Aawaz-Kalika

Aawaz-Kalika A collection of news and events

06/11/2020

. अदालतको अवहेलना

२१ कार्तिक। अदालतको अन्तरिम आदेश विरुद्ध सरकारले कोरोना संक्रमितको परीक्षण र उपचारका लागि संक्रमित संग नै शुल्क उठाउने निर्णय लिएर संविधानलाई नै लत्याएको छ । सर्वोच्च अदालतले गत असोज १५ गते कोरोनाको पिसीआर परीक्षण र उपचार निशुल्क गर्नु भन्दै दिएको परमादेशको विपरित सरकारले
बिरामी स्वयंसंग शुल्क उठाउने निर्णय लिएको छ । अदालतको आदेश कार्यान्वयन नगर्दा अधिवक्ता लोकेन्द्र ओली र केसरजंग केसीले स्वास्थ्य तथा जनसंख्या मंत्री भानुभक्त ढकाल विरुद्ध निवेदन पेस गरेका छन् ।
बिहीबार अधिवक्ताद्वय को रिट निवेदन माथि विचार र सुनुवाई गर्दै न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले स्वास्थ्य मन्त्रीलाई अदालतको आदेश कार्यान्वयन नगर्नुको कारण पेस गर्न ७ दिनको समय दिएको हो ।
अदालतको आदेश नमान्नु भनेको सरकार संविधान भन्दा ठूलो बन्न पुग्नु हो जबकि संविधान भन्दा ठूलो सरकार हैन । स्वास्थ्य मन्त्रालयको यस कदमले सरकारको साख त गिरेकै छ , जनताको स्वास्थ्य माथि पनि सरकारले खेलवाड़ गरि रहेको छ । आफूले बनाएको कानून सरकार आफैले नमानेपछि अरुसंग के आस गर्न सक्छ ?

04/10/2020

बालुवाटारमा कोरोना

१७ असौज , शनिबार । प्रधान मंत्री निवास बालुवाटारमा खटिएका ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भ‌ए पछि प्रधान मन्त्रीको स्वास्थ्यलाई लिएर जनचासो गंभिर बनेको छ । नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ , नेपाल प्रहरीका २१ र राष्ट्रीय अनुसंधान विभागका ३ जना गरी ७० जनामा कोरोना पोजिटिभ देखिएको छ । साथ-साथै सचिवालयका ५ जनामा पनि संक्रमण देखा परेको छ । सचिवालयका सदस्यहरुमा कोरोना देखा परे पछि प्रधान मन्त्रीले सबैखाले भेटघाट बंद गरेका छन् । प्रधान मंत्री तथा उनकी पत्नी राधिका शाक्य , चालक धर्मराज पाण्डे , स्वकीय सचिव राजेश बज्राचार्य तथा दिपेन्द्र दाहालको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उता पूर्व स्वास्थ्य मंत्री गगन थापा तथा कांग्रेस नेता अर्जुन नरसिंह केसीलाई पनि कोरोना संक्रमण देखिएको छ ।
गत शुक्रबार अहिले सम्मकै धेरै संक्रमित २७२२ देखा परेका थिए भने शनिबार २१२० संक्रमित थपिंदा देश भरी कुल संक्रमितको संख्या ८४,५७०हुन पुगेको छ जुन संख्या चिनका ८५,४३४ संक्रमित भन्दा केही मात्र कम छ । संक्रमणको यही रफ्तार रह्यो भने नेपालले चिनलाई उछिन्न धेरै समय लाग्ने छैन ।
उता ७०० भन्दा बढ़ी कैदी-बंदीहरुमा संक्रमण देखा पर्नुले कैद-कारागारहरुमा भयावह स्थिती बन्न पुगेको छ । मृतक ८ जना कैदी मध्ये केन्द्रीय कारागार सुन्धारामा मात्रै ६ जना कैदी-बंदीको ज्यान ग‌एको छ । कारागृहमा भेटघाट निषेध गरिएको छ ।

12/08/2020

. समुदाय स्तरमा फैलिंदै कोरोना

बुधबार ,२८ साउन । स्वास्थ्य मंत्रालयले
गत मंगलबार जारी गरेको विज्ञप्ति अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २३,९४८ पुगी सकेको छ । मंगलबार मात्रै थप ६३८ जनामा कोरोना पुष्टि भ‌एको छ । त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्वि भ‌एको छ । मंगलबार सम्म देश भर ८३ जनाले कोरोनाका कारण ज्यान गुमाई सकेका छन् ।
यसै बिच देशका प्रमुख शहरहरु कोरोनाको ' हट स्पट ' बन्दै छन् ।बारा , पर्सा , काठमांडु , बिराटनगर तथा पोखरामा कोरोना समुदायमै फैलि रहेको विभिन्न श्रोतले जानकारी दि‌एका छन् । कुनै ट्राभल हिष्ट्री नभ‌एका र संक्रमित संग पनि संपर्कमा न‌आएका कैयौं व्यक्तिहरुमा कोरोना पुष्टि भ‌एका कारण रोग समुदाय स्तरमा फैलिएको विज्ञहरु बताउंछन् । लकडाउन खुकुलो पारिएका कारण रोग समुह- समुहमा फैलिएको आकलन गरिएको छ । अस्पतालका बेडहरु भ‌रिन पुगी बिरामी राख्ने ठांउहरुको कमी हुन थालेको छ ।
यसै बिच विभिन्न पेशाका ३२० जना जति कोभिड-१९ बाट संक्रमित हुन पुगेका छन् । सबै भन्दा धेरै चिकित्सक , नर्स लगायत १६२ स्वास्थ्यकर्मी , ७७ नेपाल प्रहरी , नेपाली सेनाका ३६ कर्मचारी तथा ४ एम्बुलेंस चालक , अख्तियार दुरुपयोग अनुसंधान आयोगका ४१ जना , बैंकका कर्मचारी , राजनितिज्ञ , सुरक्षा गार्ड , फ्याक्ट्री कर्मचारी , कार्यालय सहयोगी , ट्राफिक पुलिस , शिक्षक आदिमा कोरोना पुष्टि भ‌ई रहेको छ । जसका कारण ठांउ- ठांउमा लकडाउन पुनः लगाउन परेको छ भने कतै- कतै सरकारले निषेधाज्ञा पनि जारी गरेको छ ।

28/06/2020

. ७७ वटै जिल्लामा फैलियो कोरोना

१४ असार ,आईतबार। शनिबार रसुवा जिल्लामा ९ जना कोरोना संक्रमित पुष्टि भ‌ए पछि अब कोरोनाको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ ।यस भन्दा अघि रसुवा मात्रै त्यस्तो जिल्ला थियो जहां संक्रमण पुगी सकेको थिएन । यो संगै नेपाल भरीका कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ जस मध्ये २८ जना कोभिड-१९ कै कारण मृतक घोषित गरिएका छन् ।
उता विश्व भरीकै तथ्यांक हेर्ने हो भने विश्वमा कुल संक्रमितको संख्या १ करोड़ ८० हजार २२४ हुन पुगेको छ र मृतकको संख्या ५ लाख नाघेको छ । ओल्डोमिटरका अनुसार शनिबार सम्म विश्वका ५ लाख १ हजार २६२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाई सकेका छन् ।दुखद पक्ष के छ भने नेपालमा पनि कोरोना समुदाय स्तरमा फैलिन थालेको छ । सुर्खेत कालागांऊस्थित प्रदेश अस्पतालका ५ जना स्वास्थ्य कर्मीमा गत आईतबार कोरोना पुष्टि भ‌एको थियो ।अस्पतालमा उपचाररत तीन जना बिरामीमा संक्रमण पुष्टि भ‌एपछि अन्य ३९ जना स्वास्थ्यकर्मीका साथ ती संक्रमित स्वास्थ्यकर्मीलाई पनि शंकाको आधारमा आईसोलेसनमा राखी परिक्षण गरिएको थियो जहां ती पांच जनालाई कोरोना पोजिटिभ देखियो । जुन तीन जना बिरामीमा संक्रमण देखिएका कारण ती स्वास्थ्यकर्मीको परिक्षण गरियो तिनीहरुको न त अन्य मुलुकबाट आएको भन्ने कुनै ट्राभल हिस्ट्री छ न त कुनै संक्रमितसंग संपर्कमा आएको कुनै जानकारी । त्यस्तै अर्को केस छ डोल्पा जगदुल्ला गांउपालिकाका ५८ बर्षिय पुरुषको जसको निधन कोभिड-१९ बाट भ‌एको पुष्टि भ‌एको छ । उनि पनि कुनै संक्रमितको संपर्कमा आएको अथवा अन्य मुलुकबाट आएको कुनै स्पष्ट जानकारी छैन । यसरी संक्रमण समुदाय स्तरमा फैलिन थालेको छ जसको परिणाम भयावह हुन सक्छ ।
पाल्पामा आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका कारण घर पठाईएका माथागढी गांउपालिकाका एक युवाको ७ दिन पछि पुन: परीक्षण गर्दा कोरोना पुष्टि भ‌एको छ । यो समय बीच आरडिटी नेगेटिभ आएका कारण उनि घर ग‌एर गांउमा मेलापात तथा अन्य कार्यमा सहभागी भ‌एका थिए । क्वारेन्टाईनमा बसेका कतिपय कोरोनाको कुनै लक्षण देखा नपरेका कारण बिना जांच घर पठाईएका छन् जबकि नेपालमा देखा परेका अधिकांश केस बिना लक्षणका नै छन् । लक्षण नदेखिएका आधारमा घर पठाईएका व्यक्तिहरुमा कोरोना रहेको भ‌ए तिनीहरुले संपर्कमा आएका कति जनालाई संक्रमित तुल्याउने हुन् थाहा छैन ।

.           नेपालमा कोरोना - कुन चरण ?      १० बैशाख।   समूचा विश्व यति बेला कोभिड- १९ भन्ने अदृश्य शत्रुसित लड़ी रहेको ...
22/04/2020

. नेपालमा कोरोना - कुन चरण ?

१० बैशाख। समूचा विश्व यति बेला कोभिड- १९ भन्ने अदृश्य शत्रुसित लड़ी रहेको छ । विश्वको सामाजिक , आर्थिक , राजनैतिक , वैज्ञानिक ,आध्यात्मिक सबै क्षेत्र यस महामारीबाट नराम्रोसंग प्रभावित बन्न पुगेका छन् । हुन त यस व्याधिका शिकार बन्न पुगेका कैयौं व्यक्ति उपचार पछि निको भ‌एर घर फर्कि सकेका छन् तैपनि हाल सम्म यस व्याधिले करीब १ लाख ७८ हजार जति मानिसको ज्यान लिई सकेको छ । कुल २५ लाख ६० हजार को हाराहारीमा भ‌एका संक्रमित मध्ये ५७ हजार भन्दा धेरैको अवस्था गंभिर छ । अमेरिकामा ४५,३१७ ; ईटलीमा २४,६५९ ; स्पेनमा २१,२८४ ; फ्रांसमा २०,८०० ; बेलायतमा १७,३३८ जना जतिले ज्यान गुमाई सकेका छन् भने हाम्रो छिमेकी मुलुक भारतमा ६४० जना जति यसै रोगका कारण मृत्युको मुखमा पुगी सकेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या दिनहुं बढ्दो क्रममा छ । त्यहां करीबन १९,९८५ जनामा संक्रमण देखा परि सकेको छ । फेरि पनि त्यहां कोरोनाको दोस्रो चरण भनिएको छ । यस चरणमा यस रोगको संक्रमण संक्रमित व्यक्तिहरुका संसर्गमा आएका उनका आफन्त , नजिकका ईष्ट- मित्र , स्वास्थ्य कर्मीहरु आदिमा हुन्छ भनिएको छ । पहिलो र दोस्रो चरण त्यति भयावह मानिंदैन । कोरोना संक्रमण जब ठूलो समुदायमा फैलिन्छ र तेस्रो र चौथो चरणमा पुग्छ तब भने स्थिति नियंत्रण भन्दा बाहिर हुन पुग्छ ।
त्यसै कारण महामारीको पहिलो वा दोस्रो चरणमै सरकारले यसमाथि नियंत्रण गर्न सक्नु पर्छ ।
बैशाख ४ गते सम्म नेपालमा कोभिड-१९ को संक्रमण नगण्य रहेको थियो । त्यस दिन सम्म जम्मा १६ जनाको संक्रमण पुष्टि भ‌एको थियो । तर बैशाख ५ गते एकै दिन थप १४ जनामा कोरोना पोजिटिभ देखा पर्यो । उदयपुर त्रियुगा नगरपालिकाको भुल्के स्थित नुरी मस्जिदमा ११ जना भारतीय र १ जना नेपालीको कोरोनाको आशंकामा गरिएको पिसिआर परिक्षणमा जब नतिजा पोजिटिभ आयो तब नेपाली जनमानसमा
एक किसिमको भय व्याप्त हुन पुग्यो । फेरी वैशाख ९ गतेका दिन नुरी मस्जिदका ती १२ जना संक्रमितको संसर्गमा आएकाहरुको पिसिआर परिक्षण गर्दा थप ११ जनामा नतिजा पोजिटिभ आयो । वैशाख १० गते फेरि ३ जना नयां संक्रमित फेला परे र नेपालमा कुल संक्रमितको संख्या ४५ हुन पुग्यो । यसरी ठूलो संख्यामा समुदायमा फैलिनु भनेको कतै नेपाल संक्रमणको तेस्रो चरणमा त पुगेको हैन भन्नी प्रश्न उठेको छ ।

21/11/2019

लिपु लेक

भारतले गरेको सीमा- अतिक्रमणको बिरोधमा आंदोलन र नाराबाजी गर्दै गरेका पांच जना विद्यार्थी लाई सरकारले थुनामुक्त गर्नु पर्ने सर्वोच्चको फैसला छ । लिम्पियाधुरा , कालापानी र लिपुलेक नेपालको भुभाग भ‌एकाले आफ्नो गुमेको भुभाग फिर्ता मांग्न आंदोलन र नाराबाजी गर्न पाउनु नैसर्गिक अधिकार भ‌एको ठहर गर्दै थुनिएकाहरुलाई तुरंत थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । बुधबार बसेको ईश्वरप्रसाद खतिवड़ा र कुमार रेग्मीको संयुक्त ईजलासले यस्तो फैसला गरेको हो ।
लिम्पियाधुरा , कालापानी र लिपुलेकको ३९७ वर्ग कि. मि. भूभाग भारतले आफ्नो नक्शामा समेटे पछि नेपाल भरी नै यस्को चर्को विरोध भ‌ई रहेको छ । उता झापाको पश्चिम- दक्षिणी दशगजा क्षेत्रबाट भारतीय सैनिक हटाउन भनी विद्यार्थीहरुले बिहिबार बिहान गौरीगंज गांऊपालिकाको फत्तेपुर नाकाको दशगजा क्षेत्रमा पुगी नेपालको राष्ट्रिय झंडा फहराई नाराबाजी र विरोध प्रदर्शन गरेका छन् । ' इंडिया गो ब्याक ' , ' भारतीय विस्तारवाद मुर्दावाद ' जस्ता नारा सहित विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले कोणसभा पनि गरे ।
नेपाल- भारत तथा नेपाल- चिनको सीमा निर्धारण र निरीक्षणका लागी सीमा निरीक्षण समिति पनि गठन गरिएको संचार तथा सूचना प्रविधि मंत्री गोकुल प्रसाद बास्कोटाले जानाकारी दिएका छन् ।

Address

Gaucharan, Jagatpur, Bharatpur-23, Chitawan
Bharatpur

Opening Hours

08:00 - 10:00

Telephone

+19845922551

Website

Alerts

Be the first to know and let us send you an email when Aawaz-Kalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category