22/06/2026
मैले आफ्नो पीडा आफ्नै आमालाई पनि थाहा हुन दिइनँ... तिमीले मलाई के खाक बुझ्छौ र !
सबैभन्दा ठूलो युद्ध बाहिर होइन, आफ्नै मनभित्र चलिरहेको हुन्छ।
कहिलेकाहीँ हामी संसारसँग होइन, आफ्नै पीडा, आफ्नै सम्झना र आफ्नै परिस्थितिसँग लडिरहेका हुन्छौं। मानिसहरूले हाम्रो अनुहार देख्छन्, तर मनभित्रको आँधी देख्दैनन्। उनीहरू हाम्रो मुस्कान देख्छन्, तर त्यसलाई बचाइराख्न गरिएको संघर्ष देख्दैनन् ।
जीवनको यात्रामा धेरै पटक यस्तो मोड आउँछ, जहाँ साथ दिनेहरू कम हुन्छन् र परीक्षा लिनेहरू धेरै। त्यतिबेला आफूलाई सम्हालेर अगाडि बढ्नु नै सबैभन्दा ठूलो साहस हुन्छ। केही कुरा चुपचाप सहनुपर्छ, केही चोट समयलाई सुम्पनुपर्छ, र केही पीडालाई आफ्नो शक्तिमा बदल्नुपर्छ।
आज म जहाँ छु, त्यहाँ पुग्न धेरै संघर्ष, धेरै त्याग र धेरै मौन पीडाहरूको कथा लुकेको छ। तर एउटा कुरा सिकेको छु, हार मान्नेहरू इतिहास बन्दछन्, र संघर्ष गरिरहनेहरू उदाहरण बन्दछन्।
जीवनले जति तल धकेल्ने प्रयास गरे पनि, उठ्ने हिम्मत कहिल्यै मर्नु हुँदैन । किनकि अँध्यारो रातपछि उज्यालो बिहान अवश्य आउँछ।
पीडा लुकाउन सक्छु, सपना होइन।
थाक्न सक्छु, तर हार मान्न सक्दिन। ❤️🙏🏻