NAR COS

NAR COS NATURE; ART; REVIVE; CULTURE; ORIGIN; SYSTEM;

छाडेर  जान  मन  छैन, मृत्युले बोलाइरहेछ,हिमाल  पनि  शोकमा   डुब्दै   टोलाइरहेछ।वसन्त ऋतुमा मगमगाईरहेका फुलहरु पनि,पिडाको...
06/08/2024

छाडेर जान मन छैन, मृत्युले बोलाइरहेछ,
हिमाल पनि शोकमा डुब्दै टोलाइरहेछ।
वसन्त ऋतुमा मगमगाईरहेका फुलहरु पनि,
पिडाको चर्को रापमा परि ओइलाइरहेछ।

कमल बजगाँई

बर्षको हर्ष नसमेटिदै, छोडि गको छ !सम्हालिनु प्रिय, प्यारा सहिद भाको छ !हिजो मात्र दशक बाँच्ने आशा सजाएको,कसोगरी थाम्नु म...
12/07/2024

बर्षको हर्ष नसमेटिदै, छोडि गको छ !
सम्हालिनु प्रिय, प्यारा सहिद भाको छ !
हिजो मात्र दशक बाँच्ने आशा सजाएको,
कसोगरी थाम्नु मन आज याद भाको छ !!

जन-जमातको बिल्कुल सामुन्ने छु,लाग्छ कसैबाट घाँटि न्याकिएझैँ,ङिच्च ङिच्च कृतिम हाँसो हाँस्नु पर्ने,लाग्छ हाँस्दा हाँस्दै ...
10/06/2024

जन-जमातको बिल्कुल सामुन्ने छु,
लाग्छ कसैबाट घाँटि न्याकिएझैँ,
ङिच्च ङिच्च कृतिम हाँसो हाँस्नु पर्ने,
लाग्छ हाँस्दा हाँस्दै गाला च्यातिएझैँ,
संगिनको धारले बारम्बार घोपेर,
लाग्छ बधशालामा फ्याकिएझैँ।

शब्द: कमल बजगाँई
ककनि-३, नुवाकोट

"निधन/ मृत्यु"संसार छाडेर जानू छ एकदिन,एकछिन पनि त पर्खदैनभाका नघाएर जिन्दगीको ऋण,यिन`हरूको आँसु न मायाले रोक्छ उस्लाई,उ...
12/05/2024

"निधन/ मृत्यु"
संसार छाडेर जानू छ एकदिन,
एकछिन पनि त पर्खदैन
भाका नघाएर जिन्दगीको ऋण,
यिन`हरूको आँसु
न मायाले रोक्छ उस्लाई,
उस्कैई आँट, इच्छा र बिश्वास,
घमण्ड, ईर्ष्या र इजलास ले
पनि साथ दिन्न त्यसदिन,

चाहेर पनि हावा निल्न,
बचेका उधारो हरूलाई छिन्न,
आज आत्माले साथ दिन्न,
हिल्न पनि त छुट छैन उस्लाई
न छुट छ उस्लाई देखाउन रिस,
पूरा गर्नु छ उस्ले प्रकृतिको रित,
उ न लान सक्छ केहि
न कसैलाई आफूसित,

मीत र मित्र शोकमा
विलिन हुदै छ उ लोकमा,
उ देखिन्न अब त्यो चोकमा,
न भेटिन्छ कुनै तोकमा,
सोच पनि त रहन्न
रहने त उस्को छवि हो,
झोकमा झै अडिन्न
अडाउने उस्लाई नबी हो,

काल खुसि छ सजावट देखेर चिताको,
हुनेछ इच्छा कहावत मनले चिताको,
अन्तिम भो सहायक जल्दैछ मिता जो,
अन्त्यको साथ निभाउने स्थावर बिटा हो,

भित्ताको तस्बिरमा हार छ,
जानेन उसले हार न,
गुहार के काम आज
सुन्दैन उ पुकार त

//२०८०-०५-१९//

"निर्वाण"जिन्दगीको रित जब छुट्छ श्वासबाँसको साहरामाकाँध मिलाई बोक्नु पर्छचिता सजाई दागबत्ती आफ्ना अंश जलाईसमवेदना का खात...
25/04/2024

"निर्वाण"

जिन्दगीको रित
जब छुट्छ श्वास
बाँसको साहरामा
काँध मिलाई बोक्नु पर्छ

चिता सजाई दागबत्ती
आफ्ना अंश जलाई
समवेदना का खातिर
थोपा आँसु रोप्नु पर्छ

जन्म दिने कोखलाई
ममताको कोख्याई
मस्तिष्क को कठोरताले
वेदनालाई रोक्नु पर्छ

बोकि हिड्नु छ मनमा
कवच छुटेको घाउ
काँधमा राख्ने पाउ
अन्तिम पटक ढोग्नु पर्छ

एकहोरो शंख शून्य
सुन्ने सय साक्षी
रूवाई देखि बिदाई
अस्तु पनि छोप्नु पर्छ

कोरा मा अलग्गै
कर्मले दिन शान्ति
स्वर्ग छ के काफि ?
परमात्मा सम्म सोच्नु पर्छ

//२०८१-०१-१३//

मुक्तककसरी  बयान  गरुँ नाक बाट  सास  फेर्ने खरानिको थुप्रोहरुको,जहिल्यै  गोल  गोल  घुमाईरहने   अनि  खण्डित गर्ने टुक्रोह...
22/04/2024

मुक्तक

कसरी बयान गरुँ नाक बाट सास फेर्ने खरानिको थुप्रोहरुको,
जहिल्यै गोल गोल घुमाईरहने अनि खण्डित गर्ने टुक्रोहरुको
सधैँ कर्कस चित्कारको आवाज आइरहन्छ बुझ्नै नसकिने,
हेर्दा आलिशान महल देखिने कसैलाई काम नलाग्ने झुप्रोहरुको।

गलामा अड्किएका भावहरु कला बनेर निस्कन्छन्,दविएका आवाजहरु कला मार्फत भाला बनेर रोपिन्छन्,जीवन रङ्गमन्च हो, हामी हाै रङ्गम...
16/04/2024

गलामा अड्किएका भावहरु कला बनेर निस्कन्छन्,
दविएका आवाजहरु कला मार्फत भाला बनेर रोपिन्छन्,
जीवन रङ्गमन्च हो, हामी हाै रङ्गमन्चका कलाकार,
जिवनका सुख दुःखका क्षणहरु कला बनेर छोपिन्छन्।

विश्व कला दिवस
२०८१/०१/०३

"कला"जन्मिनु पूर्व तिमी कलाकार हौं,मृत्युु सम्म तिमी कला साट्छौं,छोडि जान्छौं अन्त्य देह, द्रव्य केलाई ?जीवित रन्छ कला, ...
15/04/2024

"कला"

जन्मिनु पूर्व तिमी कलाकार हौं,
मृत्युु सम्म तिमी कला साट्छौं,
छोडि जान्छौं अन्त्य देह, द्रव्य केलाई ?
जीवित रन्छ कला, सदा बाँच्छौं !!

रोएर जन्मिनु कला होनि साथी,
मुस्कुराउँन सिकेऊ कला भयो साक्षी !
पीडा नहुने त हैन जीवन दुःखी रहन्छ,
सहर्ष काटी जिउनु, कला बन्छ जाती !!

हाँस्न जान्नु कि त नाच्न जान्नु !
हिजो-भोलि नभनी बाँच्न जान्नु !
दुःख सँगै सुख, समय काट्न जान्नु !
कला बन्छ जीवन केवल जाँच्न जान्नु !

//२०८१-०१-०३//
बिश्व कला दिवस

welcoming new year with positive hopeand to be happy with peace soul ✌️
13/04/2024

welcoming new year with positive hope
and to be happy with peace soul ✌️

नयाँ बर्ष

शब्दः सम्राट समिर

सपना हरू जले कति बेरीएर कात्रो
आशाहरू बोकि आयो फेरि नयाँ पात्रो
हर्ष उल्लास छर्छ अरे हामी सबै माँझ
खुसी पनि भित्राईदियोस् सबलाई हरेक साँझ

हिमाललाई छुन सकोस् छुट्टै न्यानो बोकि
पहाडका काखहरूलाई जग-जगाई राखी
तराईलाई माया गरोस् सितलताले छोपि
परदेशीने होलान कयौं नयाँ सपना रोपि

सपना हरू जले कति बेरीएर कात्रो
आशाहरू बोकि आयो.............

छट्पटीदाँ किसान उस्को छाक टारी दिन
सुदुरलाई पनि सहज खोलि तारी दिन
यी साना बैनिहरूको सतीत्वलाई रक्षा दिन
सक्छ होला यो बर्षले सबलाई खुसी दिन ?

सपना हरू जले कति बेरीएर कात्रो
आशाहरू बोकि आयो।

Dr. SamMalai Maaf Gara
05/01/2023

Dr. Sam
Malai Maaf Gara

14 seconds · Clipped by Samrat Samir · Original video "Dr Sam - Malai Maaf Gara ||Malam EP||" by Dr Sam

28/09/2022

दशैंको दुखेसो🙏🙏

28/09/2022

Youth generation art.❤️❤️

Address

Kakani
44900

Telephone

+9779840888381

Website

Alerts

Be the first to know and let us send you an email when NAR COS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to NAR COS:

Share