Nepal Film Society UK

Nepal Film Society UK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Film Society UK, Arts and entertainment, aldershot, Aldershot.

Nepali सिनेमाको ग्लोबल यात्रा नै हाम्रो भविष्यको दिशा हो। भविष्यमा फिल्म प्रदर्शन, फेस्टिभल, कार्यशाला, अन्तर्राष्ट्रिय सहकार्य, र समुदाय–केन्द्रित कार्यक्रमहरूमार्फत नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य छ।

नयाँ बर्ष 2024 AD नयाँ जोश, जाँगर, नयाँ खुशी उमंग, नयाँ सोच र संकल्प लिएर आवोस सबैमा। नराम्रा बिचार, रिस, राग, बैरभाव हट...
31/12/2023

नयाँ बर्ष 2024 AD नयाँ जोश, जाँगर, नयाँ खुशी उमंग, नयाँ सोच र संकल्प लिएर आवोस सबैमा। नराम्रा बिचार, रिस, राग, बैरभाव हटोस् सबैमा। दया, प्रेम, सेवा, सद्भाव, शान्ति अमनचैन बनि राखोस सबैमा। सबैको जय होस। Happy New Year 2024 AD Everyone.🎉💐❣🎈👏 Nepal Film Society UK

14/11/2022
14/11/2022

नेपाली चलचित्र ‘लक्का जवान’ नोभेम्बर १२ शनिबारका दिन लण्डनमा प्रदर्शन भएको छ ।  South Harrow को Goldenship restaurant मा पहिलो शो सम्पन...

09/11/2022
नेपाल फिल्म सोसाइटी युके  सम्पूर्ण Team लाई नमस्कार, हार्दिक स्वागत तथा शुभकामना छ। यस संघको दायरामा बसि हामि सबै Team आ...
19/03/2021

नेपाल फिल्म सोसाइटी युके सम्पूर्ण Team लाई नमस्कार, हार्दिक स्वागत तथा शुभकामना छ। यस संघको दायरामा बसि हामि सबै Team आ-आफ्नो दक्षताले भ्याएसम्मको जिम्मेवारीलाई महसुस गरि यस संगठनलाई सहि र उपलब्धिमुलक दिशातिर उन्मुख गराउन आ-आफ्नो तर्फ बाट सक्दो योगदान दिनेछौ, आवश्यक सुझावहरु आदानप्रदान गर्नेछौ।

यो समूह बन्नु वा अगाडि बढ्नु भनेको हाम्रो विचार मिल्नु हो र कार्यान्वनमा हाम्रो एकरुपता हुनु हो। संगठनलाई मजबुत बनाउन हामि एक आपससँग जोडिएर कुनै काममा फत्ते हासिल गर्नु भनेको समाजको सहि चित्रणलाई हाम्रो धैर्यताले देखाउनु हो! जस्को लागि एक आपसको साथ सहयोग र समर्थन लगायत हौसला हुनुपर्छ भन्ने मेरो मान्यता छ। तपाईंहरुको साथ सहयोग र सहकार्य गर्न पाउनु मेरो सौभाग्यको कुरा हो र म मेरो टिम देखि ज्यादै खुशी छु।

नेपाल फिल्म सोसाइटी युके एक बहुमुल्य रत्न सावित होस् यो हाम्रो प्रयास रहनेछ। त्यसको लागि हाम्रो सोच, दुरदर्शिता अनि योजनाहरु को आबश्यक पर्छ। "बिस्तारै हिडौं मिलेरै पुगौं" भन्ने सकारात्मक सोचले हाम्रो संघ लाइ
मजबुत बनाई अगाडि बढ्ने ईच्छा हामीमा जाँगी सकेपछि सामुहिक बलमा शक्ति छ भन्ने सोचबाट अगाडी बढनु पर्छ।

हाम्रो संगठनको विकास र प्रबर्द्धनका लागि म केही प्रावधान हरुको खोजीमा छु। यस संगठन विकासका लागि यस क्षेत्रमा निपुण अनि विशेषज्ञ हरुको सल्लाह सुझावको सधै खाचो रहनेछ! तपाईंहरुमा भएका अनुभव खुबी प्रतिभा र उर्जा हरु यस संगठन यात्राका लाई गहन सम्पत्ति हुनेछन्! तपाइँ हरूको साथ र सहयोग अनि हौसला र विश्वासले हाम्रो संघ लाई नयाँ उच्चाईमा पुर्‍याउन मद्दत मिल्नेछ।

हामी शब्दमा होईन् व्यवहारमा सफल देखाउन यहाँ संगठित भएका छौं। आशा गरौं कि हामी एक जुट एक भएरै संगठनको लागि सुरक्षित, व्यवस्थित चौडा अनि फराकिलो बाटो बनाउन सफल हुनेछौ! तपाईं हामी सबै यस संगठनका अनमोल सम्पत्ति हौं र यसको परिचालनको लागि सबैले केहि अद्भुत समय जुटाउनेछौ भन्ने पुर्ण विश्वासका साथ फेरि एक पटक सम्पूर्ण कार्यकारी र सल्लाहकार टिम लाइ हार्दिक स्वागत तथा आभार व्यक्त गर्दछु। मलाई सदा सामुहिक प्रतिक्रिया हरु सुन्न मन पर्छ। केहि जिज्ञासा भए यहाँ राख्नु होला!

बेलायत मा कोहि त्यस्तो व्यक्ति हुनुहुन्छ जो मन र रुचि हुँदा नि छुट्नु भएको छ भने कृपया हामीसँग आउनुहोस् जोडिनुहोस्, आफुलाइ केहि भन्न, केहि सल्लाह सुझाव राख्न मन भए राख्नुहोस! आफुहरुसँग भएका रचनात्मक या कुनै शन्देशमुलक, प्रेरणादायी
लुकेका प्रतिभाहरु साझा गर्नुहोस! यस संघमा खुशीका साथ उत्साहित भई कोहि जोडिन चाहे त्यो हाम्रो लागि गर्व र खुशीका कुरा हुनेछन्। किनकि यो संगठन हामी एक अर्कोमा मजबुत हुन, चिनिन, जोडिन नै स्थापित भएको हो। हामी सँग तपाई पनि जोडिन सक्नु हुन्छ।

धन्यबाद, अध्यक्ष; नेपाल फिल्म सोसाइटी युके

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना👏🎉🎊💐
30/01/2021

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना👏🎉🎊💐

स्कटनेपाल, नेपाल फिल्म सोसाइटी युके को अन्तर्राष्ट्रिय संयोजक मा नेपाल बाट राजेन्द्र भट्ट ज्यु चयन हुनुभएको मा व...

20/12/2020

काठमाडौँ – नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके श...

बेलायतमा जन्मियो ‘नेपाल फिल्म सोसाइटी’ को यूके शाखा, कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भए...
19/12/2020

बेलायतमा जन्मियो ‘नेपाल फिल्म सोसाइटी’ को यूके शाखा,
कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेक रहनु भएको छ।

सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ चयन हुनु भएको छ।

Get the representation and exposure you deserve!

Address

Aldershot
Aldershot
GU124RE

Alerts

Be the first to know and let us send you an email when Nepal Film Society UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepal Film Society UK:

Share