01/06/2020
"को म्हेन्दो" र भमराको प्रेम
तामाङ राष्ट्र भित्र टोटलाको फुललाई राष्ट्रिय फुलको रुपमा चिनिन्छ । यो फुल न्वारान देखि मृत्यु सम्मको संस्कारमा अनिवार्य प्रयोग गरिन्छ । यो फुल बिना कार्य सिद्दि हुँदैन । लामा, ताम्बा, बोम्बो सबैले प्रयोग गरिने यो फुल संसारकै चोखो मानिन्छ यस फुललाई तामाङ भाषामा ठाउ अनुशार धेरै वटा नामले सम्बोधन गरेको पाईन्छ । ला म्हेन्दो, को म्हेन्दो,ग्यासर म्हेन्दो, न्हाङलिङ म्हेन्दो, टिङरिङ म्हेन्दो ईत्यादि । यो फुल चोखो र देउताको काममा प्रयोग गर्ने भएकोले यसलाई "ला म्हेन्दो" पनि भनिन्छ । ला भनेको तामाङ भाषामा देउता हुन्छ । र छाती भित्र फुल्ने भएकोले "कु म्हेन्दो" हुँदै "को म्हेन्दो" अनि "कोको म्हेन्दो" हुन गएको मान्न सकिन्छ । "कु" भनेको तामाङ भाषामा छातीलाई बुझाउछ ।
"को म्हेन्दो" को भमरा सँग प्रेम सम्बन्धको बारेमा तामाङ समाज भित्र एउटा छुट्टै कथा पनि छ ।
कथा अनुशार भमराले "को म्हेन्दो"लाई असाध्यै मन पराए र सिधै भमराले प्रेम प्रस्ताब राखे तर "को म्हेन्दो"ले तिमी जस्तो कामुक दुनियाँ रस चुसेर हिड्ने सँग म माया लाउदिन भनेर ठाडै अस्विकार गरिन । त्यसपछि भमराले रिसले चुर हुँदै तिमीलाई फुल्ने बेलामा जबर्जस्ति भए पनि म अाफ्नो बनाएरै छाड्छु भने । त्यसपछि दुबै बिच बोलचाल बन्द भयो । समय बित्दै गयो भमराले अाफ्नो वचन पुरा गर्न "को म्हेन्दो"को रुखमुनि गएर दिन रात कुर्न थाल्यो यो जब फुल्छ तब लान्छु भनेर । यो कुरा "को म्हेन्दो"ले चाल पाईन र डरले दिनमा फुलिनन दाप भित्रै लुकेर बसिन । जब भमरा रातमा निदाउथ्यो अनि मात्र "को म्हेन्दो" रातमै फुलेर झर्थिन । भमराले "को म्हेन्दो" रातमा फुलेर झरेको पत्तै पाईनन यो क्रम धेरै बर्ष चल्यो अन्त्यमा भमराले हार स्विकारे र माफि माग्दै भने "मैले तिमीलाई आफ्नो बनाउन सकेन म तिमी सँग हारे म आफ्नो प्रेम प्रस्ताब फिर्ता लिन्छु भनेर फिर्ता लिए । त्यस बेला देखि "को म्हेन्दो" दाप भित्र फुलेको र रातमा मात्र फुलेर झरेको लोक कथा तामाङ समाज भित्र प्रचलित छ ।
Sagar Tamang✍️