Lumbini Rangmanch

Lumbini Rangmanch We are staging a play. You can also join us

Invitation for all of the Theatre lover from ButwalLUMBINI RANGAMANCH proudly  Presents...In Association With HUB INT ED...
20/02/2025

Invitation for all of the Theatre lover from Butwal

LUMBINI RANGAMANCH proudly Presents...
In Association With HUB INT EDUCATION & TNL PRODUCTION

A Theatrical Drama Show
“REFUND” Written by Fritz Karinthy is a satirical play highlighting the flaws of the education system.

This play is included in the Grade 11 Major English curriculum and has been translated and Directed by ASBIN KC
ACTING COACH / MENTOR : Mausham khadka
to align with the Nepali academic framework. The theatrical adaptation, directed by ASBIN KC.

Show Venue: BICC HALL, BUTWAL
Show Date: 11th, 12th, 13th Falgun 2081

ACTORS:
ASBIN K.C, TARA OLI, HARI PANDEY, NISHAN THAPA, DHARMA BHANDARI, BIRBAL SHARMA, SNEHA PANDEY, MADHAV BHANDARI

PRODUCED BY: LORD SHIVA JI
DOP/POSTER DESIGN: AKASH DHIMAL
LIGHT & SOUND: Raj Neupane , Nakul poudel ,SNEHA PANDEY,
PRODUCTION MANAGER: SURAJ MAHATRA
MARKETING MANAGER: PRAMISH BHANDARI
SET DESIGN: ASBIN KC

SPECIAL THANKS:
RAMESH RIJAL, DEEPAK RIJAL, SHIVA RIJAL, SAMUNDRA GHIMIRE CHHETRI, LORD BHOLE NATH, BRAHMAKUMARIES BUTWAL, ALL CARE NEPAL, ECO YATRI, SAKRIVA RAJ BHANDARI, SAGAR BHATTARAI, PRADIP AD, KRISHNA CHAPAGAÍN,

Poem by : Samyoag gauragain

नाटक जितगडी किल्लाको समापनको केहि दृश्यहरु ❤️
07/08/2024

नाटक जितगडी किल्लाको समापनको केहि दृश्यहरु ❤️

लाखौं मानिसहरू देशको असुविधाका कारण देश छोडेर विदेश गई उतै बसिरहेका छन्, जसले गर्दा देशप्रतिको माया घट्दै गएको देख्न सकि...
02/08/2024

लाखौं मानिसहरू देशको असुविधाका कारण देश छोडेर विदेश गई उतै बसिरहेका छन्, जसले गर्दा देशप्रतिको माया घट्दै गएको देख्न सकिन्छ। तर पहिला हामी नेपाली बन्नको लागि हाम्रो वीर पुर्खाहरुले लडेर नेपाललाई नेपाल बनाउन, लाखौं मानिसले देशको खातिर आफ्नो ज्यानको बाजी लगाएर हाम्रो देश नेपाल बचाउन सफल भए। आजबाट हामी हाम्रो वीर पुर्खाको कहानी नाटकमार्फत भन्दै छौं। नाटक "जितगढी किल्ला"

लुम्बिनी रगंमन्चद्बारा नाटक मंचन भईरहेको छ हेर्न आउनु होला ।
नाटक : "जितगढी किल्ला"
मिति : २०८१ साउन १५ देखी २१ गते सम्म
स्थान : Bageshwari Art and Music Academy
समय : साझ ५:३० देखी ६:३० सम्म
टिकट : २५०
सम्पर्क : 071-535596
9860264823

बुटवलमा ऐतिहासिक नाटक "जितगढी किल्ला" को मञ्चन: पर्यटन प्रवर्द्धनका लागि भव्य तयारी बुटवल श्रावण १६ गते देखि २१ गते सम्म...
01/08/2024

बुटवलमा ऐतिहासिक नाटक "जितगढी किल्ला" को मञ्चन: पर्यटन प्रवर्द्धनका लागि भव्य तयारी

बुटवल श्रावण १६ गते देखि २१ गते सम्म – नेपाली इतिहासको गौरवपूर्ण पानालाई पुनर्जीवित गर्दै बुटवलमा ऐतिहासिक नाटक "जितगढी किल्ला" को मञ्चन हुने भएको छ। यो नाटक ब्रिटिस साम्राज्यको विरुद्ध नेपाली गोर्खालीहरूको अद्वितीय वीरताको कथा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको हो। यो नाटक समर सौन्दर्यका नायक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा हासिल भएको ऐतिहासिक जितगढीको विजय गाथालाई आधार बनाईएको छ। चार महिना लामो तयारीपछि, नाटककार तथा निर्देशक अस्बिन केसीको नेतृत्वमा ४० जना कलाकारहरूको समर्पणले यो नाटक सम्भव भएको छ। यस नाटकको कुल बजेट १० लाख रुपैयाँ रहेको छ।

यो नाटक लुम्बिनी रंगमञ्चद्वारा प्रस्तुत गरिएको हो। लुम्बिनी रंगमञ्चले यसअघि "सुनको पिँजडा", "बौलाकाजीको सपना", "शङ्खको आवाज", "कोही किन बर्बाद होस्" लगायतका थुप्रै चर्चित नाटकहरू मञ्चन गरिसकेको छ। यो संस्था विगत चार वर्षदेखि बुटवलमा जनचेतनामूलक नाटक कार्यक्रम गर्दै आइरहेको छ।

सन १६०८ मा व्यापारको निउले हिन्दुस्तान प्रवेश गरेको ब्रिटिस इस्ट इण्डिया कम्पनीले सन १८५८ देखि १९४७ सम्म हिन्दुस्तानलाई आफ्नो अधीनमा राख्यो। उनीहरूको सपना केवल हिन्दुस्तानमा सीमित थिएन। ब्रिटिस साम्राज्य आफ्नो झण्डा चीनसम्म फरफराउन चाहन्थ्यो, जसका लागि पहिले नेपाललाई कब्जा गर्नुपर्ने योजना बनाएका थिए।

विभिन्न समयमा नेपालका पाँचवटा गढीमा गोर्खाली सेनाले ब्रिटिस सेनासँग जुझ्दै युद्धहरू हारेका थिए। तर, अपराजेय गढी दुईवटा थिए बुटौली गढी र मकवानपुर गढी , बटौली गढीमा ब्रिटिस सेनाको ठूलो हार भएको थियो। यो ठाउँ हो जहाँ गोर्खाली सेनाले ब्रिटिसलाई खेद्दै लखेटेका थिए। यो युद्ध मात्र नभएर, नेपाल र नेपालीहरूको राष्ट्रियता र स्वाभिमानको विजय थियो।

१९ वर्षको कलिलो उमेरमा नेतृत्व सम्हाल्दै, करिब ७०० गोर्खाली जवान र बटौलीवासीहरूको सहयोगमा आधुनिक हातहतियारसहित आएका ४००० भन्दा बढी ब्रिटिसहरूमाथि ठूलो जित हासिल गरेका थिए वीर गोर्खालीहरूले।

यस ऐतिहासिक घटनालाई समेटेर बुटवल मिलनचोक स्थित बागेश्वरी संगितालयको प्राङ्गणमा नाटक प्रस्तुत हुँदैछ। यो नाटक अस्बिन केसीद्वारा लेखन र निर्देशन गरिएको हो। श्रावण १७ देखि श्रावण २१ गते सम्म साँझ ५ बजे देखि ६ बजेसम्म बुटवल मिलनचोक स्थित बागेश्वरी संगितालयको प्राङ्गणमा मञ्चन गरिनेछ।

यो नाटकले नेपालको ऐतिहासिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यो नाटक ५ दिनसम्म राष्ट्रिय सरकारका अधिकारीहरू, स्थानीय सरकारका अधिकारीहरू, सम्पूर्ण विद्यालय र कलेजका प्राचार्य तथा उपप्राचार्यहरूलाई देखाइनेछ। भविष्यमा, यो नाटक रुपन्देहीका सबै विद्यालयका विद्यार्थीहरूलाई पनि देखाइने योजना रहेको छ।

पर्यटन प्रवर्द्धन र ऐतिहासिक चेतनाको लागि गरिएको यो प्रयासमा तपाईँले पनि सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि ईसेवा बैंकिङको प्रयोग गर्न सकिन्छ।

यो नाटकले नेपालीहरूलाई आफ्नो इतिहासको गौरवको सम्झना गराउँदै, वीर गोर्खालीहरूको अद्वितीय बलिदान र साहसलाई सम्मान दिनेछ। दर्शकहरूले यो नाटकमार्फत ऐतिहासिक घटनाको सजीव अनुभव गर्नेछन्।

जितगढीको यो कथा केवल इतिहासमा मात्र सीमित नभई, वर्तमान र भविष्यका पिढीहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

Thank you so much ❤️😇 Horizon English Boarding Secondary School
01/08/2024

Thank you so much ❤️😇 Horizon English Boarding Secondary School

लुम्बिनी रगंमन्चको प्रतुति नाटक  “जीतगढि किल्ला” वागेश्वरी संगीतालय को  थिएटर  हल मिलनचोकमा मञ्चन भैरहेको छ।  मिति : साउ...
01/08/2024

लुम्बिनी रगंमन्चको प्रतुति नाटक “जीतगढि किल्ला” वागेश्वरी संगीतालय को थिएटर हल मिलनचोकमा मञ्चन भैरहेको छ।

मिति : साउन १५ देखी २१ गते सम्म
समय:- साँझ ५:०० बजे
स्थान:- मिलनचोक वागेश्वरी थिएटर
टिकट शुल्क :- रू २५०
सम्पर्क : 071-535596
9860264823

लाखौं मानिसहरू देशको असुविधाका कारण देश छोडेर विदेश गई उतै बसिरहेका छन्, जसले गर्दा देशप्रतिको माया घट्दै गएको देख्न सकि...
04/07/2024

लाखौं मानिसहरू देशको असुविधाका कारण देश छोडेर विदेश गई उतै बसिरहेका छन्, जसले गर्दा देशप्रतिको माया घट्दै गएको देख्न सकिन्छ। तर पहिला हामी नेपाली बन्नको लागि हाम्रो वीर पुर्खाहरुले लडेर नेपाललाई नेपाल बनाउन, लाखौं मानिसले देशको खातिर आफ्नो ज्यानको बाजी लगाएर हाम्रो देश नेपाल बचाउन सफल भए। आजबाट हामी हाम्रो वीर पुर्खाको कहानी नाटकमार्फत भन्दै छौं। नाटक "जितगढी किल्ला"

आजबाट नाटक सुरु हुदै छ हेर्न आउनु होला ।
नाटक : "जितगढी किल्ला"
मिति : 2081असार 20,21,22
स्थान : जितगढी किल्ला,मैनाबगर ,बुटवल
समय : साझ 7:30 देखि 8:30
टिकट : निशुल्क

Address

Butwal

Telephone

+9779860264823

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Rangmanch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share