Nepal Magar Cultural Association Provence no. 1

Nepal Magar Cultural Association Provence no. 1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Magar Cultural Association Provence no. 1, Cultural Center, province no 1, Itahari.

मगर समुदायको महान राष्ट्रिय पर्व माघ्या सकराटी तथा नयाँ वर्ष (मिनाम ल्हेस-५०१९) नेपाल मगर संघ इटहरी उपमहानगर समितिको आयो...
17/01/2026

मगर समुदायको महान राष्ट्रिय पर्व माघ्या सकराटी तथा नयाँ वर्ष (मिनाम ल्हेस-५०१९) नेपाल मगर संघ इटहरी उपमहानगर समितिको आयोजनामा र नेपाल मगर सांस्कृतिक संघ १ नं-प्रदेश समितिद्वारा आयोजित हुर्रा प्रशिक्षण कार्यक्रम समापन समारोह सुनसरि इटहरी तालतलैयामा भव्य रुपमा सम्पन्न भएको छ।
नगर अध्यक्ष ध्वोज बहादुर मगर ज्यूको सभापतित्व र मगर संघ केन्द्रिय स.महेश कुमार राना मगर ज्युको प्रमुख आतिथ्यतामा विशेष अतिथि जि.अध्यक्ष चुनु थापा मगर ज्यू,साँ.स.प्रदेश अध्यक्ष,रबि कुमार पुलामी मगर ज्यु,संचालक अमित थापा मगर ,कमल राना मगर साथै लोकप्रिय गायक टीका मगर ज्यू! संगितकार रेवन पुवाँर मगर ज्यू विभिन्न सांस्कृतिक कलाकारहरु बुद्धिजिवी व्यक्तित्वज्युहरु लगायतको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सभ्य एवं भव्यताका साथ सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

:नेपाल मगर सांस्कृतिक संघ १ नं-प्रदेश समिति-

राष्ट्रिय कलाघर सिन्धुलीका प्रतिभाशाली कलाकारहरुको नयाँ कोशेली,पुर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्ने सिङ्गो म...
13/01/2026

राष्ट्रिय कलाघर सिन्धुलीका प्रतिभाशाली कलाकारहरुको नयाँ कोशेली,
पुर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्ने सिङ्गो मगर समुदायको मौलिक सांस्कृतिक संस्कृति झल्किने उत्कृष्ट प्रस्तुती-
एउटै भिडियो मार्फत पस्काउनु भएकोमा सम्मान छ!
आगामी दिनमा अझ गौरवमय ऐतिहासिक प्रतिभाको अपेक्षा सहित थप सफलताको शुभकामना व्यक्त गर्दछौँ।

ने.म.सांस्कृतिक संघ १ नं-प्रदेश समिति-

New Magar Song | AAyo Hai Magar Aayo - Vocal / Lyrics : Nepali Babu Suman - Music /Arranger : Ram Kumar Nepali- ft : Kala Ghar Sindhuli - Edit / Camera : Ps...

🙏हार्दिक निमन्त्रणा! 🙏 आउदै गरेको माघ १ गते सुनसरि इटहरी तालतलैया जाऔँहुर्रा समापन तथा माघ्या सकराटी पर्व-२०८२ भव्य रुपम...
13/01/2026

🙏हार्दिक निमन्त्रणा! 🙏

आउदै गरेको माघ १ गते सुनसरि इटहरी तालतलैया जाऔँ
हुर्रा समापन तथा माघ्या सकराटी पर्व-२०८२ भव्य रुपमा मनाऔँ।

नेपाल मगर संघ इटहरी उपमहानगर समिति र नेपाल मगर सांस्कृतिक संघ १ नं प्रदेश समितिको आयोजनामा हुर्रा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम तथा मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघ्या सकराटी-२०८२ (मिनाम ल्हेस-५०१९) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको हुदा यहाँहरु सम्पुर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

:नेपाल मगर सांस्कृतिक संघ १ नं-प्रदेश समिति -

 #हार्दिक_आभार!!   राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रम साथै मगरहरुको एकताको प्रत...
12/01/2026

#हार्दिक_आभार!!

राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रम साथै मगरहरुको एकताको प्रतीक खुर्पेटो अनावरण कार्यक्रममा ऐतिहासीक अवसर जुटाउनु हुने सिन्धुली कलाघरका अध्यक्ष तथा मगर सांस्कृतिक संघ बाग्मती प्रदेशका महासचिव #सुमन_थापा_मगर ज्यू! र मगर सांस्कृतिक संघ बाग्मतीका अध्यक्ष #प्रकाश_दर्लामी_मगर ज्यू! सांस्कृतिक संघ सिन्धुलीकी अध्यक्ष #सन्चिता_चुमी_थापा_मगर ज्यु लगायत सम्पुर्ण कार्य समितिका पदाधीकारी सदस्यज्युहरु नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समतिका अध्यक्ष : #नन्द_घर्ती_मगर ज्यू! पदाधिकारि सद्स्य ज्युहरु एवं ७ वटै प्रदेशका अध्यक्ष ज्युहरु तथा प्रतीनीधी ज्युहरु सम्पुर्ण आयोजक व्यबस्थापक तिनवटै संस्था प्रति यो माया र सम्मानको लागि मनै देखि हामी १नं-कोशी प्रदेश समिति सिंगो टिमको तर्फबाट विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौँ 🙏

मगर समुदायको सस्कृति संस्कार संरक्षण संवर्द्धन र नव प्रवर्द्धनको लागि स्थापित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति संगै उपस्थितति,
नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष: रक्षा रैका मगर ज्यू!
, , , , , सांस्कृतीक उपाध्यक्ष: कविराज मगर ज्यू!
नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितीबाट
अध्यक्ष : नन्द घर्ती मगर
बरिष्ठ उपाध्यक्ष : पदम थापा मगर
महिला उपाध्यक्ष : जुना श्रीस मगर
बाह्र सास्कृतिक उपाध्यक्ष : भुपेन्द्र रिखाम मगर
महासचिव : रन्जिता थापा मगर
उपमहासचिव। : प्रेम विबश घर्ती मगर
महिला सचिव : सर्मिला राना मगर
प्रशासनिक सचिव : मेक बहादुर थापा मगर
संचार सचिव : सुनिल थापा मगर
कोषाध्यक्ष : सुमन कुमारी थापा मगर
केन्द्रिय सदस्यहरु। : रमिला बुढा मगर
: दिलीप थापा मगर
: विरता पुन मगर
: नरभुपाल राना मगर
: रुपेश आले मगर
: भरत घर्ती मगर
: मेक आले मगर
: शर्मिला रमौली मगर
: पवित्रा आले मगर
: रामचन्द्र रोकाय मगर
: गोपाल पुन मगर
: गेम थापा मगर

उपत्यका विशेष समन्वय समितीबाट
अध्यक्ष : केशु पुन मगर
बरिष्ठ उपाध्यक्ष : सिदार्थ आले
उपाध्यक्ष : विमता घर्ती मगर
महासचिव : पावर्ती थापा मगर
संगठन सचिव : विजय पुन मगर
कोषाध्यक्ष : सुमिना मगर
सह कोषाध्यक्ष : दिपक मगर
सदस्य : रेविका मगर

कोशी प्रदेशबाट
अध्यक्ष: रबी कुमार पुलामी मगर
सचिव ः आशिष मिरिङचिङ मगर
सदस्य ः मनिषा थापा मगर
सदस्य ः लोकेन्द्र लुङ्गेली मगर
उदयपुर जिल्ला अध्यक्ष ः इशा आले मगर

लुम्बीनी प्रदेशबाट
अध्यक्ष : खम बहादुर मगर
महासचिव : तेजेन्द्र बुढा मगर

गण्डकी प्रदेशबाट अध्यक्ष : अनुराग थापा मगर

जिल्ला कार्य समिती अन्तर्गत
सिन्धुली: अध्यक्ष- सन्चिता थापा मगर,उपाध्यक्ष-नरेन्द्र लायो मगर सहित सम्पुर्ण समिती
धादिङबाट :अध्यक्ष- टेक बहादुर मगर
चितवन :अध्यक्ष-प्रेममाया आले,उपाध्यक्ष- निश्चल मगर
रामेछाप ः पुर्वी सचिव ः राम मगर

सरोफेरो लांघाली मगर समाजबाट
अध्यक्ष सुबेदार : ओमबहादुर थापा मगर
कोशाध्यक्ष : सुर्यबहादुर राना मगर
सह सचिव। : मीनबहादुर दर्लामी मगर
सल्लाकार लेफ्टेनेन्ट : कमल बहादुर सिंजाली मगर
सल्लाहकार : विर बहादुर थापा मगर
फेरि पनि उपस्थित सम्पुर्णमा न्यानो आभार साथै विशेष धन्यवाद!

: नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेश समिति

नेपाल मगर संघ केन्द्रीय समिति काठमाण्डौ तथा नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेशको आयोजना र ने.मगर संघ इटहरी नगर समितिको...
30/12/2025

नेपाल मगर संघ केन्द्रीय समिति काठमाण्डौ तथा नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेशको आयोजना र ने.मगर संघ इटहरी नगर समितिको सह-आयोजनामा ने.म.संघ केन्द्रीय सचिव तथा बौद्ध सेवा समाज झापाका सदस्य, सक्रिय नेतृत्वका उदाहरणिय र कर्तव्य निष्ठावान व्यक्तित्व #हरि_कुमार_थापा_मगर ज्युको प्रायोजनमा मगर भाषा संस्कृतिक पाठशाला प्रशीक्षण सुनसरि जिल्ला इटहरि नगर समितिको भवनमा नगरका अध्यक्ष ध्वोज बहादुर मगर 'वापा' ज्यूद्वारा पठनपाठन सुरु भईरहेको छ।
मगर भाषा लिपि सिक्न ईच्छुक सम्पुर्णमा सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौँ।

ने.म.सां.संघ १ नं-प्रदेश समिति 🙏

29/12/2025

हुर्रा प्रशिक्षण कार्यक्रमको दोश्रो दिन

यहि मिति २०८२ पौष १२ गतेदेखि संचालन भईरहेको हुर्रा तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम प्रदेश नं-१ सुनसरि जिल्ला इटहरी मग...
29/12/2025

यहि मिति २०८२ पौष १२ गतेदेखि संचालन भईरहेको हुर्रा तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम प्रदेश नं-१ सुनसरि जिल्ला इटहरी मगर संघ नगर समितिको भवनमा सास्कृतिक सङ्घका पुर्व अध्यक्ष तथा मगर हुर्रा तथा सास्कृतिक सम्रक्षण केन्द्रका अध्यक्ष भुवन झाकोटे मगर ज्यू र निवर्तमान महासचिव तथा सल्लाहकार सुरेश खप्तरी राना मगर ज्युको प्रायोजनमा सन्चालन भै रहेको हुर्रा तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम मा सक्रिय सहभागिता रहे सँगै सिक्न उत्साहित महानुभावज्युहरुलाई कार्यक्रमको दोश्रो दिन सुनसरि जिल्ला म.संघ पुर्व अध्यक्ष तुफान आले मगर ज्यु। मोरङ केराबारी बाट म.सां.सं.प्रदेश उपाध्यक्ष महेन्द्र ठाडा मगर ज्यु र धनकुटा मुढेवासबाट हुर्रा सम्बन्धी विज्ञ व्यक्तित्व सक्रिय कलाकार कविराज केप्छाकी मगर ज्युको गरिमामय उपस्थितिमा मादल बजाउने र सुरताल मिलाउने विषयमा प्रशिक्षण दिनुभएको छ।
साथै संगितकार रेवन पुवाँर मगर ज्युले पनि गीत गाउँने विषय सम्बन्धी प्रशिक्षण दिनुभएकोमा माहोल थप उत्साहित बन्दै गएको संस्थाका अध्यक्ष रबी कुमार पुलामी मगर ज्युले बताउनुभएको छ। यहाँहरु प्रति विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौँ।

ने.म.सां.संघ १ नं-प्रदेश कार्यसमिति🙏

28/12/2025

#हार्दिक_निमन्त्रणा!🙏

नेपाल मगर सास्कृतिक संघ १ न प्रदेशको आयोजनामा र नेपाल मगर संघ इटहरी नगर समितिको सह-आयोजनामा भइरहेको हुलराहा/ हुर्रा तथा सास्कृतिक प्रशिक्षण कार्यक्रमको आज दोस्रो दिन,
मौलिक हुर्रा प्रशिक्षणको लागी हुर्रा उत्पति थातथलो मुढेबास धनकुटाका सक्रिय कलाकार आदरणिय कबिराज केप्छाकी मगर ज्यू साथै अन्य व्यक्तित्वहरुको पनि उपस्थिति रहने भएको हुँदा
सास्कृतिक संघ प्रदेश १ को कार्य समिति र नगर समितिको कार्यसमिति सबैमा अनिवार्य उपस्थित भइ सहभागीताको लागी हार्दिक अनुरोध गर्दछौँ।

मिती:२०८२/०९ पौष १३
समय:दिनको ठिक १२ बजे बाट
स्थान:भेटघाट चोक, इटहरी मगर संघ नगरको भवन
सम्पर्क
रवि पुलामी मगर (अध्यक्ष )9802737076
विवेक आले मगर(महासचिव )9852049963

:नेपाल मगर सास्कृतिक संघ १ न. प्रदेश कार्यसमिति🙏

27/12/2025

आज मिति २०८२ पौष १२ गते देखि प्रदेश नं.१ सुनसरि जिल्ला इटहरि भेटघाटचोक मगर संघ इटहरि नगर समितिको भवनमा सास्कृतिक सङ्घका पुर्व अध्यक्ष तथा मगर हुर्रा तथा सास्कृतिक सम्रक्षण केन्द्रका अध्यक्ष भुवन झाकोटे मगर ज्यू र निवर्तमान महासचिव तथा सल्लाहकार सुरेश खप्तरी राना मगर ज्युको प्रायोजनमा हुर्रा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। हुर्रा सिक्न ईच्छुकहरुलाई सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

नेपाल मगर सांस्कृतिक संघ १ नं-प्रदेश समिति🙏

 #हार्दिक_शुभकामना!💐आज मिति २०८२ साल पौष १२ गते शनिवारका दिन  #सुनसरि जिल्ला इटहरीमा नेपाल मगर सांस्कृतिक संघ १ नं प्रदे...
27/12/2025

#हार्दिक_शुभकामना!💐

आज मिति २०८२ साल पौष १२ गते शनिवारका दिन #सुनसरि जिल्ला इटहरीमा नेपाल मगर सांस्कृतिक संघ १ नं प्रदेश को आय‍ोजना र नेपाल मगर संघ इटहरि नगर समितिको सह-आयोजना तथा पुर्व अध्यक्ष भुवन झाकोटे मगर ज्यू र महासचिव निवर्तमान सल्लाहकार सुरेश राना मगर ज्युको प्रायोजनमा एक महिने अभियान #हुलराहा_हुर्रा तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम २५ जनाको उपस्थितिमा प्रारम्भ भएको छ।
साथै मगर भाषा तथा हुर्रा संस्कृति सिक्न ईच्छुक सम्पुर्णमा सहभागिताको लागि हार्दिक आह्वान गर्दै कार्यक्रम पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ।

:नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेश 🙏

"यहि पौष १२ गते सुनसरी, इटहरी जाऔं  हुर्रा प्रशिक्षण अभियान भव्य रुपमा सफल पारौँ।"नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेशको...
26/12/2025

"यहि पौष १२ गते सुनसरी, इटहरी जाऔं
हुर्रा प्रशिक्षण अभियान भव्य रुपमा सफल पारौँ।"

नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेशको आयोजना, नेपाल मगर संघ इटहरी नगर समितिको सह-आयोजना र सस्थापक महासचिव तथा सल्लाहकार सुरेश खप्तरी रानामगरको प्रायोजनमा सुनसरी जिल्लाको इटहरीमा (१ महिने) मगर मौलिक #हुलराहा/ हुर्रा तथा सांस्कृति प्रशिक्षण कार्यक्रम सुरु हुन गईरहेकोले निम्न मिति समय र स्थानमा पायक पर्ने सम्पुर्ण ईच्छुक महानुभाव ज्युहरु उपस्थित भई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति : २०८२ पौष १२ गते शनिवार
समय : दिनको ठिक १२ बजे देखि
स्थान: भेटघाट चोक, इटहरी मगर संघ नगरको भवन
सम्पर्क
रवि पुलामी मगर (अध्यक्ष ) - 9802737076
विवेक आले मगर ( महासचिव) - 9852049963

नेपाल मगर सांस्कृतिक संघ १ नं.प्रदेश समिति🙏

21/12/2025

नेपाल मगर सांस्कृतिक संघ १ नं-प्रदेश कार्यसमिति टिम सिन्धुली कलाघर प्राङ्गणमा टिपिकल पञ्चेबाजाको तालमा रमाईलो गर्दै अविष्मरणिय क्षण-

Address

Province No 1
Itahari

Telephone

9841798893

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Magar Cultural Association Provence no. 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepal Magar Cultural Association Provence no. 1:

Share