05/08/2026
छिपहरमाई गाउँपालिका –भिस्वामा मल वितरणबारे किसानका गम्भीर प्रश्न!
मल स्टकमा छ भने किसानले किन पाउँदैनन्?
मल छैन भने स्टकमा कसरी छ?
सबै किसानलाई समान रूपमा वितरण हुन्छ कि चिनजानका आधारमा?
छिपहरमाई गाउँपालिका–५, भिस्वामा रासायनिक मल (युरिया) वितरणबारे पछिल्लो समय किसानहरूबाट गम्भीर गुनासोहरू आइरहेका छन्।
मल वितरणको जिम्मेवारीमा रहनुभएका शाही कान्त कुशवाहाज्यूसँग किसानहरूले केही स्पष्ट जवाफ खोजिरहेका छन्।
● एक जना किसानले १८ दिनदेखि युरिया मल माग्दा पटक–पटक मिति दिइएको तर तोकिएको मितिमा जाँदा पनि मल नपाएको अवस्था किन?
● यदि मल स्टकमा उपलब्ध छ भने, किसानलाई बारम्बार अर्को मिति किन दिइन्छ?
● यदि मल स्टकमा छैन भने, निश्चित मिति तोकेर किसानलाई बोलाउने काम किन हुन्छ?
● कसैलाई २ बोरा, कसैलाई १ बोरा पनि नदिने मापदण्ड के हो?
● केही व्यक्तिहरूले अर्को वर्षका लागि समेत १०–१० बोरा मल घरमा राखेको भन्ने गुनासो छ। यदि यस्तो भइरहेको छ भने, उनीहरूले कसरी यति धेरै मल पाए?
●वास्तविक किसानले मल नपाउने तर पहुँच भएका व्यक्तिले बढी मल पाउने अवस्था छ भने, यसको जिम्मेवारी कसले लिने?
सरकारले ग्यासको विषयमा “बजारमा अभाव छैन” भनेजस्तै यहाँ पनि प्रश्न उठ्छ—
- मलको अभाव छैन भने किसानले मल किन पाउँदैनन्?
• मल पर्याप्त छ भने कहाँ छ?
• वितरण भएको मल कस–कसलाई, कति–कति बोरा दिइयो?
हामी कसैलाई बिना प्रमाण दोषी ठहर गर्न खोजिरहेका छैनौँ। तर किसानको गुनासो गम्भीर छ भने निष्पक्ष छानबिन आवश्यक छ।
सम्बन्धित गाउँपालिका र कृषि शाखाले तत्काल मलको स्टक, वितरणको मापदण्ड र वितरण विवरण सार्वजनिक गरी किसानका प्रश्नको जवाफ दिनुपर्छ।
यदि अनियमितता प्रमाणित हुन्छ भने दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्छ।
मल किसानको अधिकार हो, कसैको पहुँच र चिनजानको आधारमा बाँडिने वस्तु होइन।