26/08/2026
अत्यन्त जरुरी सूचना तथा सतर्कता अनुरोध।
त्रिशूली नदीमा निकै ठूलो बाढीको बहाव आउँदै गरेको हुँदा त्रिशूली नदी तथा यससँग जोडिने अन्य नदी र खोला आसपासका सम्पूर्ण बासिन्दालाई तत्काल नदी किनारबाट धेरै टाढा, अग्लो र पूर्ण सुरक्षित स्थानमा सर्न हार्दिक अनुरोध गर्दछु। नारायणी नदी किनार वरिपरी रहनुभएका वासिन्दालाई पनी आग्रह छ ।
कृपया बाढी नआउन्जेल पर्खेर नबस्नुहोस्। नदी हेर्न, फोटो वा भिडियो खिच्न किनारतर्फ नजानुहोस्। आफू सुरक्षित रहनुहोस्, परिवार, बालबालिका, ज्येष्ठ नागरिक तथा छिमेकीलाई पनि सुरक्षित स्थानमा लैजान सहयोग गर्नुहोस्।
यो सूचना सकेसम्म छिटो र धेरैभन्दा धेरै मानिससम्म पुर्याइदिनुहोस्। सरकारको विपद् टोली सक्रिय भइसकेको छ । सबैको पुर्वतयारीले जोखिमबाट बच्न र क्षती कम गर्न सकिन्छ ।