Shree Vrindavan Music Studio

Shree Vrindavan Music Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Vrindavan Music Studio, Music production studio, Shrestha Line, Chalouni Tea Garden, Matelli/, Doars.

Shree Vrindavan Music Studio is a professional recording and audio production studio in Dooars, West Bengal, located inside Guru Chhahari Ashram with a peaceful and spiritual creative environment.

डुवर्सको चिलाउने चियाबारीको माटो सङ्गीत र सिर्जनाको आधारमा हेर्ने हो भने साह्रै उर्वर छ , मलिलो छ।यो माटोमा यतिबेला यस्त...
19/08/2026

डुवर्सको चिलाउने चियाबारीको माटो सङ्गीत र सिर्जनाको आधारमा हेर्ने हो भने साह्रै उर्वर छ , मलिलो छ।यो माटोमा यतिबेला यस्ता सुरिला ,मीठा ,गाउने भाईहरु उम्रेका छन्, हुर्केका छन्।बबाल गाउछन्।उनीहरुलाई यही कुरा विश्वास दिलाउन गरिएको यो सानो पहल थियो।हिजो यिनीहरुले दमदार समूह गायनमा साथ दिएका छन् हामीलाई तीनवटा गीतहरुमा।

यो शुरुपात हो, बिस्तारै आफ्नै सिर्जना र आवाजहरुले नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो परिचय कनाउँछन् यिनीहरुले भन्नेमा दुईमत् छैन।

शुभ कामना भाई हो।हामी यसैगरी भेटिरहन्छौँ।

15/08/2026

८० औं स्वतनत्रता दिवसको हार्दिक शुभ कामना सम्पूर्ण भारतवासीमा।
जय हिन्द ✊
जय भारत ✊
बन्दे मातरम् ✊

यो देशको जन्मदेखि , स्वतन्त्रदेखि , आजसम्मको सुरक्षा र भक्तिमा हामी गोर्खाली थियौँ , छौँ, रहनेछौँ ।

यो देशको माटोले भन्छ , यो देशको ढुङ्गाले भन्छ
हाम्रोपनि रातो रगत यही बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ।

✊✊✊✊✊✊✊✊

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोलाई मनकारी , प्रेमिल अनि ठूलो मन भएका सामसिङ फारी वस्ती निवासी श्रद्धेय कम...
14/08/2026

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोलाई मनकारी , प्रेमिल अनि ठूलो मन भएका सामसिङ फारी वस्ती निवासी श्रद्धेय कमल गिरी काकाको तर्फबाट उपहार स्वरुप यो अर्ग्यानिक बिसाउने चौकी।हजुरलाई हामी गुरु छहारी परिवारको तर्फबाट हार्दिक धन्यवाद्।

जय श्री राधे श्याम।🙏🙏🙏

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोले अध्यात्म र सङ्गीतको यात्रा शुरु गरिसकेपनि साहित्यको यात्राको थालनी गर्न...
13/08/2026

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोले अध्यात्म र सङ्गीतको यात्रा शुरु गरिसकेपनि साहित्यको यात्राको थालनी गर्न भने बाँकी नै थियो।अब पालो आयो। ३५ औं नेपाली भाषा मान्यता दिवसको शुभ अवसरमा यी दुई होनहार ( कवि मनोज बोगटी अनि जनगायक प्रसिद्ध राई) स्रष्टाहरुका साथ र उनीहरुका सिर्जनाहरुका साथमा रमाएर , डुबेर यो यात्राको शुभारम्भ गर्दैछौँ।भ्याउने जति उपस्थित भईदिन हुन आग्रह गर्दछौँ।सबै जानकारी पोस्टरमा रहेको छ हस्।😍

अजर अमर स्रष्टा स्व.अशोक राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै , वहाँको आत्माको चिर शान्तिको कामना गर्दै हिजो गुरु छहारी एवम...
13/08/2026

अजर अमर स्रष्टा स्व.अशोक राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै , वहाँको आत्माको चिर शान्तिको कामना गर्दै हिजो गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियो साप्ताहिक भजन उनैप्रति समर्पण गरियो।

05/08/2026

श्री कृष्ण गोविन्द हरे मुरारी
हे नाथ नारायण बासुदेव

भजनानन्द 🙏🙏

जय श्री राधे श्याम।

Address

Shrestha Line, Chalouni Tea Garden, Matelli/
Doars
735223

Alerts

Be the first to know and let us send you an email when Shree Vrindavan Music Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share