31/03/2015
प्रसगं डा. केसीको!!
बन्दुक, नाराबाजि र तोडफोडले मात्र क्रान्ति र सकारात्मक परिवर्तन हुन्छ भन्ने ए क्रान्तिकारी भनौदाहरू हो, त्यसले अराजकता र भाडभैलो मात्र निम्त्याउछ.. तर सत्याग्रहले ओछ्यानबाटै रास्ट्र तताउन सक्छ टायरनै नबालि, राको नै नबालि.. आवस्यकता छ त केवल सफा ह्र्दय सहितका समर्थकको जो डा केसी सगँ छ र मपनि एक हुँ..
नेता हुने असल गुण डा. केसीमा देख्छु म.. उन्ले जे गर्दैछन् हाम्रै लागि गर्दैछन्...कालो धनलाई सेतो धनमा परिणत हुन नदिन, शैछ्छिक माफिया विरूद्द, सबैलाई आवश्यक पर्ने स्वास्थ्य सेवाको गुणस्तरका लागि आन्दोलन हो यो.. हाम्रै लागि हो.. हाम्रा नेपालका मुर्ख नेता र केहि so called बुद्धिजिविले बुझ्दैनन् र यसलाई नराम्रो प्रव्रितिको सुरूवात भन्छन.. के के न तोडफोड र बन्द आह्वान गर्नु राम्रो जस्तो..जे होस् डा सर्मा चाहि वर्खास्त भए ..समर्थन् छ निस्वार्थ समाजसेवि, रास्ट्रप्रेमि डा. केसीलाई..
हजुरआमालाई अस्पताल लैजादा एक सिकिस्त देखिने अर्को आमाले भन्नुभो, मैले दुख पाएर के भो र?? आशा छ अब राम्रा डाक्टर उत्पादन हुनेछन्..सैबैले राम्रो र सस्तोमा सेवा पाउनेछन्.. सायद उहा चिकित्सा ब्याग्राउन्डकै हुनुन्थ्यो क्यार..
मानवताको प्रिन्सिपललाई मुलधार मान्ने डा केसी हाइटि पुगे सेवा गर्न, त्यो पनि मेहिनतले आर्जेको आफ्नै खर्चमा.. आफ्नै खर्चमा समय समयमा ६-७ किलो औसधि बोकेर जुम्ला हुम्ला र बिकट माहामारी भएका स्थानमा पुग्ने व्यक्ति हुन् डा. गोविन्द केसी..अविवाहित उनले भन्ने गर्छन, विधार्थी र बिरामी, यो नै मेरो जीवन हो. डा. साब म तपाईको यो सत्याग्रहलाई समर्थन् गर्छु..आन्दोलन सफल पार्न गर्न सक्ने कार्य गर्ने छु.. तर निकै ठूलो चिन्ता छ मलाई तपाईको स्वास्थको..
p.s sanjay baral