20/05/2026
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा डोकोमा काफल बेच्दै आफ्नो जीवन गुजारा चलाइरहेकी एक महिलामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्दछु । गरिबी, संघर्ष र मेहनतलाई सम्मान गर्नुको सट्टा नगर प्रहरीले गरेको व्यवहारले मानवता नै लज्जित भएको महसुस भएको छ। ती महिलाको काफल पोखिए, उनको दुःख पोखियो, अनि राज्यप्रतिको भरोसा पनि कमजोर बन्यो । सडकमा पसिना बगाएर आफ्नो पेट पाल्ने नागरिकमाथि दमन होइन, संरक्षण र सम्मान हुनुपर्छ। कानुन कार्यान्वयन गर्ने निकायले मानवीय संवेदनशीलता गुमाउनु हुँदैन। यस्तो व्यवहार कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरोस् । मेहनत गरेर बाँच्न खोज्ने नागरिकको आत्मसम्मानमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । यसरी गुजरा चलाइरहेका मानिसहरूलाई सम्बन्धीत निकायले राम्रोसँग व्यवसाय गर्ने प्रबन्ध मिलाउनुपर्छ ।
#मानवतामाथिहिंसा #काफलबेच्नेआमाकोसम्मान