28/08/2022
Jagoo mongol
झापा, आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन को निमित्त मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाले ऊम्मेदवारी छनोट कार्य सम्पन्न गरेको छ। झापाको धुलाबारीमा बसेको उक्त बैठकमा मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाको अध्यक्ष बानिरा मेचेको सभाध्यक्षमा बसेको थियो ऊक्त उम्मेदवारी छनोट बैठकमा मंगोल नेशनल अर्गनाइजेसनको प्रेसिडेण्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता रहेको थियो।भने मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
झापा जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ भने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरेर जम्मा १५ वटा निर्वाचन क्षेत्र रहेको छ।१५ निर्वाचन क्षेत्र मध्येमा मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्लाले १४ वटा निर्वाचन क्षेत्रमा सर्वसहमतिले उम्मेदवारी टुङ्गो लगाएको छ।उक्त बैठकमा MNO केन्द्रीय सचिब सन्तोष तामाङ्ले अबको निर्वाचनमा अनुभव मुखि मात्र नभएर परिनाम मुखी बनाउनु पर्नेमा जोड दिनु भएको थियो।२१ औ शताब्दीमा नेपालको मुलबासी मंगोल नेताहरुले बिगतको निर्वाचनहरु बाट प्राप्त गरेको अनुभवहरुबाट परिणाममा बदल्नु पर्नेमा जोड् दिनुभएको थियो। मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्लाले नगर सभा, गाउँ सभा,वडा सभा र टोल सभा सम्पन्न गरिसकेको कारण अबको निर्वाचनमा परिणाम निकाल्नै पर्ने तव मात्र फाउण्डर प्रेसिडेण्ट अमर ड.गोपाल गुरुङको सपना र उत्पिडित मुलबासी मंगोलहरु को अस्तित्व र अधिकार सुख जिबन पुरा गर्न सकिने बताउनुभएको थियो। उक्त बैठकले झापा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा सन्तोष तामाङ् प्रदेश सभा सदस्य ‘क’ मा सागर राइ र प्रदेश सभा ‘ख’ मा मोहन सिंह लिम्बुलाइ सर्वसहमतिले चैन गरेको छ। यसैगरी प्रतिनिधि सभा सदस्यको लागि झापा क्षेत्र नं: २ बाट प्रतिनिधि सभा सदस्यमा अक्कल तामाङ प्रदेश सभा ‘क’देव नारायण धिमाल र ‘ख’ मा मंगल सिंह लिम्बु,झापा क्षेत्र नं:३ प्रतिनिधि सभा सदस्यको लागि श्याम लिम्बु र प्रदेश सभा ‘क’ लासिम्हाङ् लिम्बु र प्रदेश सभा ‘ख’ मा यम् कुमार श्रेष्ठ रहेको छ भने क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यको लागि दिलिप धिमाल रहेको छ,दिलिप धिमाल मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय प्रवक्ता समेत हुन्, प्रदेश सभा ‘क’ मा भरत राइ र प्रदेश सभा ‘ख’ मा भने टुंगो लगाउन सकेको छैन।यसै गरि झापा क्षेत्र नं:५ को प्रतिनिधि सभा सदस्यमा सान बहादुर मेचे रहेका छन् भने यसै क्षेत्रको प्रदेश सभा सदस्य उम्मेदवार ‘क’ मा राजेन्द्र चेमजोङ र प्रदेश सभा सदस्य ‘ख’ मा रामलाल राइ ज्यु लाइ सर्वसहमतिले उम्मेदवारी टुङ्गो लगाएको छ। उक्त बैठकमा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसनको प्रेसिडेण्ट बुद्ध लाल मेचे ज्युले निर्वाचन मा हिन्दु आर्य ब्राह्मणबादि राजनितिक दलहरुको सड्यन्त्र हुन्छ उक्त सड्यन्त्रलाइ परास्त गर्न मुलबासी मंगोलहरुलाइ एकजुट बनाउदै लैजानु पर्ने कर्तब्य रहेको बिचार राख्दै नेपाली राजनीति र विश्व राजनीतिमा घटिरहेको घड्नसक्रमरुको बिषयमा जानकारि दिनु भयो र सभा अध्यक्षले चैन गरेका उम्मेदवारहरुलाइ बिजयीको अग्रिम शुभकामना सहित उक्त कार्यक्रम सम्पन्न भएको थियो।