21/08/2026
सम्माननीय मन्त्री पुन यसो भन्नु हुन्छः
म सुतुवा मन्त्री होइन है साथीहरु! हरेक दिन बिहान ६ बजे उठेर ७ बजे देखि राती ११ बजे सम्म मन्त्रालयको अफिसमा नै काम गर्छु नि। कहिल्यै छुट्टी मनाएको छैन र मनाउदिन ।🙏🙏🙏
आज राष्ट्रिय सभामा म झपक्क निदाएछु । सोसल मिडियाका भाईहरुले पैसा कमाउनको लागि हो अथवा मेरो बेइजत गर्नको लागि हो मेरो भिडियो भाइरल बनाएछन । अनि कमेन्ट गर्नेहरुको लर्को नै लागेछ र अल्छी मन्त्री , काम नगर्ने मन्त्री आदी इत्यादी भनेर मलाई भक्कु गाली पनि गरेछन् । गाली गर्ने र भिडियो भाईरल बनाउनेहरुलाई धन्यवाद । लु त, मैले पनि पैसा कमाउन पऱ्यो भनेर म सुतेको फोटो पोष्ट गरें। धेरै भन्दा धेरैले लाईक र कमेन्ट गरम त सबैले🤣🤣🤣 खास कुरा के हो भने त्यो राष्ट्रिय सभा बस्ने ५० जना जति बस्ने ठुलो हलमा एसी नभएकोले निकै नै गर्मी हुन्छ । गर्मीले गर्दा मेरो आँखा झपक्क भएछ नि । ढाँटेको होइन😭😭😭