुहारी, न ज्वाइँ', पो होला जस्तो हुन थालिसक्यो।

२. समाज विवाहकै कारण आडम्बरी र खोक्रो हुने भयो। मेहेन्दी र हल्दी, मान्छेपिच्छे सुनका गहना र कपडाका सेट हुँदो न खाँदोका 'रस्म', पैसाको सत्यानाश, देश अरु के के कुराले टाट पल्टिँदै छ, त्यो त हिसाब हुँदै गर्ला तर व्यर्थका देखावटीले नागरिक बुङ्गो बनाउने काम बिहेबाटै शुरु हुने देखियो।

३. बिहे गर्ने अहिले प्रचलित तरिका नै डरलाग्दो भयो। यसको सुधार गर्नैपर्छ। नत्र 'न वंश, न विवाह' हुनेछ, निकट २०/३० वर्षमै।

४. बिहे मात्र होइन, व्रतबन्ध, गुन्यूचोलअं के के हुन के के! हामी संस्कृति जोगाउन कस्सिएका हौं कि? विनाश गर्न छुट्टाउनै गार्हो भयो!

५. प्रकृतिको सुन्दर रचना र सृष्टी हो- गर्भधारणावस्था, र यो समयमा महिलाको सेवा र धेरै कुरामा ध्यान दिनैपर्छ, तर ताइँ न तुइँको के के हुन उर्फ बेबीशावर रे, लाजैको! यो हाम्रो संस्कार भित्र पर्दै पर्दैन, जन्मेदेखि मृत्यु सम्म षोडष कर्म हुन्, त्यसमा गुन्युचोली समेत पर्दैन।

हुँदा हुँदा मरणपछि गरिने रीतिरिवाज पनि अति भड्किला हुँदै गए।
केही सोच्ने कि?
निम्न र मध्यमस्तरका परिवारले त सास फेर्नै गार्हो भयो।

~ छवि गौतम।

तनहुँ जिल्ला ऋषिङ्ग-४ मधुबन र नवलपुर जिल्ला बुलिङटा ४ कोखे जोड्ने कालीगण्डकी गड्गडी घाटको पक्की पुलको काम सुरु भएको ८ बर...
06/12/2023

तनहुँ जिल्ला ऋषिङ्ग-४ मधुबन र नवलपुर जिल्ला बुलिङटा ४ कोखे जोड्ने कालीगण्डकी गड्गडी घाटको पक्की पुलको काम सुरु भएको ८ बर्षको प्रगति। ✍️ भीम उपाध्याय

07/08/2023

सर्वोच्च अदालतको फैसलाले बालुवाटार जग्गा काण्डमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान हुनु भनेको-

• वाइडबडी
• नक्कली शरणार्थी
• ७० करोड
• ओम्नी
• बालुवाटार
• जलहरी
• पशुपति धर्मशाला
• यती
• गिरिबन्धु टी स्टेटको सयौं बिगाहा जग्गा
• नारायणहिटीको बतास

लगायत सयौं काण्डका १५ खर्बको भ्रष्टाचारमा केपी ओली नै अनुसन्धानको दायरा आउनु हो! किनकि अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार नै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्काल राष्ट्रपति विद्या भण्डारी एसियाकै भ्रष्ट भएको र उनीहरू भ्रष्टाचारीको मुख्य संरक्षणकर्ता भएको उल्लेख छ ।

कर्णाली प्रदेश सभाका माओबादी उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य कल्याणी खड्का, प्रदेश सभा सदस्य काँग्रेसकी इन्द्र...
03/08/2023

कर्णाली प्रदेश सभाका माओबादी उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य कल्याणी खड्का, प्रदेश सभा सदस्य काँग्रेसकी इन्द्राकुमारी शाही कर्णाली प्रदेश सरकारले प्रयोग गर्ने ००४१ नम्बरको स्कार्पियो जीप लिएर भारतको नैनिताल शयर गर्न गएका छन्। उनीहरूले सभामूख र प्रदेश सचिवालयको अनुमति बेगर बिदेश घुम्न गएका हुन्।

03/08/2023

भन्सारका कर्मचारीलाई पैसा खुवाएर यो वर्ष ४ पटक हतियार ओसारपसार भएछ । पाकिस्तानबाट नेपाल हुँदै भारत पेस्तोल पुगिरहेको भारतीय प्रहरिले नेपाली एअरपोर्टलाई आरोप लगाएको छ।
✍️ Hem raj Thapa

सरकारी सेवामा प्रवेश गरेको २ दशकमै काठमाण्डौँमा मात्रै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल दार्चुला शैल्यशिखर नगरपालि...
31/07/2023

सरकारी सेवामा प्रवेश गरेको २ दशकमै काठमाण्डौँमा मात्रै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल दार्चुला शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थायी घर भएका वन विभागका उपसचिव हेमराज विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रोत नखुलेको अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अवहेलना मुद्दामा काठमाडौं प्रहरी प्रमुख कार्कीलाई १५ दिन कैद र पाँच हजार जरिवाना !हेर्नुस फैसलाको पूर्णपाठ :https://driv...
24/07/2023

अवहेलना मुद्दामा काठमाडौं प्रहरी प्रमुख कार्कीलाई १५ दिन कैद र पाँच हजार जरिवाना !

हेर्नुस फैसलाको पूर्णपाठ :

https://drive.google.com/file/d/1Z8BRgjb7b8ERvVAwHFFsKsxuHcjPFUSx/view

बाके कोहलपुर स्थित तेह्रबिघा खेल मैदानमा निर्मित रु १० लाखको गेट।
23/07/2023

बाके कोहलपुर स्थित तेह्रबिघा खेल मैदानमा निर्मित रु १० लाखको गेट।

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when The Nationalistic Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The Nationalistic Nepali:

Share