12/07/2026
०३ मानेबुङ–दन्तामका सम्पूर्ण बेरोजगार युवा तथा चेलीहरूको तर्फबाट एक स्पष्ट प्रश्न
०३ मानेबुङ–दन्तामबाट SKM सरकारलाई जिताउन हाम्रो गाउँका सम्पूर्ण बेरोजगार युवा, चेली तथा कार्यकर्ताको पनि ठूलो योगदान छ। चुनावका बेला हामी घर–घर पुग्यौं, जनताको विश्वास जित्न मेहनत गर्यौं र सरकार निर्माणमा आफ्नो भूमिका निभायौं।
तर आज विकासका काम सञ्चालन हुँदा, हाम्रो आफ्नै गाउँका बेरोजगार युवा र स्थानीय जनतालाई अवसर नदिई अन्य वार्ड वा बाहिरका मानिसलाई प्राथमिकता दिइन्छ भने यो गम्भीर चिन्ताको विषय हो।
प्रश्न पार्टीलाई होइन, पार्टीको नाममा जिम्मेवारी सम्हालेर पनि स्थानीय जनताको पीडा नबुझ्ने सोच भएका व्यक्तिहरूलाई हो।
यदि आज स्थानीय युवाको हक, रोजगारी र अधिकारको आवाज उठाइएन भने भोलि उठाउन धेरै ढिलो हुन सक्छ। विकासको वास्तविक अर्थ भनेको स्थानीय जनताको सहभागिता, सम्मान र अवसर सुनिश्चित गर्नु हो।
हामी सरकारको विरोध गरिरहेका छैनौं। हामी केवल यति चाहन्छौं कि स्थानीय विकासमा स्थानीय जनताले नै पहिलो अवसर पाऊन्, ताकि जनताले दिएको विश्वासको सम्मान होस्।
स्थानीयलाई प्राथमिकता, विकासमा समान अवसर, अनि जनताको विश्वासको कदर—यही हाम्रो माग हो। 🧡❤️💚
Prem Singh Tamang-Golay