29/08/2026
🕯️ भावपूर्ण श्रद्धाञ्जली 🙏😢
यही भदौ १० गते बुधबार हाम्रो देशमा दुर्भाग्यवश घटेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय र दुःखद घटनाले हामी सबैको मन अत्यन्तै पीडित बनाएको छ। 😢
यस दुःखद घटनामा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो अमूल्य ज्यान गुमाउनुभएको छ भने धेरै जना घाइते तथा अपाङ्ग हुनुभएको छ। कयौँ परिवारले आफ्ना आफन्त, घरबार, लत्ताकपडा तथा आफ्नो सर्वस्व गुमाएर पीडामा बाँच्न बाध्य हुनुभएको छ।
यसै दुःखद घटनामा भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौ!
दिवंगत आत्माहरूमा हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏
घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभ र धैर्य धारण गर्ने शक्ति मिलोस्। ❤️🩹
गुरु संगीत पाठशाला परिवार, खैरहनी -८, पर्सा,, चितवन