Hem Raj Adhikari

Hem Raj Adhikari Poet | Politician | Former Zilla Panchayat |

01/03/2023

प्रेस विज्ञप्ति ।

सिटिजन एक्सन पार्टी -सिक्किम हाल विभिन्न सांगठनिक काउन्सिलको विस्तारमा संलग्न छ।राज्यस्तरदेखि जिल्ला औ समष्टिगत काउन्सिलको गठनमा पार्टी सक्रिय रूपमा काउन्सिलका विभिन्न नेतृत्वदायी पदाधिकारीमा जिम्मेवारी निर्वहन सम्बन्धमा विविध सभाहरु केन्द्रिय कार्यलयमा गराइरहेको छ।आगामी दसदेखि पन्ध्र मार्च सम्ममा पार्टीले सम्पुर्ण रुपरेखा तयार पारेर सिक्किमका हरेक निर्वाचन क्षेत्र तथा ग्रामीण इलाकामा जनतासंग सोझो सम्पर्क गर्ने तारतम्य मिलाइरहेको जानकारी पेश गर्दछ ।

सिटिजन एक्सन पार्टी सिक्किमका जम्मा सातवटा पार्टी कार्यलयहरु हुनेछन् ।प्रत्येक समष्टिमा जिल्ला स्तरको कार्यलय औ प्रमुख कार्यलय गरेर सात कार्यलय हुनेछन् ।पार्टीले समष्टि स्तरमा कुनैपनि कार्यलय खोल्ने छैन।प्रमुख कार्यलयको दिशानिर्देशमा जिल्ला कार्यलय चल्नेछ औ जिल्ला कार्यलयको दिशानिर्देशमा समष्टि स्तरका कार्यकर्ताहरु भिलेज तथा वार्ड काउन्सिलमा सोझो सम्पर्क गर्नेछन् ।यत्रतत्र पार्टी अफिस खोलेर खर्चको बिनाशमा पार्टी संलग्न रहने छैन औ सिक्किमको इतिहासमा खुबै कम्ती खर्चमा यसले चुनाव प्रक्रियामा उत्रनेछ।जिल्ला काउन्सिलका अध्यक्षहरुले सोझै सम्पर्क गरेर हरेक समष्टि ,ग्राम औ वार्डमा सोझो निगरानी राख्नेछन्।

सिटिजन एक्सन पार्टी सिक्किमले कुनैपनि दिवसहरु मनाउने छैन। सरकारको सरकारी कोषबाट अथाह रुपैया पैसाको लगानी गरेर पार्टीका कुनैपनि समारोह हुनेछैन। पार्टीको न त उन्मुक्ति दिवस ,न त गरिबी उन्मुलन दिवस,कुनै दिवस हुनेछैन ।गणतन्त्र दिवस देशको संविधानलाई शिरोपर गर्दै मनाउने छ तर पार्टी सरकारमा पुगेको दिन सरकारले आफ्नो दायित्व निर्वहन गर्नेछ औ पार्टीले साधारण तवरमा आफ्नो स्थापना दिवस गणतान्त्रिक रूपमा मनाउने छ।
पार्टीको झण्डा हुनेछैन औ पार्टी कार्यकर्ताले कसैलाई जिन्दावाद ,मुर्दावाद भनेर कुर्लिनु पर्ने छैन। अहिले सिक्किमका हरेक घरमा सत्तारूढ पार्टीको झण्डा लगाउनै पर्ने बाध्यता,सडकका पेटी प्यारापेट र पुल तथा कल्पर्ट समेतलाई झण्डा लगाएर जनतालाई बण्डा गरेको देखेर सिक्किमे समाज भेदभावमा अल्झिंदै गुज्रिएको अवस्थाबाट बाहिर निकाल्न चाहन्छ। राज्यका हरेक नागरिकलाई सिटिजन एक्सन पार्टी झण्डे राजनीतिदेखि बाहिर निकाल्ने उद्देश्य राख्दछ्। कसैको घरमा गएर फलानो होशियार !ढिस्कानु होशियार भन्ने क्रूर नाराबाजीबाट सिक्किमे समाज बाहिर निस्किनुपर्छ भन्ने विश्वास हाम्रो पार्टीले लिएको छ।

पार्टीले पहिलो चरणमा 124 जनालाई लिएर विभिन्न पदाधिकारीको नाउँ अघिबाट सार्वजनिक गरिसकेको छ।अहिले दोस्रो र तेस्रो चरणको विभिन्न जिल्ला पदाधिकारी र समष्टि तथा ग्राम -वार्ड काउन्सिलको निर्वाचन युद्धस्तरमा भैरहेको जानकारी गराउँदछौं। पार्टीलाई वृहत् रूपमा लैजान र साधारण एवं सक्रिय सदस्यतामा जोड्न आगामी मार्च पन्ध्रदेखि पार्टी सिक्किमे नागरिकको घर आगनमा पुग्नेछ ।हालमा पार्टीले साधारण (primary membership ) र सक्रिय (active membership ) सदस्यता फार्म भर्ने कार्य शुरु गरेको छ। यो रु दस र एकाउन्न 10/51/ रुपैयामा सदस्यता प्राप्त गर्न सकिन्छ। सिटिजन एक्सन पार्टी क्राउड् फन्डमा चल्नेछ भन्ने कुरामा विश्वास राख्दछ्।
पार्टीको एक शिष्ट टोली पार्टीको पञ्जिकरणको सिलसिलामा निर्वाचन आयोगमा सक्रिय रूपमा कार्य गरिरहेको छ।समस्त सिक्किमका नागरिकहरुमा यो सन्देश हरेक जनगणमा पुगोस भन्ने ध्येय राख्दै यो प्रेस विज्ञप्ति सम्प्रेषण गर्न उचित ठान्दछ्।

हेमराज अधिकारी
प्रबक्ता ।
सिटिजन एक्सन पार्टी -सिक्किम ।

आँधी बनेर आउँदैछौं।-हेमराज अधिकारी ।तिम्रा झुट्टा वाधाहरु पूरा गर्न तिमीले भत्काएको घर टाल्न तिमीले फुटाएको छानो छाप्न त...
14/02/2023

आँधी बनेर आउँदैछौं।
-हेमराज अधिकारी ।

तिम्रा झुट्टा वाधाहरु पूरा गर्न
तिमीले भत्काएको घर टाल्न
तिमीले फुटाएको छानो छाप्न
तिमीले झुक्याएको मानु भर्न
हामी आँधी बनेर आउँदैछौं ।

तिम्रो भुलनै हाम्रो सुधार हुनेछ
तिम्रो चुकनै हाम्रो व्यबहार हुनेछ
तिम्रो दसदिन एक महिना पन्ध्रदिन
हाम्रो सबक् हुनेछ हाम्रो विपना हुनेछ
हामी आँधी बनेर आउँदैछौं।

तिमी जति ढाँट्दै जादैछौ
उति प्रजा हाँस्दै जादैछन
तिमी जति हाँस्दै हिंड्दैछौ
उति प्रजा रुँदै हिंड्दैछन
हो हामी आँधी बनेर आउँदैछौं।

तिमी झण्डे राजनीतिमा जति अल्मल गर्दै
जिन्दावाद र मुर्दावादमा कुद्दैछौ
सडकको प्यारापेटमा पोतो दल्दैछौ
जातजातमा मोसो दल्दैछौ
हो हामी आँधी बनेर आउँदैछौं।

तिम्रा तिरस्कृत छानाहरु सबै
हाम्रा असली मेरुदण्ड बन्दैछन
तिम्रा सडकमा झर्ने दिनहरु गन्दै
विचारको क्रान्तिमा होमिदैछन
हो हामी आँधी बनेर आउँदैछौं।

तिमी सरकारी खर्चपर्चमा जति जोत्दैछौ
आँधी बनेर विचारका नटबल्टुहरु
तिम्रो खिया परेको मन मस्तिष्क भित्रबाट
क्रमश ओर्लिदैछन ओर्लिदैछन
हो हामी आँधी बनेर आउँदैछौं।

न त हामी झण्डामा हुनेछौं
न त जनतालाई बण्डामा राख्नेछौं
न त जिन्दावाद मुर्दावादमा घोक्रो
फुल्याइ फुल्याई चिच्याउने छौं
हो हामी आँधी बनेर आउँदैछौं।

तिम्रा लालाबाला पालनपोषण गर्न
गाडी र मान्छे भत्किएका भत्किएकै छन
अशान्त आक्रान्त मेरी मातृभुमिको रक्षा गर्न
हातमा सनासो नटबल्टु बोकेर
हामी आँधी बनेर आउँदैछौं।
हामी सुधारको बाटो धाउँदैछौं
हामी विचारको आँधी बन्दैछौं।

सिटिजन एक्सन पार्टी सिक्किमले गत 9 फरवरी 2023 को दिन देशको राजधानी दिल्लीको जन्तर मन्तरमा एकदिने धर्ना प्रदर्शन  गर्यो। ...
12/02/2023

सिटिजन एक्सन पार्टी सिक्किमले गत 9 फरवरी 2023 को दिन देशको राजधानी दिल्लीको जन्तर मन्तरमा एकदिने धर्ना प्रदर्शन गर्यो। सिक्किमका पुराना कानुन यथावत जीवन्त रहनुपर्छ औ सिक्किममा बसोबास गर्ने नेपाली, भोटे ,लाप्चेको सिक्किमेपन सदैव बाँच्नुपर्छ भन्ने उदेश्यले यो धर्ना गरिएको थियो। आर्टिकल 371 - F को पुर्ण सुरक्षा हुनुपर्ने , छुटेका एघार नेपाली जातिलाई " एस टिको " मान्यता दिनुपर्ने ,नेपाली सिटको मान्यता हुनुपर्ने ,लिम्बू तामाङको सिट हुनुपर्ने तथा सिक्किम सब्जेक्टको सुरक्षा हुनुपर्ने विषयमा यो धर्ना डाकिएको थियो। धर्नामा सिक्किमे नेपाली नागरिक कदापी विदेशी नागरिक हुन् सक्तैनन् भन्दै माननीय सर्वोच्च अदालतको 13 जनवरी 2023 को कथनलाई 8 फरवरीमा सच्याएकोमा सर्वोच्च अदालत प्रति कृतज्ञता व्यक्त गर्यो।

यस धर्नामा राज्य र देशका प्रतिष्ठित संचारमाध्यम र संचार कर्मीहरुले प्रत्यक्ष परोक्ष यस कार्यक्रमलाई जीवन्त प्रशारण गरे जसको निमित्त सिटिजन एक्सन पार्टी हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ।

पार्टीले दिल्लीमा विभिन्न राष्ट्रिय राजनैतिक पार्टीका मुख्यालयमा,प्रधानमन्त्री कार्यलयमा,गृहमन्त्री मन्त्रालयमा,कानुन मन्त्री मन्त्रालयमा औ विविध तरिकाले आफ्नो मेमोरेन्डम बुझाउन सफल भएको छ जसमा सिक्किमका प्रमुख मुद्दाहरु सामेल छन जसको निम्ति भारत सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

पार्टीका प्रमुख संयोजक श्री गणेश कुमार राईको नेतृत्वमा पार्टीले देशका प्रतिष्ठित राजनेताहरु संग शिष्टचार भेट गर्यो जसको निम्ति सिटिजन एक्सन पार्टी हार्दिक कृतज्ञता व्यक्त गर्दछ। पार्टीले जन्तर मन्तर धर्ना कार्यक्रममा दिल्ली पुलिसले पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्दछ।

अन्ततोगत्वा ,सिक्किमबाट दुख कष्ट सहेर दिल्लीको धर्नामा सामेल हुने पार्टीका सम्पुर्ण प्रतिनिधि टोलीप्रति सिटिजन एक्सन पार्टी कृतार्थ रहेको छ।

हेमराज अधिकारी
सिटिजन एक्सन पार्टी- सिक्किम ।

सिटिजन एक्सन पार्टी सिक्किमले अहिले राजधानी दिल्लीमा सिक्किमे अस्तित्व र अस्मितालाई अक्षुण राख्ने उद्देश्यले आफ्नो उडान ...
07/02/2023

सिटिजन एक्सन पार्टी सिक्किमले अहिले राजधानी दिल्लीमा सिक्किमे अस्तित्व र अस्मितालाई अक्षुण राख्ने उद्देश्यले आफ्नो उडान भरिरहेछ। यो यात्रा राजनैतिक रोटी सेक्न आतुर भएको दुर्बल मानसिकताको उपज जरुर होइन ।हामी न त राज्य सरकारको विरोधमा छौं न त केन्द्र सरकारको।हामी कुनै राजनैतिक पार्टीको विरोधमा समेत छैनौं । हामी सिक्किमेको अस्तित्व धराशायी भएबापत सडकदेखि अदालत औ संसदसम्मको यात्रामा छौं ।हाम्रो आफ्नो महत्वाकांक्षी कुनैपनि योजना छैन। कसैले हामीलाई आक्षेप लगाउँछ भने त्यो उसको शिथिल मानसिकता हो।

सिक्किमका भोटिया लेप्चा औ नेपालीको आफ्नो पुर्ख्यौली थलो सिक्किम हो। सिक्किम अरु कसैको बाबुको बिर्ता र आमाको दाइजो होइन । यहाँका पवित्र नदि नाला,देवी देउराली,गुरुपद्द्म संभव र कञ्चनजंघा साक्षी छन । आजको दिनमा नेपाली जातिलाई सर्वोच्च न्यायलयको अत्याधेसले "विदेशी नागरिक " भनिनु दुर्भाग्यपूर्ण हो। हाम्रो आवाज भनेको सर्वोच्च न्यायाधीससम्म पुगोस भन्ने हामीलाई लागेको छ।यसैले दिल्लीमा आएर हामीले धर्ना गर्ने विमर्श गरेका हौं ।हाम्रो धर्नामा हाम्रा मुद्दा भनेको सिक्किमिज शब्द सिक्किमे भोटिया लेप्चा र नेपालीको पहिचान हो र यसमा छेड्खानी कहिल्यै पनि हुनुहुँदैन । सिक्किमे नेपालीहरु विदेशी नागरिक होइन।सिक्किमेको सिक्किम सब्जेक्ट प्रमाणपत्र अक्षुण रहनुपर्छ साथसाथै पुराना कानुन सुरक्षित रहनुपर्छ भन्ने हाम्रो माग हो।दिल्लीसम्म धर्ना गरिनुमा यसले राष्ट्रिय स्तरमा एउटा सकारात्मक सन्देश जान्छ औ देशका सम्पुर्ण जनगणमा सिक्किमिज सन्देश पुग्छ भन्ने हाम्रो आशय हो। विभिन्न राष्ट्रिय संचार माध्यमद्वारा पार्टीले यसको प्रत्यक्ष प्रसारण गर्नेछ।

सिक्किमका सम्पुर्ण युवा पिडी,बिद्यार्थी,कर्मचारी जो दिल्लीको आसपासमा बसोबास गर्छन औ जसलाई सुविधा हुन्छ सबैलाई उक्त धर्नामा सामेल भइदिने समेत पार्टीले आग्रह गर्दछ।आउनुहोस, हाम्रो अस्तित्व र अस्मिताको अभियानमा सबै सकारात्मक भएर सहभागी बनौं औ यसलाई केवल एउटा राजनैतिक पार्टीको एजेन्डा नठान्दै सम्पुर्ण नागरिकको एजेन्डा ठानौं भन्ने हामी आशा राख्दछौं।

-हेमराज अधिकारी
सिटिजन एक्सन पार्टी- सिक्किम ।

06/02/2023

सिटिजन एक्सन पार्टी- सिक्किम ,सिक्किमे भावी पिडिको आफ्नो पार्टी हो। पार्टीको स्थापना कालदेखिनै यस पार्टीले अत्यन्त गम्भीर बनेर सिक्किमको जातीय मुद्दा र अस्मिता माथि सरोकार राखेको छ।

06/02/2023

Welcome to my Official fecebook page.

Address

Tumin
Gangtok
737134

Website

Alerts

Be the first to know and let us send you an email when Hem Raj Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category