Cane multivision inc

Cane multivision inc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cane multivision inc, Arts and entertainment, 17A Hillcrest Avenue, Brampton, ON.

Film shoo in Canada with Director, Producer,Actor .
11/15/2023

Film shoo in Canada with Director, Producer,Actor .

11/10/2023
Niku Japanese restaurant Niagarafalls,Anurag choice.
07/23/2023

Niku Japanese restaurant Niagarafalls,Anurag choice.

04/26/2023

My febtate friend Mr.cavin singing

04/26/2023

My febrate singer mr.cavin.

Happy New years 2080
04/14/2023

Happy New years 2080

12/01/2019

. बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

04/20/2019

आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा व्यक्त गरिएको छ।

03/27/2018

काठमाडौँ — म काठमाडौं उत्रिए, सेनी’ प्राणप्यारी सेनीलाई यो सन्देश सुनाउन टेकबहादुर राकासकोटीलाई लगातार १७ वर्षका दिनरातहरू पार गर्नुपर्‍यो । यो एक वाक्य फुटाउनै गलामा गाँस अड्किएजस्तो भइरहेको थियो । साउदी अरेबिया, हाफल वातेनको मरुभूमिमा ‘मरिएला–मरिएला’ जस्तो स्थितिमा बसिरहेका बेला उनी हरपल सोच्ने गर्थे, ‘आफ्नो देश उत्रिएर मेरी सेनीसँग कुरा गर्ने दिन कहिले आउला ?’

त्यो सपना जपना पूरा गर्ने दुर्लभ साइत थियो— २०७४ फागुन १७ गते मंगलबार राति १० बजे । त्रिभुवन विमानस्थलमा लिन आइपुगेका भिनाजु शेषबहादुर रानाको मोबाइलबाट टेकबहादुरले सेनीसँग दुई मिनेट मात्रै मुस्किलले बोले, ‘म नेपाल आइसकें । हामीलाई विछोड गराएर भगवान्ले ठूलै परीक्षा लिए । तिम्रो तपस्याले हाम्रो मिलन निश्चित भयो । म भोलि/पर्सि नै गाउँ आइपुग्छु ।’

राजधानी रियादबाट हवाइजहाज चढेर फुत्त नेपाल उत्रिएजस्तो सहज यात्रा टेकबहादुर राकासकोटीको थिएन । रियाद विमानस्थलसम्म पुग्न उनले गरेको संघर्ष एक पटकमा बेलीविस्तार लगाएर सकिंदैन । ‘मैले मरुभूमिमा पाएका दु:खहरू जस्ताको तस्तै भन्न कहिल्यै सक्दिनँ, कम्तीमा यो जुनीमा बखान गरेरै सकिन्न,’ साला टेकबहादुर भिनाजु शेषबहादुरसँग भनिरहेका थिए ।
***

गुल्मी जाने दिन होलीले काठमाडौं रङ्गिएको थियो । दिउँसो ३ बजे गोंगबु बसपार्कबाट गुल्मी जाने बस छुट्थ्यो । सिङ्गो बसमा मलेसिया र दुबईबाट बिदामा आएकाहरू थिए । टेकबहादुरले ल्याएको स्मार्ट टीभी बसभित्र (आफूसँगै) राखियो, लगेज र ब्लाङ्केटलाई बसको डिकीमा राखियो ।

‘साउदीमा के गर्नुहुन्थ्यो त दाइ,’ दुबईबाट फर्केकाले टेकबहादुरलाई सोधे ।

‘८ वर्षसम्म भेडाबाख्रा चराएँ । त्यसपछि ऊँट हेर्नुपर्‍यो,’ टेकबहादुरले भने, ‘म त १७ वर्षपछि नेपाल आउँदै छु ।’

‘१७ वर्ष…’, उनका कुरा सुनिरहेका अर्का यात्रु अचम्म परे, ‘ओहो, एउटा जुगै पो बिताउनुभएछ ।’

२०५८ साउन १८ गते गोल्डेन इन्टरनेसनल म्यानपावरबाट साउदी जाँदा टेकबहादुर भर्खरै २३ वर्षे ठिटो थिए । त्यतिखेर काठमाडौंबाट गल्फ एयर चल्थ्यो । गल्फले दुबई–बहराइन हँुदै साउदीको दमाम पुर्‍यायो । तीन घण्टाको पर्खाइपछि विमानस्थलमा लिन साउदी नागरिक आइपुगे । पानी ट्यांकरमा चढाएर सीधै मरुभूमिमा रहेको भेडीगोठमा पुर्‍याए । तर, ती ‘मालिक’ होइन रहेछन् । ती त घरेलु ड्राइभर, चिया पकाउने, माली र भेडाबाख्रा हेर्ने गोठाला ल्याएर साउदी नागरिकलाई बेच्ने एजेन्ट पो रहेछन् । तिनले ३ दिनसम्म आफ्नै गोठमा राखेर अर्को मालिकलाई जिम्मा लगाएर टेकबहादुरलाई कता हो कता पठाए । पछि थाहा लाग्यो— त्यो त इराक बोर्डर छेउमा पर्ने मरुभूमि रहेछ, अनकन्टार र दिशाहीन ।
गोंगबुबाट बस गुडिसकेका थिएनन् । यात्रुमाझ टेकबहादुर परिचित भइसकेका थिए । उनका हरेक शब्द चासोपूर्वक सुन्नेहरू थुप्रै थिए ।

‘मरुभूमिको जीवन कस्तो भयो ?’ बस चालक नजिकै आएर सोधे ।

उनी यात्रुहरूसँग बिस्तारै खुल्दै गए । आफूले पाएका दु:खका पोकाहरू खोल्दै गए ।

‘ऊँट र बाख्राका छुट्टाछुट्टै गोठ थिए । मसँगै गएका पोखराका पूर्ण दाइलाई उँmटमा पठाइदिए । उनको गोठ अलि टाढै थियो । मेरो भागमा एक हजार बाख्रा र भेडा थिए । साथमा एउटा बंगाली साथी थियो । ऊ अलिअलि हिन्दी बोल्थ्यो । उसैबाट मैले अरबी सिकें । ऊसँगै चार वर्ष बिताएँ ।’

टेकबहादुर एकोहोरो बोलिरहेका थिए, ‘भेडा–बाख्रा राख्न कुनै गोठ थिएन, खुला ठाउँमा छाडिदिनुपथ्र्याे । लोभी मालिकले दाना मात्रै खुवाउनु ठीक हुँदैन भनेर घाँसै नभएको मरुभूमिमा भेडा–बाख्रा लिएर चरनमा जान अह्राउँथ्यो ।’

मरुभूमिमा टेकबहादुरको आफ्नो भन्नु एउटा गधा थियो । बाख्रा चराउन गएका बेला उनी गधालाई कम्मल, त्रिपाल, पिठो, चामल, दाल बोकाउँथे । सुकेका मसिना दाउरा, सुकेका ऊँटका गोबरका गुइँठा संकलन गर्दै हिँड्थे । जहाँ पुग्दा रात पथ्र्याे, त्यहीं बास बस्थे । साथमा बोकेका गुइँठा र दाउरामा खाना पाक्थ्यो । सुक्खा याममा बाख्राको दूधमा पीठो मिसाएर खान्थे । पानी परेको बेला मरुभूमिमा अमिलो सागजस्तो घाँस उम्रिन्थ्यो । कतै च्याउहरू पनि भेटिन्थ्यो ।

बंगाली आफूजस्तै गोठालो भए पनि आफूलाई साउदीपछिको ‘मालिक’ भन्ठान्थ्यो । शत्रु वा मित्रु भन्नु उही मात्रै थियो । मालिकले सबै काम र रखबारीका लागि बंगालीलाई आदेश दिन्थे । दिनभर सँगै हिंड्दा पनि बेलुका खाना बनाएर खुवाउने ड्युटी भने टेकबहादुरकै हुन्थ्यो । ‘हामीसँग पानी थोरै हुन्थ्यो । मलाई बढी तिर्खा लाग्थ्यो । मैले बोकेको पानी छिट्टै सकिन्थ्यो । म बंगालीले बोकेको बोतलको पानी पिइदिन्थेँ,’ उनले भने, ‘बंगाली रिसले आगो भएर एक–दुई चट्कन लगाउँदा पनि चुपै बस्थें । तिर्खाएका बेला मसँग अरू उपाय पनि थिएन ।’

दिशाहीन मरुभूमिमा कहिले आँधी चल्थ्यो, कहिले मुसलधारे वर्षा । पानी पर्दा बाख्रा बीचमा आफैं उभिएर बस्दा बाख्राहरू कतै जाँदैनथे । आँधी आउँदा भने कता भाग्थे, भाग्थे । बाख्राहरू बेपत्तै हुन्थे । हिंडेर कता खोज्न जाने ? त्यस्तो विपत्मा मालिक नआइन्जेल त्यही विन्दुमा बसिरहनुपथ्र्यो । कतबाट हो, हुर्रिएर मालिक आइपुग्थे । ‘टाउकोमा बाँध्ने टोपको डोरी र लौरो ताकेर यसरी मलाई सोड्क्याउँथे कि आँधी–तुफान आउनु, मुसलधारे पानी पर्नु र त्यो पानी रोक्न नसक्नु मेरै दोषजस्तै हुन्थ्यो । त्यति मात्रै होइन बिरामी परेर वा सर्पले टोकेर बाख्रा मर्नु, स्यालले पाठा खाइदिनुको दोष पनि मैमाथि लाग्थ्यो । अनि साहुको पिटाइ खेप्नुको विकल्पै थिएन ।’
***

साउदी जानुअघि टेकबहादुरकी श्रीमती सुत्केरी थिइन् । छोरो तीन महिनाको मात्रै थियो । जोडा बनेर उनीहरूले डेढ वर्ष मात्रै सँगै बिताएका थिए । धनकुमारीसँग प्रेम विवाह भएको थियो । ‘मेरो खेत नजिकै उनको खेत थियो । खेतमा घाँसपात गर्न उनी आउँथिन्,’ थानकोटबाट नौबिसेतर्फ बस ओरोलो लाग्न थालेपछि उनले आफ्नो प्रेम प्रसंग निकाले, ‘हामी छुटिन नसक्ने भयौं । मैले श्रीमतीको आमालाई गएर माग्दा वैशाखसम्म पर्खन भने । पर्खन सक्ने अवस्थामा म भइनँ । उनलाई भगाएरै घर भित्र्याएँ ।’

टेकबहादुरले मायाको बोलीमा धनकुमारीलाई ‘सेनी’ भनेर बोलाउँथे । मरुभूमि छिरेको आठ वर्षसम्म टेकबहादुरले प्रिय सेनीसँग एकै वचन पनि बोल्न पाएनन् । जम्मा ३ पटक मात्रै चिठीपत्र आदानप्रदान भयो । पहिलो पटक गाउँबाट चिठी आउँदा सेनीले आफू र काखे छोरोको फोटो पठाइदिएकी थिइन् । ‘हाम्रो गोठमा पानी लिएर ड्राइभर आउँथे । उसलाई चिठी लेखेर म दिन्थें । हाफल वातेन सहरमा रहेको हुलाक मार्फत नेपाल पठाएको चिठीको जवाफ ६/७ महिनापछि पाउँथे । गाउँबाट चिठी आउँदा ठूलै युद्ध जितेजस्तो लाग्थ्यो । मेरी सेनी मरुभूमिमै मलाई खोज्दै आएजस्तो लाग्थ्यो,’ टेकबहादुर मरुभूमिका दिनरात सम्झिरहेका थिए, ‘त्यो चिठीमा साँच्चिकै शक्ति हुन्थ्यो । हरेक शब्दले शरीर तरंगित पाथ्र्यो, मरुभूमिका सारा पीडाहरू कता भाग्थे–भाग्थे ।’

चौथो पटक लेखिएको चिठी ड्राइभरले हुलाक पोस्ट गरिदिएन, उल्टै दु:खद सूचना लिएर आयो, ‘हुलाक बन्द भएछ ।’

त्यहाँबाट टेकबहादुरले प्रिय सेनीलाई आफ्नो खबर कहिल्यै पठाउन पाएनन् । सेनीले लेख्ने गाउँघरका खबर पनि पाउनै सकेनन् । पुराना चिठी पढेरै उनी मन भुलाउँथे । साथमा त्यही एउटा फोटो थियो— प्रिय सेनी र काखे छोराको ।

साउदी आउँदा टेकबहादुरले बिरबास डाँडाको टेलिफोन नम्बर बोकेका थिए । उनले थुप्रै पटक सहर गएर टेलिफोन गर्न आँट पनि गरिहेरे । मालिकको अनुमतिबिना एक पाइला सार्न सकिने स्थिति थिएन । झन्डै ८ वर्षपछि मालिकले काम अह्राउन र आफ्ना भेडा–बाख्राको खबर थाहा पाउन मोबाइल ल्याइदिए । मोबाइल किनेको खर्च तलबबाट काटियो । त्यो मोबाइलमा मालिकको मात्रै फोन आउँथ्यो । आफूले फोन गर्न ब्यालेन्स हुँदैन्थ्यो । एउटा दयालु साउदीले रिचार्ज कार्ड दिएपछि वर्षौंपछि बिरबासको टेलिफोनमा उनले खबर मात्रै छाडे, ‘म सकुशल छु ।’

मोबाइलको ब्याट्री चार्ज गर्नका लागि जेनेटर चल्ने गोठ खोज्दै जानुपथ्र्याे । त्यस्तो गोठ नजिक थिएन । रिचार्ज पाउनासाथ गाउँमा सम्पर्क गरिहाल्थे । घर नजिकैको नम्बर उनले पत्ता लगाए । त्यसपछि श्रीमतीसँग बल्ल दोहोरो संवाद भयो । ‘मलाई घर आउन दिएको छैन,’ श्रीमतीलाई आफ्नो बाध्यता सुनाए, ‘मालिकले अर्को मान्छे ल्याउनासाथ पठाइदिन्छु भनेको छ । मलाई पर्खी बस है ।’

त्यस्तै ४–५ महिनाको अन्तरमा एक/दुई मिनेट जति कुरा हुन्थ्यो ।

‘घरमा अति जरुरी काम परेको बेला मात्रै सेनीले नेपालबाटै फोन गर्दा कुराकानी हुन्थ्यो,’ उनले भने, ‘फोन गर्न मसँग ब्यालेन्स हुन्नथ्यो ।’

***

संयोग के भने मुग्लिनमा त्यस साँझ जाम थिएन । राति ९ बजे खानाको लागि नवलपरासीको बर्दघाटमा गाडी रोकियो । टेकबहादुर सादा खाना लिएर टेबुलमा बसे । दायाँपट्टिको सिटमा बस्ने एक अधबैंसे युवकसँगै आएर बसे । भातको गाँस मुखमा पुगिनसक्दै ती युवकले प्रश्न गरे, ‘दाइ त्यो मरुभूमिबाट निस्कन कसरी सक्नुभएन ?’

‘नयाँ मान्छे आउनासाथ पठाइदिउँला भन्थ्यो । पर्खेर बसें । ६ वर्षसम्म नपठादिएपछि भेडा–बाख्राको बथान छाडेर म निस्किएँ, रातभर हिँडेर मुख्य सडकमा आइपुगेको थिएँ । बाटोमा भेटिएका सुडानी ड्राइभरले १० रियाल लिंदै प्रहरी स्टेसनमा ल्याएर छाडिदिए । प्रहरी स्टेसनमा रातभरि बस्दा कसैले वास्ता गरेन । बाहिर काम गर्न जा भनेर उल्टै स्टेसनबाट बाहिर धकेलिदिए । खोज्दै जाँदा स्कुलमा काम गर्ने नेपालीको क्याम्पमा पुगें । त्यहाँ १५ दिनसम्म राखे । फेरि काम खोज्दै हिंड्दा अर्का प्रहरीले पक्राउ गरेर जेलमा हाल्यो । अब घर जान पाइन्छ भनेर मक्ख परेको थिएँ । जेलभित्र दुई हप्ता बस्दा मलाई मुस्लिम बन्न लगाइयो । नमाज पढ्न लगाइयो । म भने घर फिर्नका लागि जेजस्तै सर्त मान्न पनि तयार
भएको थिएँ ।’

खानाको गाँस रोक्दै टेकबहादुर भनिरहेका थिए, ‘पक्का मुस्लिम बन्न लिङ्गको टुप्पो काट्नुपर्ने रहेछ, मलाई कतै लिएर जाने तयारी चल्दै थियो । त्यही बेला मेरो पुरानो मालिक मलाई खोज्दै पुलिसचौकीमै आइपुग्यो । म जान्नँ भन्दा पनि उसले मेरो कपाल तानेर जबरजस्ती गर्‍यो । मैले फलामको डन्डी समातेर मान्दै नमानेपछि ऊ फर्केर गयो । त्यसको भोलिपल्ट मालिकको भाइ आएर प्रहरीलाई अनेक कुरा लगाउँदै ‘भोलिपल्टै फर्काइदिन्छु’ भनेर मलाई लिएर गयो ।’

चौकीबाट लिएर गएको दुई वर्षसम्म टेकबहादुरलाई घर पठाइएन । एक रात उनी फेरि गोठबाट भागेछन् र रातभर हिंड्दै त्यही प्रहरी स्टेसनमा पुगेछन् । प्रहरीले मालिकलाई फोन गरेर पुन: गोठमा फिर्ता पठाइदियो । यो चोर–पुलिस खेल चार पटकसम्म चलिरह्यो ।

मालिकले नयाँ कामदार खोजेर ल्याइरहन्थे । तर, कोही पनि टिक्दैनथे । कहिले पाकिस्तानी आइपुग्थे, कहिले सुडानी । भारतीय र विशेषत: केरलाबाट आएका कामदारहरू भागेर आफन्तको सम्पर्कमा जान्थे । टेकबहादुरलाई लाग्थ्यो, ‘यो संसारमा म मात्रै एक्लो प्राणी रहेछु जसलाई साउदीमा साथ दिने कोही छैन ।’

एक पटक मालिकले एउटा भारतीय नागरिक ल्याएको थियो । ‘यसलाई टिकाउन सके स्वदेश जाने ढोका खुल्छ’ भनेर टेकबहादुरले त्यो भारतीय केटोलाई ज्वाइँजस्तै मानमनितो गरेका थिए । आफू सानो बनेर भए पनि सम्झाई बुझाई काम सिकाएका थिए । उसको हरगल्तीको जिम्मेवारी उनी आफैं लिन्थे । मालिकको पिटाइ पनि आफैं खाइदिन्थे । घर फिर्ने मालिकको फोनको प्रतीक्षा गरिरहेको बेला ती कामदार कसैलाई थाहा नै नदिई आफैं टाप कँसे ।
***

सधैं दिन एकनासको नहुँदोरहेछ । सोच्दै नसोचेको असामान्य दिन पनि आँउदोरहेछ । एक दिन उनलाई खोज्दै रियादबाट कार्यबाहक राजदूत आनन्दराज शर्मा टेकबहादुरको गोठमा पुगे । आफ्ना भाइलाई जबर्जस्ती राखेको भन्दै साउदी पुगेका माइला दाइले दूतावासमा निवेदन दिएका रहेछन् । त्यसबारे दूतावासले शृंखलाबद्ध रूपमा परराष्ट्र, श्रममन्त्री, श्रम मन्त्रालयका महानिर्देशक, गभर्नर हुँदै तल्लो तहको श्रम कार्यालयसम्मका हाकिमसँग भेटवार्ता गरिरहेको थियो ।

‘म साउदीमै बस्न राजी छु । नेपाल जान मन छैन । थप काम गर्न चाहन्छु,’ भन्ने बेहोराको नेपाली भाषामै लेखेको चिठी श्रम कार्यालयले शर्मालाई देखाइदिए, ‘कामदार आफैं बस्न राजी छ, हामीले कसरी पठाउनु ?’ यो पत्र साउदी सरकारका लागि लाज छोप्ने ‘हतियार’ भइदियो । दूतावासले उद्धारका निम्ति थालेको दुई वर्षको प्रयास खेर जाने देखेर शर्मा आफैं टेकबहादुरलाई खोज्न मरुभूमि छिरेका थिए ।

टेकबहादुरलाई भेटेपछि कार्यबाहक राजदूतले पनि उद्धार गरिछाड्ने ‘उपाय’ निकाले । उनले टेकबहादुरलाई ‘मैले आठ वर्षको तलब पाएको छैन । तलब लिएर तुरुन्तै घर फर्कन चाहन्छु’ भन्ने भाकाको निवेदन लेख्न लगाए ।

यो पत्रलाई सहयोगीका भरमा अरबीमा उल्था गरियो । यी पत्रहरू लिएर शर्मा स्थानीय श्रम कार्यालय र गभर्नरकहाँ पुगे । साउदी श्रम मन्त्रालय सम्माल्न आइपुगेका नयाँ नेतृत्वलाई पनि ‘जबर्जस्ती काममा राखिराखेको’ यो खबरले पोल्नु पोल्यो । नयाँ नेतृत्व आफंैले तदारुकता देखाएर पहल गरेपछि आठ वर्षको तलब ७० हजार रियाल (झन्डै १९ लाख रुपैयाँ) दिन मालिक बाध्य भए । उनले राहदानी बनाउन पनि दूतावास पठाइदिए । त्यो मौकाको प्रतीक्षामा रहेको दूतावासले पुन: टेकबहादुरलाई मरुभूमि फर्किनै दिएनन् । मालिक आफैं ‘एक्जिट पत्र’ बोकेर दूतावास आउनुपर्‍यो ।
***

रातिको २ बजे गुल्मीको बिरबास डाँडामा टेकबहादुर उत्रिए । त्यहाँबाट झन्डै ४५ मिनेट ओरालो लागेपछि पल्लीकोटको धावा पुगिन्थ्यो । रात परेपछि बाटो नहिंड्न श्रीमतीले फोनमा भनिन्, ‘साँझ ५ बजे लिन गाडी आउँछ ।’

मलेसियाबाट फर्केका टेकबहादुरका साथीले एउटा ट्याक्सी किनेका रहेछन् । त्यसलाई एम्बुलेन्स–ट्याक्सी भनिदोरहेछ । उनले भाडा लिएर बिरबास डाँडाबाट पल्लीकोटसम्म पुर्‍याएदिए ।

‘अहिले यहीं (माइला दाइ) को घरमा बस्नुस्,’ ती साथीले फर्किनुअघि भने, ‘सीधै घर जान मिल्दैन रे ।’

टेकबहादुर गाउँ छिरेको खबर गाउँभर फैलिसकेछ । बिहान सबेरै बूढाबूढी पनि लठ्ठी टेक्दै उनलाई लिन र भेट्न आएका थिए ।

‘साइँला तँ आइस्,’ एक वृद्ध आमा रुँदै अँगालिन आइपुगिन्, ‘तेरी आमा मेरो लाटा आएन भनेर सधैं यही चोकमा आएर बसेर रुन्थिन् । बिचरी तँलाई हेर्न नपाई मरिन् ।’ उनलाई भेट्न आउने सबैले एउटै प्रश्न गरिरहेका थिए—‘आफ्नो छोरोलाई चिन्छस् त ? छोरो नै तँजत्रो भइसक्यो । किन यत्रो समय नफर्केको ? तेरी श्रीमतीलाई मान्नुपर्छ । तेरो र छोरोको अनुहार हेरेर बसेकी छे । साउदीमा कसरी बसिस् …?’

उनकै गाउँका वडाअध्यक्ष रुकबहादुर राकासकोटी आइपुगे, ‘तिमी यत्रो वर्षपछि गाउँका आएका छौ । यो खुसियालीमा गाउँलेहरू सबै घरमा स्वागत गर्न आतुर छन् ।’

माइला दाइको घरबाट आफ्ना घरमा लागे । रुकबहादुर अगाडि–अगाडि लागे । गाउँलेहरू हातमा फूलमाला लिंदै रुकबहादुरको पछि–पछि लागे । घरमा पुग्दा महिलाहरूले आँगन–पिंढी भरिसकेको थियो ।

टेकबहादुरलाई आँगन टेक्ने गौंडामा सबैले मालाअबिर लगाइदिए । बार्दलीबाट श्रीमती र छोरोले हेरिरहेका थिए । उनीहरूका आँखाभरि आँसु छचल्किएको थियो । बुबा आउने खबरले छोरो किशोर मामाघरबाट घर आएको थियो । किशोर मामाघर बसेर स्कुल पढिरहेको थियो । गाउँलेले श्रीमती र छोरालाई तल आएर सँगै बस्न भनेपछि मात्रै ओर्लिए । श्रीमती, छोरो र टेकबहादुरलाई सँगै कुर्सीमा राखेर गाउँलेले पालैपालो माला र अबिर लगाइदिए । उनीहरूको मिलन देखेर पिंढीमा बसेका सबै महिलाहरूका आँखा रसाएका थिए । दुई घण्टासम्म सँगै बस्दा पनि छोरो र श्रीमतीको आँखा टेकबहादुरसँग जुधिरहेको थिएन ।

‘किशोर बुबालाई लिएर भित्र जाऊ,’ वडाअध्यक्ष रुकबहादुरले भनेपछि छोराले टेकबहादुरको हात समाते । आफ्नो छोराको हात समाउन पाउँदा टेकबहादुर निकै बेर भक्कानिए । आँसु झार्दै छोरोसँग घरभित्र छिरे ।

श्रीमती धनकुमारी उर्फ प्रिय सेनी पहिला नै कोठाभित्र छिरिसकेकी थिइन् ।

Address

17A Hillcrest Avenue
Brampton, ON
L6W1Y7

Website

Alerts

Be the first to know and let us send you an email when Cane multivision inc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share