Legna

Legna It's all about.....

गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग द...
11/03/2026

गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।
जेन्जी आन्दोलनमा जेल बिद्रोह गरेर सयौं बन्दीहरू जेल बाहिर निस्केका थिए । उक्त समयमा कतिपयले बाहिर जान उक्साएका थिए, तर मनाङेले कानुनको सम्मान गर्ने भन्दै जेल बाहिर जान अस्विकार गरेका थिए ।

समानुपातिक गणना सकियो : रास्वपाको १८२ सिट, कांग्रेस ३८ र एमाले २५काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्र...
11/03/2026

समानुपातिक गणना सकियो : रास्वपाको १८२ सिट, कांग्रेस ३८ र एमाले २५

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएसँगै दलहरूले पाउने सिट संख्या सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ।

सार्वजनिक नतिजाअनुसार रास्वपाले १८२ सिट प्राप्त गर्दै स्पष्ट बहुमत हासिल गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले ३८ सिट प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले २५ सिट प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १६ सिट प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ले ७ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५ सिट प्राप्त गरेको छ। यसैगरी स्वतन्त्र उम्मेदवार बाट १ सिट जितिएको छ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रतिनिधिसभामा दलहरूको शक्ति सन्तुलन स्पष्ट भएको छ। यस परिणामसँगै नयाँ सरकार गठनको प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले अब समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली सम्बन्धित दलबाट प्राप्त गरी औपचारिक घोषणा गर्ने तयारी गरेको जनाएको छ।

  : बालिका हराएको सूचना !! रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, सखुवानी निवासी सञ्चिता बराम मिति २०८२ फागुन २६ गते बिहान क...
11/03/2026

: बालिका हराएको सूचना !!

रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, सखुवानी निवासी सञ्चिता बराम मिति २०८२ फागुन २६ गते बिहान करिब ७ बजे विद्यालयको पोशाकमा विद्यालय जान भन्दै घरबाट निस्किएकी तर उनी विद्यालय नपुगेको र हालसम्म परिवारसँग कुनै सम्पर्कमा नआएको जानकारी प्राप्त भएको हुँदा
उनीलाई कहीँ कतै देख्नुभएमा वा भेट्नुभएमा कृपया तुरुन्तै तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछाैँ।

सम्पर्क नम्बर:
प्राचार्य : ९८५७०५९५०२
🙏 कृपया यो सूचना सकेसम्म सेयर गरी बालिका फेला पार्न सहयोग गरिदिनुहुन विनम्र अनुराेध गर्दछाैँ।

Let's win together.
24/01/2026

Let's win together.

यीनको प्रत्यक्ष बहस सुन्न मन छ । लौ न, पत्रकारज्यु !
24/01/2026

यीनको प्रत्यक्ष बहस सुन्न मन छ । लौ न, पत्रकारज्यु !

झापा क्षेत्र नं . ५ काे निर्वाचन परिणाम अनुमान:कुल मतादाता संख्या: 1,63,379 जना१. १८ बर्षदेखि २९ वर्षसम्मका (२२%) =35,94...
21/01/2026

झापा क्षेत्र नं . ५ काे निर्वाचन परिणाम अनुमान:
कुल मतादाता संख्या: 1,63,379 जना
१. १८ बर्षदेखि २९ वर्षसम्मका (२२%) =35,943 जना
२. ३० वर्षदेखि ४५ वर्षसम्मका (३३%)=53,915 जना
३. ४५ वर्षदेखि ६० वर्षसम्मका (28%)= 45,746 जना
४. ६० वर्षदेखि माथिका (17%)= 27,774 जना
मतदानमा सहभागी अनुमान उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 35943*55%= 19,769
२. ३०देखि ४५ वर्षसम्म 53915*55%=29653
३. ४५ देखि ६० वर्षसम्म 45746*70%=32,022
4.६० वर्ष माथि 27774*80 =22,219
जम्मा 63.45%= 1,03,663
B***n ले पाउने संभावित मत उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 19769*70%=13,838
२. ३०देखि ४५ वर्षसम्म 29653*45%=13,343
३. ४५ देखि ६० वर्षसम्म 32022*35%=16,011
4.६० वर्ष माथि 22219*25%=6,943
जम्मा 50,135
K P Sharma Oli पाउने संभावित मत उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 19769*15%=2,965
२. ३०देखि ४५ वर्षसम्म 29653*45%=13,343
३. ४५ देखि ६० वर्षसम्म 32022*45%=16,011
4.६० वर्ष माथि 22219*55%=6,943
जम्मा= 39,262
अन्तिममा अनुमानित संख्यामा
1. बालेनकाे १० % घटे 45,100 माथि र केपीकाे १० % बढेमा लगभग 43,800 हुनेछ
यसरी हेर्दा बालेनले कम्तिमा १३०० देखि बढिमा ११००० काे मतान्तरले जित्ने अनुमान गर्न सकिन्छ ।
अन्तिम परिणाम
१. बालेन बिजेता हुनेछन्

इमानदारीपुर्वक भन्छु है! बालेनको मैथिली मन पर्यो :P तर एउटा विषय पक्कै अचम्म लाग्यो । त्यो चाहिँ बालेनजीसँग मैथिलीमै सोध...
19/01/2026

इमानदारीपुर्वक भन्छु है! बालेनको मैथिली मन पर्यो :P
तर एउटा विषय पक्कै अचम्म लाग्यो । त्यो चाहिँ बालेनजीसँग मैथिलीमै सोध्छु ।
B***n जी, जातिक गप किया केलियै ? आरो सब त बढियाँ छल । मुदा पहिल चुनावी भाषणमे जातिक गप कनि अनसोहाँत लागल । .........................................................................
अब सबैभन्दा महत्वपुर्ण कुरा! रास्वपाले आज संघीयतालाई लिएर आफ्नो धार स्पष्ट पारेको छ । तर मधेशको राजनीतिक सवालहरू जुन अहिलेसम्म पनि समाधान भएका छैनन्, त्यस बारे पनि रास्वपाको धारणा बुझ्न चाहन्छौं ।

15/01/2026

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा
📌 २०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो ।
📌 २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो ।
📌 अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् ।

कांग्रेस फुट्यो, विशेष महाधिवेशन बाट गगन थापा बने सभापति । सूचि हेर्नुस   १ सभापति  : गगनकुमार थापा२ केन्द्रीय उपसभापति ...
15/01/2026

कांग्रेस फुट्यो, विशेष महाधिवेशन बाट गगन थापा बने सभापति । सूचि हेर्नुस
१ सभापति : गगनकुमार थापा
२ केन्द्रीय उपसभापति पदका लागि दुई (२) विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
३ केन्द्रीय महामन्त्री पदका लागी दुई (२) प्रदिप पौडेल
गुरु राज घिमिरे
४ केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह-महामन्त्री (दलित) पदका लागि एक (१) प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागि एक (१) बहादुर सिंह लामा
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य) पदका लागि एक (१) उदय शम्शेर राणा
८ केन्द्रीय सह-महामन्त्री (मधेशी) पदका लागि एक (१) मुक्ता कुमारी यादव
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम) पदका लागि एक (१) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु) पदका लागि एक (१) योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको) पदका लागि एक (१) कर्ण बहादुर बुढा
१२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५) गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही
नारायण भट्टराई
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)
राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम
३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी
सुनिता राना
४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह

14/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले डडेलधुराबाट सागर ढकाललाई पार्टीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका छन्। उनले डडेलधुराका पार्टी प्रतिनिधिहरूसँगको भेटमा ढकाललाई उम्मेदवार बनाउने स्पष्ट घोषणा गरेका हुन्।

यद्यपि, रास्वपाले अहिलेसम्म औपचारिक रूपमा कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छैन। पार्टीले गठन गरेको उम्मेदवार सिफारिस समिति अझै सक्रिय रहेको र सिफारिस प्रक्रिया बाँकी नै रहेको अवस्थामा वरिष्ठ नेताबाट उम्मेदवार घोषणा भएपछि पार्टीभित्र चर्चा सुरु भएको छ।

पार्टीको औपचारिक निर्णयअघि नै उम्मेदवार घोषणा भएपछि सागर ढकाल खुसी देखिएका थिए। यसअघि पनि बालेन्द्र साहकै सिफारिसमा उनी रास्वपाको केन्द्रीय सदस्य बनेका थिए। अघिल्लो निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिइसकेकाले उनलाई ‘टुरिस्ट उम्मेदवार’ भन्न नमिल्ने बालेनको तर्क थियो।

ढकाललाई उम्मेदवार घोषणा गर्दै बालेनले भने, “उहाँ डडेलधुराबाट उम्मेदवार हो कि होइन भन्नेमा कुनै कन्फ्युजन छैन। कन्फ्युजन त रास्वपाले डडेलधुराको उम्मेदवार पाउँछ कि पाउँदैन भन्ने हो। उहाँ आफैँले नउठ्ने निर्णय नगरेसम्म डडेलधुराको उम्मेदवार सागर ढकाल नै हो।”

बालेनका अनुसार अघिल्लो निर्वाचनमा ढकालले पार्टी नहुँदा पनि उल्लेख्य मत प्राप्त गरेका थिए। “त्यतिबेला उहाँसँग पार्टी थिएन, सरकार बनाउने सम्भावना थिएन। अहिले फरक परिस्थिति छ—पार्टी छ, सरकार बनाउने सम्भावना छ। संसद् पुगेपछि बोल्ने मात्र होइन, काम पनि गर्न सकिन्छ,” उनले भने।

बालेनले डडेलधुरामा ढकालको पक्षमा सक्रिय प्रचार गर्न पार्टी कार्यकर्तालाई आग्रह पनि गरेका छन्। उनका अनुसार अब मतदाताको सोच परिवर्तन हुँदै गएको छ र सरकार बनाउने सम्भावना बोकेको दलका उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति बलियो बन्दैछ।

डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। सो जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट देउवाले निरन्तर जित हासिल गर्दै आएका छन्।

अघिल्लो निर्वाचनमा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुँदा ढकालले १३ हजार ४३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए। पेशाले इन्जिनियर रहेका ढकाल यसपटक पार्टीको बलियो समर्थनसहित चुनावी मैदानमा उत्रने तयारीमा देखिएका छन्।

14/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।

सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो ।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन् ।

Structure attracts success. Chaos repels it.
12/01/2026

Structure attracts success.

Chaos repels it.

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Legna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share