Him bahadur ale vlogs

Him bahadur ale vlogs मेरो page मा पनि आउनु होला है ❤️🙏
(3)

रिजल्ट अन्तिम महिनामा आउने भयो गाइज 🤣🤣 complete 300000 views
20/06/2026

रिजल्ट अन्तिम महिनामा आउने भयो गाइज 🤣🤣 complete 300000 views

पर्सामा काठ तस्करी भइरहेको भिडियो सार्वजनिक भएपछिनेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरगन्ज-३२ परसवामा छापा मारेर त्रिपालले...
20/06/2026

पर्सामा काठ तस्करी भइरहेको भिडियो सार्वजनिक भएपछि
नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरगन्ज-३२ परसवामा छापा मारेर त्रिपालले छोपेर राखिएको सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद गरेकाे छ

20/06/2026

10K follow बाट घटेर अहिले 9k follow भएको छ को हो मलाई unfollow गर्ने ह🙄🙄

20/06/2026

दु:खद खबर उदयपुर मा स्कुल बस दुर्घटना भएको छ 😪😪 ゚viralシ ***n

मलेसिया मा इलिगल बसेका लाइ धमाधम पक्राउ गरेको छ  मलेसियामा रहनुहुने सम्पूर्ण नेपालीहरूका लागि विशेष सूचना!​यदि तपाईं मले...
20/06/2026

मलेसिया मा इलिगल बसेका लाइ धमाधम पक्राउ गरेको छ मलेसियामा रहनुहुने सम्पूर्ण नेपालीहरूका लागि विशेष सूचना!
​यदि तपाईं मलेसियामा कानुनी रूपमा (Illegal/Overstay) हुनुहुन्छ भने, कृपया ढिला नगरी स्वदेश फिर्ता हुने प्रक्रिया अगाडि बढाउनुहोस्। कानुनभन्दा माथि कोही छैन। विभिन्न कानुनी झमेला, जरिवाना र जेल सजायबाट बच्नका लागि समयमै सही निर्णय लिनु नै बुद्धिमानी हुन्छ।
​आफू र आफ्नो परिवारको सुरक्षित भविष्यका लागि सम्बन्धित दूतावास वा आधिकारिक निकायसँग सम्पर्क गरी स्वदेश फिर्ताको बाटो रोज्नुहोस्। सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्!

सिक्किमका परिचित सामाजिक अभियन्ता श्री जोजोमाथि भएको यो कायरतापूर्ण र बर्बर आक्रमणको म घोर भर्त्सना गर्दछु। एउटा लोकतान्...
20/06/2026

सिक्किमका परिचित सामाजिक अभियन्ता श्री जोजोमाथि भएको यो कायरतापूर्ण र बर्बर आक्रमणको म घोर भर्त्सना गर्दछु। एउटा लोकतान्त्रिक समाजमा यस्तो हिंसाको कुनै स्थान छैन। जब आवाज उठाउने र समाजका लागि लड्ने व्यक्तिहरू नै सुरक्षित छैनन् भने, हामी कस्तो समाजको कल्पना गर्दैछौं? केही समय अघि मात्र पश्चिम सिक्किममा अर्का सामाजिक अभियन्तामाथि भएको यस्तै दर्दनाक घटनाले हाम्रो सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। कुनै समय शान्त र सुरक्षित मानिने हाम्रो सिक्किम, आज किन असुरक्षित बन्दैछ? किन यहाँ डर र त्रासको वातावरण सिर्जना गरिँदैछ? सत्य बोल्ने र समाजको हितमा आवाज उठाउने हरेक नागरिकलाई बिना कुनै डर बाँच्ने अधिकार छ। जोजो जस्ता निडर व्यक्तित्वहरूमाथि भएको यो आक्रमणले केवल एक व्यक्तिलाई मात्र होइन, सिंगो समाजको चेतनालाई घाइते बनाएको छ। म सम्बन्धित निकायसँग माग गर्दछु कि यो घटनाको निष्पक्ष र पारदर्शी छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस्। जोजोलाई न्याय चाहियो! हामीलाई यस्तो समाज चाहिएको छ जहाँ हरेक नागरिक सुरक्षित महसुस गरोस्। 🙏🥀

  जुवातास खेलेर घर चलाउने खोज्नेलाइ प्रहरीको डन्डा पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउपोखरा । कास्की प्रहरीले पोखर...
19/06/2026

जुवातास खेलेर घर चलाउने खोज्नेलाइ प्रहरीको डन्डा पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एअरपोर्ट क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ४ गते राति करिब १० बजे प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद रु ११ हजार ५ सय ३५ र १ हजार ८२८ पत्ती तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

19/06/2026

9k follower छ्न तर like 1 मात्र आउछ त 🐁🐁

18/06/2026

10K follow पुराउने होइन त गकिज 🤗

नारायणी पुलबाट नदीमा हाम फालेका वृद्धको सकुशल उद्धारनवलपुर, असार ४ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायण...
18/06/2026

नारायणी पुलबाट नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार
नवलपुर, असार ४ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीको पुलबाट एक वृद्धले नदीमा हाम फालेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ।
बिहीबार बिहान करिब १०ः१० बजे देवचुली नगरपालिका–११ धारापानी निवासी ६२ वर्षीय झनक प्रसाद पौडेलले नारायणी नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म, पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा ३० जनाको उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार टोलीले बिहान १०ः२० बजे पौडेललाई नदीबाट सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धारपछि उहाँलाई थप उपचारका लागि सशस्त्र प्रहरीको एमटीआर (मोबाइल टोली) मार्फत चितवनतर्फ पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ

Address

Petaling Jaya
Petaling Jaya
47301

Alerts

Be the first to know and let us send you an email when Him bahadur ale vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share