03/06/2026
Let’s Football!
सन् १९९४/९८ विश्वकपदेखि चारिकोट, दोलखाका फुटबलप्रेमी युवाहरूले सुरु गरेको Guess & Win Contest आजसम्म निरन्तर चल्दै आएको छ। गोविन्द श्रेष्ठ दाइ, सजल कार्की दाइ र युविन श्रेष्ठ दाइले सुरु गर्नुभएको यो सुन्दर परम्परालाई हामीले २०१८ देखि निरन्तरता दिँदै आएका छौं।
यसपटक प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने अन्योलता थियो, तर एउटा कुरा स्पष्ट थियो— संस्कृति र विरासत रोकिनु हुँदैन।
त्यसैले, Dolakha World Cup Guess & Win Contest 2026 को तयारी सुरु गरेका छौं। सही अनुमान गर्नुहोस्, अंक जित्नुहोस्, र विश्वकपको रोमाञ्चक यात्रामा सहभागी बन्नुहोस्।
आउनुहोस्, हामी सबै मिलेर दोलखाको फुटबल संस्कृतिलाई अझ बलियो बनाऔं।