28/10/2019
म सधै बोलाउछु
तिमी म संग बोल्दिनौ 😥
तिमी केवल आफ्नै धुनमा
एकोहोरो गुनगुनाइ रहन्छ्यौ 😊
तर म भने एकोहोरो
तिमिलाइ नै बोलाइ रहन्छु🙂
तिमी संगै जिस्कि रहन्छु ।🤗
तिमि मेरो कुरा बुझ्दिनौ/सम्झिन्नौ😶
तर म भने हरेक पटक सम्झाइ रहन्छु
हरेक पटक तिमिलाइ नै बुझाइ रहन्छु।🤗
थाहा छैन तिमी खोइ के कुरामा 🤔
अचानक मुस्कुराइ दिन्छ्यौ😄
तर तिम्रो त्यो अबोध मुस्कानले 😃
मेरो हरेक पीडा भुलाइदिन्छ
सर्बस्व भुलेर म पनि केवल
तिमी संग मुस्कुराइदिन्छु🤣🤣
फेरि अचनाक रोकिन्छ्यौ
म फेरि बोलाइ रहन्छु ।
तिमी खेली रहन्छ्यौ 🤹
के भयो भनेर सोधी रहन्छु
तिमी नबुझिने मायालु भाषामा 😶
बोलिरहन्छ्यौ कहिले चिच्याउछौ 😴
अनि म पनि तिम्रो अबोध आवाजमा
लठ्ठ हुन्छु अनि जिस्काइरहन्छु 😂
तर तिमी बुझ्दिनौ/सम्झिन्नौ
अझ भएन भने तिमी रुन थाल्छ्यौ😥
तिम्रो रुवाइले मलाइ चिमोट्छ😣
मलाइ झस्काउछ अनि अतालिदै
फेरि तिमिलाइ लोरि सुनाउदै 😞
तिमिले नबुझ्ने भाषामा
आफै गुनगुनाउदै म
तिमि रुनुको कारण खोजी रहन्छु
त्यसको समाधान गर्न हरदम
कोसिस गरिरहन्छु ।
जब म कारण पत्ता लगाउछु
फेरि तिमी शान्त हुन्छ्यौ
मन फेरि फुरुङ्ग हुन्छ 😂
अनि जब तिमी निन्द्रामा
हराउन थाल्छ्यौ 😔
मेरो आवाज बन्द गर्छु 🤐
तर तिमी तिर झन केन्द्रित हुन्छु
यसरी नै केवल तिम्रो ख्याल गरिरहने
My "mum"