23/08/2023
🇮🇳भारतको चन्द्रयान-३ अन्तरिक्षयानले🌙 चन्द्रमाको सतहमा सफलतापुर्वक अवतरण गरेर इतिहास रचेको छ ।😍🚀
यो सफलता संगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो राष्ट्र बनेको छ ।
चन्द्रमाको दक्षिण ध्रुवमा एकदमै कम अन्वेषण भएको छ । त्यसैले यहाँ धेरै रहस्यहरु लुकेको हुन सक्छ ।
भारतको चन्द्रमा-३ मिसनले चन्द्रमाको सतहमा पानीको स्रोतको रुपमा बरफको खोजी गर्ने र भविष्यमा मानव बस्तीको सम्भावनाबारे खोज अनुसन्धान गर्ने मुख्य उद्देश्य राखेको छ ।
चन्द्रमाको दक्षिण ध्रुव पुग्नु भनेको यो केबल भारतको मात्र सफलता नभएर विज्ञानको क्षेत्रमा हामी मानव जातिकै एउटा ठूलो उपलब्धि हो ।
#विज्ञानका_कुरा
क्रेडिट : इसरो( ISRO)