Dooars Arts Hub

Dooars Arts Hub A page that explores art in its various forms.

05/06/2025
उरमाल-को कभर सार्वजनिक, बुकलेट-मार्फत नयाँ पीड़िलाई जोड़्नेसिलिगुड़ी। चर्चित उपन्यास 'फातसुङ' आएको पाँच सालपछि छुदेन काव...
21/12/2024

उरमाल-को कभर सार्वजनिक, बुकलेट-मार्फत नयाँ पीड़िलाई जोड़्ने

सिलिगुड़ी। चर्चित उपन्यास 'फातसुङ' आएको पाँच सालपछि छुदेन काविमोको नयाँ उपन्यास 'उरमाल' जनवरी 2025 मा सार्वजनिक हुँदैछ। अर्को महीना आउने किताबको कभर र बुकलेट आज सालबारी स्थित ट्वीन्स क्याफेमा सार्वजनिक गरिएको थियो। नेपालमा फाइन प्रिन्ट र इन्डियामा इन्कवेलले प्रकाशित गरिरहेको उक्त उपन्यासमा चिया उमार्नेहरूको कथा रहेको छ। लेखक काविमो भन्छन्, ‘जुन चिया पिएर तपाईँ दिनको सुरूवात गर्नुहुन्छ नि, उरमाल त्यही चिया उमार्नेहरूको कथा हो। यसैले यो तपाईँको पनि कथा हो।’

सालबारीमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ लेखक मोहन ठकुरी, ज्ञानेन्द्र खतिवड़ा, लेखा राई र लेखक काविमोको हातबाट आज कभर सार्वजनिक गरिएको थियो। पुस्तकको कभरसंगै उपन्यासको एउटा अंश र लेखकको अन्तरवार्ता समेटिएको बुकलेट पनि सो अवधि उपस्थित साहित्यिक व्यक्तित्वहरुको हातबाट सार्वजनिक गरिएको थियो। सो अवधि 'फातसुङदेखि उरमालसम्म' - भन्ने शिर्षकमा लेखक काविमो, प्रकाशक छेवाङ योञ्जन र सूरज रोसूरीबीच संवाद पनि सम्पन्न भयो। सो अवधि प्रकाशकले किताबको बुकलेट ल्याउनुको उद्देश्यबारे लेखक काविमोले भने, ‘फातसुङको माध्यमबाट धेरैले नेपाली किताब पहिलोचोटि पढेको खबर सुनेको थिएँ। त्यो सुन्दा आफैलाई रमाइलो लागेको थियो। फातसुङलाई पहिलोचोटि पढ्नेहरूलाई म यहाँबाट पनि आह्वान गर्छु, तपैहरूले थप नयाँ दुईजनालाई उरमाल पढ्न सुझाइदिनु भए म सब भन्दा धेर खुशी हुनेछु। बुकलेट बिशेष रूपले पहिलोचोटि नेपाली पढ्न चाहने वा कलेजका विद्यार्थूहरूसम्म पुगोस्, भन्ने इच्छा हो। यसको निम्ति इन्कवेल टीमले निश्चय काम गर्ला।’ उनले यसचोटिको उपन्यासमा डुवर्स केन्द्रित चियाबारीभित्रको आदिवासी र नेपालीहरूको जीवन र उनीहरूको कथा समेटिएको बताएका छन्। उपन्यासको रिसर्च अवधि लामोसमयसम्म सहयोग गर्ने डुवर्सका हरेक सदस्यप्रति पनि उनले आभार व्यक्त गरेका छन्।
यता प्रकाशक सुरज रोसरीले प्रकाशन क्षेत्रमा नयाँ तकनिक भित्रिएको बारे प्रकाश पारेका थिए। उनले भने, साहित्यलाई स्तरीय बनाउनु हो भने प्रकाशकहरूको भूमिका महत्त्वपूर्ण रहँदो रहेछ। फातसुङको काम गर्दा हामीले धेरावटा तकनिकी नयाँ कुराहरू पायौँ। सर्जकले पाण्डुलिपि लिएर आएपछि, त्यो पढेर चाहिँदो सुझाव दिनु, सुझाव अनुसार लेखकले रिराइट गर्नु, बारम्बार पुनरालेखनको अभ्यास जस्ता थुप्रै खुड्किलो पार गरेर राम्रो किताब तयार हुँदो रहेछ। फातसुङ त्यसरी तयार भएको हो।' उनले युवा सर्जकहरूलाई आख्यान लेखनमा कलम चलाउने सुझाव दिएका छन्।
यता छेवाङ योञ्जनले किताब बजारबारे टिप्पणी गरेका थिए। राम्रो किताब पाठकले खोजी खोजी पढ्ने गरेको बताउँदै उनले भने "आजको पाठक सचेत छन्। किताबको कभर हेरेरै कन्टेन पत्तो लगाउने खालका छन्। लेखकको मेहनत किताबमा झल्किन जरुरी छ। हामीसँग आनलाइनमा हजारौँ नेपाली पाठकहरू जुडेका छन्। अनलाइनमा आएका पाठकहरू किताब पढ्न भनेरै आएका हुन्छन्। तर पाठकहरूको चासो अनुसारको आख्यान खासै नआएको हो कि?"
उरमालको पाण्डुलिपि हेरेपछिको अनुभव शेयर गर्दै उनले भने, "उरमालले उठाएको मुद्दा गम्भीर छ। प्रस्तुति रोचक छ। यसको प्रस्तुती, गम्भीर्यता, लेखन शैली र सौन्दर्यले नेपाली पाठकलाई नयाँ मिठास दिनेछ।" १८ जनवरीदेखि नेपाल अनि २६ जनवरीबाट भारतीय पाठकको हातमा पुग्ने उरमालको अघिबाटै अंग्रेजी र बंगला अनुवाद सुरु भइसकेको छ।

12/10/2024
30/10/2023

Narayan Gahatraj from Dooars, India Perfoming on the stage of EUTAI PIRATI

30/08/2021

"Timro mayale badhera rakha - Ashmita adhikari" Cover by Amrita Biswakarma

Urgen Lopchan lama  from kalchini an amazing singer came up with his another hindi cover song "Ek pyar ka nagma hain"Che...
02/08/2021

Urgen Lopchan lama from kalchini an amazing singer came up with his another hindi cover song "Ek pyar ka nagma hain"

Check it out: https://youtu.be/HiHSMc7Crz4

Please do listen and support our local talents.

Hey guy..! this is my first cover song - "EK PYAR KA NAGMA HAI" ❤️It is a soulful evergreen classic song.This is a song that calls for quiet contemplation....

01/05/2021

Jenish rai Vs Arman lama Battle round of
The voice of nepal season - 3.

Catch this talented singer at 7 P.M tomorrow
30/04/2021

Catch this talented singer at 7 P.M tomorrow

20/08/2020

हामी डुवर्स आर्ट हब परिवारको तर्फ बाट
सम्पूर्ण भाषा प्रेमी साथै गोरखा परिवारलाई नेपाली भाषा मान्याता दिवसको हार्दिक सुभकामना टक्र्याउँदछौ।।

Address

Birpara

Website

Alerts

Be the first to know and let us send you an email when Dooars Arts Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share