CAM production

CAM production बिभिन्न सामाजिक क्रियाकलापका समाचार, साहित्य, सङ्गीत, खेलकुद साथै मनोरञ्जनात्मक, यथार्थ कुराहरु हजुरहरु सम्म पुराउने छौ।
(1)

 #श्रद्धाञ्जली_कार्यक्रम 23 जुलाईकाे दिन इजरायलकाे जेरुसलेम शहरमा भएकाे जघन्य हत्यामा ज्यान गुमाएका गाेर्खे छाेराे राजिब...
22/08/2026

#श्रद्धाञ्जली_कार्यक्रम
23 जुलाईकाे दिन इजरायलकाे जेरुसलेम शहरमा भएकाे जघन्य हत्यामा ज्यान गुमाएका गाेर्खे छाेराे राजिब आचार्यकाे आत्मा शान्तिकाे निम्ति भारतीय गाेर्खाहरुद्वारा एकबद्ध भएर तेलअभिव शहर स्थित लेविन्स्कि पार्कमा निष्पक्ष जाँचकाे माँग गर्दै श्रद्धाञ्जली कार्यक्रमकाे आयाेजना गरियाे। साथै दार्जिलिङमा पनि यसरी नै क्याण्डल मार्च गरेर भारत सरकार माथि चाप बनाई दिने अपिल पनि गरे।
खबर साभार : सहयाेगी हात समूह इजरायल।

21/08/2026

#सहयोगको_अपिल।
गेल २ नम्बर निवासी निलिमा सुब्बालाई बचाँउन वहाँको समाजका सदस्यहरु सिटोङ क्षेत्रका हरेक संघ-संस्था, क्लब, चर्च, समाज सबै तिर सहयोगको अपेक्षा संग-संगै चिट्ठी लिएर आउनुभएको छ।
यसर्थ हामी सब-सबै मिलेर केहि भएता पनि बिरामीको लागी सहयोग गरौं भन्ने अनुरोध गर्दछौं।।
゚viralシfypシ゚viralシalシ

20/08/2026

#बाटो मर्मत
sittong homestay welfare society द्वारा सेब्जे फाटक देखि माना फाटक सम्मको भत्किएको ठाउँहरूको मर्मत कार्य गरे।

 #हार्दिक_श्रद्धाञ्जली।सिटोङ (3) ग्राम पञ्चायत सदस्या निलम मोक्तानको पिता नन्दकिशोर मोक्तानको आकस्मिक देहान्त भएको छ र व...
19/08/2026

#हार्दिक_श्रद्धाञ्जली।

सिटोङ (3) ग्राम पञ्चायत सदस्या निलम मोक्तानको पिता नन्दकिशोर मोक्तानको आकस्मिक देहान्त भएको छ र वहाँको पार्थिव शरीरलाई भोलि जंगल लगिने सम्पूर्ण आफन्त, इष्टभित्र, साथी-संगीहरु सबै-सबैलाई जानकारी गराइन्छ।

*ठेगाना*
*बाग्राकोट आश्रम लाइन*
*हुलाक: बाग्राकोट*
*जिल्ला: जलपाईगुडी*

*परिवार विवरण*
*श्रीमती:* सुमित्रा मोक्तान

*दिदी/बहिनी:* मीना, लीला

*छोराहरू:* प्रदीप, दिनेश, नवीन

*छोरीहरू:* नीलम, निराका

*बुहारीहरू:* संगीता, ईशारा, तारा, ऋतु

*ज्वाइँहरू:* डुप छिरिङ, राकेश

*नाति-नातिनीहरू:*

19/08/2026

#संकट साथी संस्थाद्वारा आसाम बाढ प्रभावित क्षेत्रका बाढ पिढितहरूलाई सहयोगका निम्ति गरिएको अर्थ सङ्ग्रह गरेको हिसाब सार्वजनिक गर्दै संकट साथी संस्थाका सदस्यहरु।

゚viralシ

 #आसाम बाढ़ पिड़ीतहरू माझ पुगे।हेल्पिङ-हेण्ड संस्थापक पास्टर सोनाम लामा अनि टिम, समाजसेवी उत्तम राई अनि टिम, सिटोङ बाट ड...
18/08/2026

#आसाम बाढ़ पिड़ीतहरू माझ पुगे।
हेल्पिङ-हेण्ड संस्थापक पास्टर सोनाम लामा अनि टिम, समाजसेवी उत्तम राई अनि टिम, सिटोङ बाट डिगेल लेप्चा, रोशन थापा, करुण राई, अभिषेक राई आसामको बाढ पीडित क्षेत्र #नेपाली_कुटी भन्ने क्षेत्रमा पुगि लगभग 400 जनालाई राहत सामग्री (खाद्य सामाग्री, व्हिल चियर, ब्ल्याङकेट, नारीहरूलाई चाहिने सामाग्रि, भाडा-वर्तन आदि) वितरण गरियो भनि करुण राईले जानकारी दिएका छन।

18/08/2026

पश्चिम बंगाल सरकारले हिज 17 अगस्त 2026 देखि दिने भनेको हाम्रो दिदी-बहिनीहरू कस-कसले अन्नपूर्ण भण्डार प्राप्त गर्नु भयो (??)

18/08/2026

#अम्बो..... कालो चितुवा... रुखमा...
पहिले-पहिले यो कालो चितुवा दुर्लभ प्राणी भनिन्थ्यो भने अहिले हाम्रो सिटोङमा जहितहि देख्न पाइरहेको छ।
यो राम्रो त हो तर चिन्ताको विषय पनि हो हामी मान्छे केहि सतर्क रहन जरुरी छ है....................

 #बाटो बन्द रहने....माना देखी सेब्जे सम्मको बाटो 18 अनि 19 अगस्त 2026 को दिन मर्मत गरिने भएको कारण बन्द रहने सम्पूर्ण जन...
17/08/2026

#बाटो बन्द रहने....
माना देखी सेब्जे सम्मको बाटो 18 अनि 19 अगस्त 2026 को दिन मर्मत गरिने भएको कारण बन्द रहने सम्पूर्ण जनसाधारणलाई जानकारी गराइन्छ।
Pranay chhetri
Secretary
United sittong homestay welfare society

17/08/2026

#दार्जिलिङका साना चिया उत्पादकको प्रतिनिधित्व गर्दै ‘टी इनोभेसन एक्स्पो’मा सहभागिता।।

नयाँ दिल्ली, १७ अगस्ट २०२६। Tea Board of India द्वारा आयोजित Tea Innovation Expo 2026 मा दार्जिलिङ पहाडका साना चिया उत्पादकहरूको प्रतिनिधित्व गर्दै विभिन्न संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। १६ र १७ अगस्ट २०२६ मा नयाँ दिल्लीस्थित Ambience Mall, Vasant Kunj मा आयोजना भइरहेको उक्त कार्यक्रममा भारतका विभिन्न राज्य तथा क्षेत्रका साना चिया उत्पादकहरू सहभागी भएका छन्।
कार्यक्रममा दार्जिलिङ पहाडका साना चिया उत्पादकहरूको प्रतिनिधित्व गर्दै मिनेरल स्प्रिङ संयुक्त विकास संस्था, मिनेरल स्प्रिङ, दार्जिलिङका सभापति नवीन तामाङ तथा सिटोङ अर्ग्यानिक स्मल टी ग्रोअर्स वेलफेयर सोसाइटी, सिटोङका संगम राई सहभागी भएका छन्।

यस एक्स्पोमा दार्जिलिङसँगै जलपाईगुडी, आसाम, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, उत्तराखण्ड, हिमाचल प्रदेश, निलगिरी तथा वायनाड (केरला) लगायतका विभिन्न चिया उत्पादक क्षेत्रका साना चिया उत्पादकहरूको सहभागिता रहेको छ।

एक्स्पोमा भारतीय चिया क्रेताहरूसँगै जापान, अमेरिका र इंग्ल्याण्ड लगायतका देशबाट आएका अन्तर्राष्ट्रिय चिया क्रेताहरूले पनि विभिन्न क्षेत्रका चियाको अवलोकन तथा स्वाद परीक्षण गरिरहेका छन्। विशेषगरी दार्जिलिङका साना चिया उत्पादकहरूले उत्पादन गरेको चियाप्रति अन्तर्राष्ट्रिय क्रेताहरूले सकारात्मक रुचि देखाएको संगम राईले जानकारी दिएका छन्।

Address

Kurseong

Telephone

+919647362570

Website

Alerts

Be the first to know and let us send you an email when CAM production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to CAM production:

Shortcuts

Share