Pradip Bhandari

Pradip Bhandari हाम्रो उदेश्य कसैलाइ नि ठेस पुराउन बन? Welcome to Pradip Ashika Officially page.

24/05/2025

​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​

एकत्रिंंशोऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !चन्द्र...
12/02/2025

एकत्रिंंशोऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले आफ्ना पति नवराज पिताका खोजीमा गएपछि आफूसित विदा मागी माइत गएदेखि आजसम्म भेट नभएकी बुहारीको मुख देख्न पाएकी र चन्द्रावतीका जीवनमा घटेका कुराहरु सुनी राजमाता गोमाले श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिई रानी चन्द्रावती सित भनिन् — “हे पुत्रवधू ! त्यस्ता–त्यस्ता खपिनसक्नु कठोर दुःखमा परिकन पनि ईश्वरीको भक्ति, पूजा, आराधना गर्न पाउने अप्सराहरुबाट सौभाग्य प्राप्त भएछ र आज सम्पूर्ण पाप र तापबाट मुक्त भई हाम्रो पुनर्मिलन हुन गयो ।” यति भनी गोमाले आफूमाथि आइपरेका दुःख, कष्ट, आफ्ना कुटियामा सप्तर्षिको आगमनमा र श्री स्वस्थानी परमेश्वरीको व्रतोपदेश र पूजा–विधि सातवटा सुनका कौडी प्राप्त भएको, श्री स्वस्थानी परमेश्वरीको एक महिनासम्म नियमासाथ पूजा, कथा श्रवण गरेको, समाप्तीका दिन जाग्राम बसिरहेका बखतमा श्री स्वस्थानी परमेश्वरीलाई साङ्ग्यको अध्र्य अर्पण गर्दै गर्दा पुत्र नवराज आइपुगेको, पिताको अघिनै स्वर्गारोहण भईसकेको र पुत्रले अन्त्येष्टी कर्म गरी कुनै राजाको सेवासमेत गरी घर आएको, भगवान हरिहर प्रसन्न हुनु भई नवराजलाई राजा हुने वरदान दिनुभएको र आफू पनि राजमाताका रुपमा यो लावण्य देशमा आई बसेको कुरा पनि चन्द्रावतीलाई एक–एक गरी सुनाईन् र भनिन् —“आज हामी उनै ईश्वरीका कृपाले यत्रो राज्य र ऐश्वर्य पाई सुखी भयौं । अब पनि हाम्रो जिउ रहुञ्जेलसम्म हामीले उनको सेवा गर्नुपर्छ ।

श्री स्वस्थानी परमेश्वरी हामी सबैका हृदयमा बास गरुन् । श्री स्वस्थानी परमेश्वरीका कृपाले गरिकन यो लोकमा सम्पूर्ण सुःख प्राप्त गरी अन्त्यमा मोक्ष मिल्ला । हे पुत्र वधुद्वय ! हे चन्द्रावती ! हे लावण्यवती ! दिनमा सूर्य र रातमा चन्द्रमा नभए सारा अँध्यारो भए जस्तै असल स्वभाव नभएकी स्त्रीका पतिको भाग्य पनि सधैं अन्धकारमय हुन्छ । असल गुणले युक्त भएकी पत्नी छैन भने त्यस्ता पुरुषको घर हुन गाह्रो छ । मेरो अवस्था बृद्ध हुँदै गयो । तिमीहरु दुवैजना मिली आफ्ना पति अर्थात मेरा पुत्रको सेवा गरिरहु ।” आफ्नी सासुका अर्ति सुनेर राजमहिषीले — “हे माता ! हजूरका तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी धन्य भयौं । ” भनी गोमाका पाउमा ढोगी आशीर्वाद प्राप्त गरे र आफ्ना जीवन भरी श्री स्वस्थानी परमेश्वरीका भक्तिमा आफूलाई समर्पित गरी आनन्दले रहँदा भएँ ।

हे अगस्त्य मुनि ! मत्र्यलोकमा छिटै सिद्धि प्राप्त गर्न सकिने साधन सुकर्म नै हो, सुकर्म भनेको राम्रा कर्म, पुण्य कर्म आदि हुन् ती मध्ये मैले तिमीलाई वर्णन गरेर सुनाइएका “अगम्य, अपूर्व, महान् महिमा लिएकी श्री स्वस्थानी परमेश्वरीका कथा र व्रतका विधि हुन् । जुन नर–नारीहरु एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको व्रत गर्लान्, कथा सुन्लान् अथवा सुनाउलान् र उनका महिमाले युक्त श्री स्वस्थानी परमेश्वरीको पुस्तक घरमा राख्लान् तिनलाई दरिद्रताले कहिल्यै छुनै छैन । आदित्यादि नवग्रह सधैं प्रशन्न र शान्त रहनेछन् , अकाल मृत्यु टर्नेछ । भुत, प्रेत , पिशाच, डाकिनी, शाकिनी, त्रिदोष, आदि रोगको भय हट्ने छ । ब्रम्ह हत्यादि पाप नाश हुन गएर यो लोकमा सुख–सम्पत्तिको भोग गरी परलोकमा कैलाशवास होला । जसको चित्त, काम, क्रोध लोभ, मद, मात्यर्य जस्ता विकरालले रहित छ, त्यसले मात्र पूर्ण फल प्राप्त गर्ने छ ।”

हे अगस्त्य मुनि ! लोकले सुमार्गपट्टि लागेमा तिनको कल्याण होला । सुमार्ग भनेको आफ्ना पूर्वजहरुले बनाएका राम्रा–राम्रा नियमहरु हन् । ती पूर्व पुरुषले खनिदिएका असल बाटालाई छोडेर आफ्ना मनमानीले अगल–बगल लाग्नाले कहिल्यै हित हुदैन् । व्यासजीले रचना गर्नुभएका अठारह पुरायाम्ध्ये स्कन्दपरसाणको केदार खण्डका माघ माहात्म्य को मात्र महत्ता र श्री स्वस्थानी परमेश्वरीको भक्ति र उनका कृपा प्रसादको वर्णन मैले तिमीलाई सुनाएँ । सम्पूर्ण पुराणहरुमा धर्म, अर्थ, कर्म, मोक्षका साधन र उपदेश मात्र छन् । यिनै पुराणहरु हाम्रा अमूल्य रत्न हुन् । यिनका उपदेश पाएर सम्पूर्ण लोकको कल्याण होस्” भनी गंगा, पार्वती, षट्कृतिकाका पुत्र श्री कुमारजी सेनापति स्कन्दले लोपामेद्राका पति अगस्त्य मुनिलाई सुनाउनु भयो । सोही कथा, नैमिषारण्य क्षेत्रमा शौनकादि अठासी हजार ऋषिहरुलाई पौराणिक यो कथा श्री सूतजीले सुनाउनु भयो र त्यही पुण्य कथालाई यहाँ रहेका व्रती भक्तजन श्रोतहरुमा पनि आफूद्वारा सुनाइयो ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्रीस्वस्थानी व्रत माहात्म्य नामं एकत्रिंशोऽध्याय : ।। ३१ ।।

पञ्चविंशोेऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !उता ला...
06/02/2025

पञ्चविंशोेऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
उता लावण्य देशका मन्त्रीहरु, राजगुरुहरु र देशवासी सबै प्रजाहरु मिलेर सुवर्णको कलश र फूलको माला हात्तीलाई दिई मंगल बाजाकासाथ राजा खोज्न भनी हात्तीका अघि–पछि ठूलो लर्को राजदरबार बाहिर निस्कियो । नाना श्रृंगारले सुसज्जित भएको आफ्ना सूँढ र दाह्रामा सुनको कलश र फूलको माला लिएका हात्तीका अघि–पछि लोकहरुपनि आफू राजा हुने आशा लिई राम्रा–राम्रा वस्त्रालङ्काकार पहिरी हिड्न लागे । त्यसै बेला गोमा पुत्र नवराज पनि त्यहाँ पुगेर हात्ती आउँदै गरेको देखेर एउटा दोबाटोका एक किनारामा लाम लाग्नेहरुका छेउमा बसे । ठीक त्यसै मौकामा श्री हरिहर हात्तीमा प्रवेश गर्नुभयो र त्यो हात्तीले अन्यत्र कतै नहेरिकन सरासर गएर नवराजका गलामा फूलको माला पहिराई दिई सुवर्ण कलशका जलले अभिषेक गर्दोभयो ।

यो देखी “लौ यो हात्ती बहुलायो, यहाँ कोही क्षत्रिय नै नभए जस्तो सरासर गएर ब्राम्हणका गलामा माला लगाई दियो” भनी जनसमूहमा ठूलो कोलाहल भयो । कोही भन्न लागे “कसरी हात्ती बहुलाउँथ्यो, तिमीहरु पो बहुलायौ । बोली मात्र छैन, अरु थोकमा मानिसभन्दा हात्ती ज्ञानी हुन्छ । ब्राह्रण, क्षेत्रीय, वैश्य, शुद्र जो भएपनि उसका प्रारब्धले, सत्कर्मले , कुलका धर्मले, मातापिताका पुण्यले राजामा वरण भएको हो । बिनानारायणका अंशले, बिनाईश्वरका कृपाले कोही राजा हुन्छु भन्दैमा राजा भै हाल्छ जो राजा भयो आफना प्रारब्ध पुण्यका प्रतापले भयो, सब चुप लागौ भनेर सम्झाए । उता हात्तीले आफना सूँढले नवराजलाई विभिन्न वस्त्रालंकारले सजाई त्यस देशकी राजकुमारी लावण्यवती कन्याका साथ विधिपूर्वक विवाह गरी राजा बनाए ।

त्यसपछि गुरु, पुरोहित र मन्त्रीले भने हे महाराज ! राज्यभिषेकको शुभ दिन ठहराई राज्याभिषेक ग्रहण गरीबक्सियोस् । सामग्रीहरु सबै नै जु्टाई ठीक गरेका छौ । यी कुरा सुनी नवराजले भने हे मन्त्रीगण हे गुरुवृन्द हे पुरोहितवर्ग मेरी माताले पहिले नदिई अरुको अभिषेक म कसरी लिऊँ । चन्द्रज्योति नगरको शहरदेखि बाहिर एउटा खरले छाएको सानो घर छ, त्यो घरमा गोमा नाऊँ गरेकी ब्राम्हणी बस्नु हुन्छ । उहाँनै मेरी माता हुनुहुन्छ । चाँडो गरी लिन पठाउनु भन्ने नवराज राजाको हुकुम सुनी मन्त्रीले आफै गएर राजमातालाई ल्याउने निधो गरे । पालकी,नाना वस्त्र र अलंकार,डोले र फौजसमेत साथ लिई चन्द्रज्योति नगरका निम्ति बाटो लागे । सोध्दै,खोज्दै वहाँ पुगेर गोमा ब्राह्राणीलाई भेटेर प्रणाम गरी मन्त्रीले भने “ हे राजमाता ! हजूरका सुपुत्र नजराज लावण्य देशका राजा होईबक्स्यो । म त्यो देशको मन्त्री हुँ । महाराजबाट हजूरलाई वहाँ बोलाईबक्सिएकाले लिन आएको हुँ । यी वस्त्र र अलंकार ल्याएको छु । पहिरेर जानका निम्ति तयार भै बक्सियोस्” भनी विन्ति गरे ।

मन्त्रीका कुरा सुनी हर्षले रमाएकी गोमा ब्राम्हणी पनि लुगा, गर गहना पहिरी जान ठीक परिन् । त्यसपछि राजमातालाई पालकीमा चढाई फौजमा लावालश्कर अघि–पछि पारी भरिया, सुसारे सहित लावण्य देशतिर मन्त्रीले प्रस्थान गरे । यो कुरा चन्द्रज्योति नगरमा सबैतिर फैलियो गोमालाई र उनलाई लिन आएका मानिसहरुलाई हेर्न त्यो नगरका नर नारीको ओइरो लाग्यो । आफना आफना काम छाडेर हत्तपत्त गरी दुगुरेर आउँदा कसैका केश खस्किएका, कसैले आधा मात्र बस्त्र लगाएका, कोही खाँदै गरेको भोजन छोडी आएका । कसैले बच्चाहरु रुवाउँदै र टाउको ठोक्काउदै गरेका देखिन थाले । अघि पछि फौज र माझमा पालकीभित्र भएकी गोमा ब्राम्हणीलाई देखी मानिसहरु आपसमा अनेक कुरा गर्न लागे । “गोमाले सधै धागो काटेर अर्काको ढिकी–जाँतो गरेर दुःखले बालक छोरो हुर्काइथिन । जस्तै दःुखका घडीमा पनि धैर्य लिई कसैलाई वचनले नबिझाई सत्कर्ममा दृढ रही आजसम्म अनेक दुःख बेहोरेर आज राजमाता हुन गै पालकीमा चढी छोरा भएको देख्न पुग्ने भइन् ” भनी सबैले एक अर्कामा भन्न लागे । उता गोमा ब्राम्ह्राणी पनि विस्तार –विस्तार लावण्य देशको नजिक –नजिक पुग्न लागिन् ।

आफ्नी आमा आई पुग्न लागेको खबर पाई राजा नवराजले हात्ती, घोडा र अरु थप फौज साथमा लिई आमाको स्वागतका निम्ति केही वरसम्म लिन भनी आए । त्यस बखतमा नाना मंगलवाद्य, गीत, नृत्य आदिका साथ लावा, अबीर र पुष्प वर्षाका साथ माताजीलाई दरबारमा पुर्याई शाष्टाङ्ग दण्डवत गरी भने—“ हे राजमाता ! हजूरका पुण्य प्रताप र भगवान हरिहरका कृपाले आज म लावण्य देशको राजा भएँ । धन्य मेरी आमाको तपस्या सत्कर्म ! हजूर जस्तै पुण्यकीर्ति माताका पवित्र कोखमा वास गरेका छोरा–छोरीको भाग्य अवश्य नै महान हुनेछ । माता ! अब हजूरका हातले मलाई राजगद्दीमा आसीन गराई वेदका मन्त्रले पवित्र भएका कलश जलद्वारा मेरो राज्याभिषेक होस् ।”

छोराको वचनलाई सुनी श्री स्वस्थानी परमेश्वरीको स्वरुपलाई हृदयमा लिई गुरु पुरोहितद्वारा ठहराइएका सुदिन र शुभ–साइतमा सुवर्णमय सिंहासनमा बसाली राजा–रानी नवराज र लावण्यवतीको गोमाले विधिपूर्वक राज्याभिषेक दिइन् । त्यसपछि राजा–रानीले गुरु पुरोहितलाई भोजन दक्षिणा र गरीबलाई अन्न वस्त्रादिद्वारा सन्तुष्ट गराई सारा राज्य भरीका असहाय र अनाथहरुमा समेत अन्न वस्त्र बाँडी देशभर उत्सव मनाउने हुकुम गर्दा भए ।”
आगौं कथा अर्को अध्यायमा ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
नवराजराज्याभिषेको नाम पञ्चविंशोऽध्याय।। २५ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Pradip Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share