Quotes Diary

Quotes Diary This page created for only short and sweet motivational,love,inspirational,funny quotes.If you Have your own creative quotes share to us we will post ASAP.

ल है guys अब Blind Date 2 पनि सुरु हुनै लाग्यो है😂😂
23/04/2022

ल है guys अब Blind Date 2 पनि सुरु हुनै लाग्यो है😂😂

04/12/2018

को छ यहाँ अजम्बरी ! एकदिन सबैले मर्नुपर्छ
र त मान्छेले मान्छे जस्तै गुणि व्यबहार गर्नुपर्छ
आकाशै छुँला झैं माथी उडेको पंक्षिलाई हेर त,
चारो खोज्न त उसले आखिर धर्ती मै झर्नुपर्छ!!

25/09/2018

“दृष्टिकोण”👀

एउटा साथीले मलाई विवाहमा सोध्यो कि
“आज कुन ‘माल’ सबैभन्दा सुन्दर आयो विवाहमा ?”
मैले एउटी केटितिर संकेत देखाउदै भने “
आज उनी धेरै सुन्दर देखिरहेकी छिन ।”
तव उसले रिसाउदै मेरो तर्फ हेर्दै भन्यो “मुख सहालेर कुरा गर ! उनी मेरी बहिनी हुन”
मैले भने “वाह यार ! मान्नुपर्छ तिम्रो सोचलाई पनि ! तिम्रो बहिनी – बहिनी भयो र अरुको बहिनी ‘माल’ भइदियो । तिमिलाई आफ्नो बहिनी देखिन्छ र बाकी सबै `माल´ देखिन्छ!
आखिर उ पनि कसैको बहिनी छोरी हो।
भाइ इज्जत सबैको प्यारो हुन्छ ।
यदि तिमिलाई आफ्नो बहिनी प्यारो छ भने सबैलाई आफ्नो बहिनी प्यारो छ ।
त्यसैले मैले जानीबुझी तिम्रो बहिनी तर्फ संकेत गरे ताकी तिम्रो सोचलाई बदल्न सकु।
तिमी आफ्नो बहिनिको लागि जे सोच्छौ त्यो अरुको लागि सोच्न सिक्छौ भनेर!

#सोच बदलौ,समाज पक्कै बदलिन्छ!✌🏻

23/08/2018

सुबिन भट्टराइको काल्पनिक "मनसुन"
भन्दा
कृष्ण धारावसीको बास्तबिक इतिहास बोकेको "झोला"
ले छुन्छ मलाइ,
त्यहि "झोला"जहाँ सयौ
महिलाहरुको बेदना,चिच्चिहाट र पिडाहरु भोगेका कथाहरुले भरिएका छन्!!
😊😊

19/08/2018

खुसी चन्दन जस्तै हुन्छ;
तपाई कसैको निधारमा लगाई दिनुहोस्,
हात तपाईको पनी सुगन्धित हुन्छ!!

18/08/2018

नामले बोलाउने त सानोमा मात्र रहेछ;
अचेल कसैले बोलाउँछ त बस् कामले बोलाउँछ!😇

16/08/2018

लोक कथा:-“जस्तो दृष्टि उस्तै सृष्टि”

एक गुरुजीको दुइजना चेला थिए!दुवैजनानै धेरै ईमान्दार थिये!गुरु अनी शिष्यमा सुमधुर सम्बन्ध पनि थियो।
एकदिन गूरुले एक शिष्य लाइ सोध्यो:- भन,यो संसार कस्तो छ?
शिष्यले हात जोड्दै भन्यो:-गुरु,यो संसार एकदमै नराम्रो छ।चारैतिर अंधकारनै अंधकार छ,आफै हेर्नूस!एक दिन अनी रात दुइ।
"दुइ रातको बिचमा एक दिन आउँछ।"पहिला रात थियो अंध्यारोनै अंध्यारो।फेरी दिन आयो।उज्यालोनै उज्यालो!
फेरी रात अॉउछ,अँध्यारो भैहाल्छ!
एकपटक उज्यालो दुइपटक अंध्यारो,अँध्यारो धेरै अनी प्रकाश कम,यो जगतको अनौठो मायाजाल गूरु!

गूरूदेवले फेरी त्यही प्रश्न सोध्यो अर्कों शिष्यलाइ?

अर्को शिष्यले धेरैबेर गहिरिएर सोचेर भन्न थाल्यो:-गुरु,यो संसार एकदमै राम्रो छ!प्रकाशनै प्रकाश चारैतिर छ।रात बितेपछी दिन आयो,प्रकाश फैलियेा सबैतिर,प्रकाश आउने बितिकै अंध्यारो खतम् भयो।बिहानको शांत बाताबरण मनमोहक भयो,
मानिसहरुको आवातजावात सुरु भयो,सबैको शरिरमा स्फुर्ति छायो,रमाइलो भयो सबैलाइ घुम्न फिर्न उज्यालोमा!
दिन सकिने बितिकै रात आयो,रात बित्यो फेरी दिन आयो,"गूरु यो दुइ दिनको बिचमा एक रात अॉउछ"प्रकाश धेरै अनी अँध्यारो कम,दुइचोटी प्रकाश अॉउछ र एकचोटी मात्र अंध्यारो.. त्यसैले यो संसार म बिश्वस्त भएर भन्नु सक्छु कि अति सुन्दर छ!

गुरूले दुवैको उत्तर सुने!तर दृष्टिको फरक हुनाले एकलाइ प्रकाश धेरै देखाइ दियो भने अर्कोलाइ अंध्यारो धेरै।एकले प्रकाशलाइ धेरै महत्व देको पाइयो भने अर्कों अंधकारको चक्रमा फँसेर रह्यो!अन्त्यमा गुरुले दुवैजना लाइ भने'
"यो दुनिया संसार जगत् त्यस्तै नै छ जस्तो तिमीहरुले यस्लाइ देख्छौ"

🖋.....
आशिष✌🏻
#शुभ प्रभात ☕️

15/08/2018

मलाई त,
हरेक दिन भेटिने हरेक मान्छे,
एउटा होइन अनगिन्ति कथाका पात्र लाग्छन्!
हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्।
कसैले लेख्छन् डायरीमा र भर्छन् पानाहरु!
कसैले लेख्छन् मनमा र भर्छन् यादहरु कहिले नमेटिने गरी!
जे भएनी नि अंगाल्नुनै हर चिज त यहॉ
कहॉ पाइन्छ र यो दुनियामा
तर
संगाल्नु पक्कै पाइन्छ यादहरु र दुनियाका हर चिजहरुलाइ मन मस्तिष्क अनि मुटुहरुमा जो सधै आफुलाइ प्रिय लाग्छन्!😇😇😍

#आशिष ❤️

Address

Dharan

Telephone

+9779808039430

Website

Alerts

Be the first to know and let us send you an email when Quotes Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share