Mushayara Pariwar - मुशायरा परिवार

Mushayara Pariwar - मुशायरा  परिवार A family of likeminded people who love literature. We organise Ghazal Mushayara in Australia every year and also contribute in other literary activities.

We have an amazing history of 10 plus years promoting Nepali literature all over the 🌎.

22/08/2026

एउटा नजरले के नै गर्न सक्छ र?

सायद आगोलाई पानी र पानीलाई आगो बनाउन सक्छ।
सायद नदीलाई आफ्नै किनार बनाइदिन सक्छ।
सायद प्रेमी भएर नजिक आउनेहरूलाई अन्ततः दिलको बिमार बनाइदिन सक्छ।

"आगो हुँदै छ पानी, पानी हुँदै छ आगो
उल्झन सवार हुन्छन् तिम्रा नजर अगाडि"

यही एउटा शेरले गजलको संसार कति उल्ट्याइदिन्छ, प्रकाश राई मौसम को गजल, तिम्रा नजर अगाडिको को यो शेर सुन्नुभयो भने थाहा हुनेछ।

🎵 पूरा गजल अब Mushayara Pariwar - मुशायरा परिवार को युट्युवमा उपलब्ध छ।

🔗 YouTube: https://youtu.be/5nODVn0BKM0?si=TNHoh7c4EUy7RW4Q

तपाईंका लागि, यी नजरहरू माया हुन् कि उल्झन?

18/08/2026

“बस्ने खुसी छन्, जाने खुसी छन्
कस्तो गज्जबको सत्कार तिम्रो”

कहिलेकाहीँ कसैको व्यवहार बुझ्न धेरै ठूलो कथा चाहिँदैन। मान्छेहरू आउँछन्, केही समय बस्छन्, अनि आफ्नै बाटो लाग्छन्। अचम्म त त्यतिबेला लाग्छ, जब बस्नेहरूलाई पनि गुनासो हुँदैन र जानेहरूमा पनि कुनै पछुतो रहँदैन।

सायद तिम्रो माया नै त्यस्तो छ, जसले नजिक हुनेहरूलाई पनि बाँध्दैन, र टाढा जानेहरूलाई पनि रोक्दैन।

तर यो खुसीभित्र एउटा प्रश्न भने सधैँ लुकेको हुन्छ यदि बस्नु र जानु दुवै उत्तिकै सहज हुन्छ भने, आखिर आफ्नो को हो?

Pawan Gautam को गजल “आभार तिम्रो” को यो शेर सुन्नुहोस्। सायद तपाईँले यसमा प्रेमभन्दा अलि बढी केही भेट्नुहुनेछ, एउटा सम्बन्ध, एउटा गुनासो, र आफूलाई रोक्न नसक्ने मान्छेको मौन चित्कार।

🎧 पूरा गजल YouTube मा उपलब्ध छ।
🔗 लिंक कमेन्टमा छ।

यो शेर सुन्दा तपाईँलाई के महसुस भयो? माया, व्यङ्ग्य, गुनासो कि समर्पण ?

16/08/2026

पुनः भेटिनेछौँ, कतै फेरि हामी?
म बोतल हुँ रित्तो, सराबी तिमी हौ।

भेटिएला कि नभेटिएला, त्यो थाहा छैन।
तर केही मान्छे छुटेपछि पनि, उनीहरूलाई सम्झिने बहाना भने सकिँदैन।

Pawan Gautam को गजल “तिमी हौ” को यो शेर सुनेर तपाईँलाई के लाग्यो?

यदि यो शेरले कसैलाई सम्झायो भने, त्यो मान्छेलाई मेन्सन नगरे पनि मनमनै त सम्झिनु भयो होला, है?

🎧 पूरा गजल YouTube मा रहेको छ, एकचोटि सुन्नुस् ल?

https://youtu.be/ew6fsBlUTzI?si=PHvPBFEAG2ijZooi

15/08/2026

“अचम्मै छ दोस्ती, शराबको र मेरो
कुनै साँझ छैनौँ, छुटेका नमाती”

कहिलेकाहीँ मान्छेभन्दा बढी साथ दिने साथी धरानको प्याला हुनसक्छ, जसले केही बेरका लागि मनभित्रको कोलाहल थामिदिन सक्छ।

Lekh Karki को गजल “जलेको छ छाती” को यस शेरमा लुकेको एक्लोपन र पीडा महसुस गर्नुभयो?

यो त एउटा शेर मात्र हो। पूरा गजलमा यस्तै प्रेम, बिछोड, एक्लोपन र गहिरा बिम्बहरू छन्।

🎧 पूरा गजल YouTube मा सुन्न सक्नु हुनेछ। लिंक कमेन्टमा छ।

सुनेपछि भन्नुहोला है, कुन शेरले तपाईँको मनमा सबैभन्दा बढी छाप छोड्यो?

🙏 हार्दिक आभार | Thank You to Our Valued Sponsors & Partners ❤️Ghazal Mushayar Canberra 2026 लाई सफल बनाउन साथ, सहयोग र ...
12/08/2026

🙏 हार्दिक आभार | Thank You to Our Valued Sponsors & Partners ❤️

Ghazal Mushayar Canberra 2026 लाई सफल बनाउन साथ, सहयोग र विश्वास प्रदान गरिरहनुभएका सम्पूर्ण Sponsors, Supporters, Partners, Media & Social Media Partners प्रति हाम्रो हार्दिक आभार। 🙏

तपाईंहरूको support केवल sponsorship मात्र होइन, Canberra मा नेपाली कला, साहित्य, संगीत र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पनि हो। 🇳🇵❤️🇦🇺

💎 PLATINUM SPONSOR

Expert Education & Visa Services Canberra

नेपाली community प्रति तपाईंहरूको निरन्तर support र commitment का लागि विशेष धन्यवाद। Your valuable support will help make this event a memorable celebration.

🏆 GOLD SPONSORS

• Lumbini Finance & Lending Solution
• Success Education & Visa Services
• ACM Global
• Innovative Group
• Mandala Legal
• Safari Travel & Tours

Ghazal Mushayar Canberra 2026 लाई विश्वास गरी सहयोग गर्नुभएकोमा सम्पूर्ण Gold Sponsors लाई धन्यवाद। तपाईंहरूको support ले आगामी कार्यक्रमलाई अझ भव्य र meaningful बनाउन ठूलो योगदान पुर्‍याउनेछ। ❤️

🤝 SUPPORTERS

• Discount Grocer, Butcher & Kitchen
• SBA Property Group

Your generous support and encouragement will help us bring our community together and make this special event even more memorable. 🙏

🍽️ HOSPITALITY PARTNER

The Thakali Lounge & Bar, Canberra

कार्यक्रमका लागि hospitality support प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद। Your support will help create a wonderful experience for everyone attending.

✈️ TRAVEL PARTNER

Buddha Travel & Tours

कार्यक्रमसँग जोडिएर partnership र support गर्नुभएकोमा विशेष धन्यवाद। We truly appreciate your valuable partnership and engagement with our community.

📸🎥 PHOTO & VIDEOGRAPHY PARTNER

Solid Photography

Ghazal Mushayar Canberra 2026 का विशेष क्षणहरूलाई capture र preserve गर्न साथ दिनुभएकोमा हार्दिक धन्यवाद। Your valuable support will help us capture beautiful memories that will last for years to come. 🙏❤️

📣 MEDIA & SOCIAL MEDIA PARTNERS

Our Valued Media & Social Media Partners

कार्यक्रमको promotion, publicity र information लाई wider community सम्म पुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्ण Media & Social Media Partners प्रति हार्दिक धन्यवाद। तपाईंहरूको support ले कार्यक्रमको reach अझ व्यापक बनाउनेछ। 🙏



तपाईंहरूको साथ, विश्वास र सहयोगले आगामी Ghazal Mushayar Canberra 2026 लाई अझ विशेष बनाउनेछ।

Together, we look forward to celebrating Ghazal, Literature, Music & Nepali Culture with our wonderful community. 🇳🇵❤️🇦🇺

📅 19 September 2026
📍 The Thakali Lounge & Bar, Canberra
🎟️ Entry $50 – Two Course Meal Included

Thank you for being part of our journey. We look forward to celebrating with you all! ❤️🙏

🙏 हार्दिक धन्यवाद Safari Travel & Tours 🙏क्यान्बेरामा आयोजना हुन गइरहेको Ghazal Mushayar Canberra – 19 September 2026 को...
11/08/2026

🙏 हार्दिक धन्यवाद Safari Travel & Tours 🙏

क्यान्बेरामा आयोजना हुन गइरहेको Ghazal Mushayar Canberra – 19 September 2026 को Gold Sponsor को रूपमा साथ, सहयोग र विश्वास प्रदान गर्नुभएकोमा Safari Travel & Tours प्रति हार्दिक आभार व्यक्त गर्दछौं। ❤️

नेपाली समुदायका विभिन्न कार्यक्रम तथा गतिविधिहरूमा निरन्तर सहभागिता, सहयोग र सकारात्मक योगदान पुर्‍याउँदै आउनुभएको Safari Travel & Tours को community engagement वास्तवमै प्रशंसनीय छ। 🇳🇵🇦🇺

Thank you for your continued support and for being an active part of our community. We truly appreciate your contribution towards promoting Nepali art, culture and community spirit in Canberra. 🙏

🎶 Ghazal Mushayar Canberra
📅 19 September 2026

यौटा अवसर यस्तो छ! जे. सागर Achyut Ghimire छायाँदेवी-चेतनाथ गजल पुरस्कार -२०८२ को लागि पुस्तक संकलनबारे सूचना : वि.सं. २...
10/08/2026

यौटा अवसर यस्तो छ! जे. सागर Achyut Ghimire

छायाँदेवी-चेतनाथ गजल पुरस्कार -२०८२ को लागि पुस्तक संकलनबारे सूचना :
वि.सं. २०७४ सालदेखि हरेक वर्ष नियमित प्रदान हुँदै आइरहेको छायाँदेवी-चेतनाथ गजल पुरस्कारको लागि २०८२ सालभित्र गजल संग्रह प्रकाशित गर्नुभएका सर्जक या प्रकाशकले आफ्नो ३ प्रति पुस्तक बुलबुल कम्युनिकेसनमा पठाएर पुरस्कारमा सहभागी भइदिनुहुन सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछौं ।

प्राप्त कृति मध्ये सम्बन्धित विधाका दक्ष निर्णायक समूहले चयन गरेको उत्कृष्ट एक कृतिलाई नगद पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मानित गरिनेछ ।

यो सूचना सम्बन्धित सबैसम्म पुगोस् भन्नका खातिर यो सूचनालाई शेयर गरिदिनू हुन म विनम्र अनुरोध गर्दछु ।

जे.सागर
संरक्षक
छायाँदेवी चेतनाथ गजल पुरस्कार कोष

🙏 **Heartfelt Thanks to Our Supporter – Discount Grocer, Butcher & Kitchen!** 🛒✨**गजल मुशायरा परिवार, क्यान्बेरा** को तर...
09/08/2026

🙏 **Heartfelt Thanks to Our Supporter – Discount Grocer, Butcher & Kitchen!** 🛒✨

**गजल मुशायरा परिवार, क्यान्बेरा** को तर्फबाट आगामी **Ghazal Mushayara Canberra** लाई **Supporter** को रूपमा साथ दिनुभएकोमा **Discount Grocer, Butcher & Kitchen** परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

Your valuable support and encouragement mean a lot to us. We truly appreciate your contribution towards bringing our community together for an evening of **Ghazal, poetry, culture, and celebration**.

नेपाली समुदायका कार्यक्रमहरूलाई सहयोग गर्दै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानप्रति हामी हृदयदेखि नै आभारी छौं।

We are grateful to have **Discount Grocer, Butcher & Kitchen** as our valued **Supporter** and look forward to celebrating this memorable evening together.

📅 **19 September 2026**
📍 Canberra

**Thank you once again for your valuable support and for being a part of Ghazal Mushayara Canberra!** 🙏🌟

🙏 **Heartfelt Thanks to Our Supporter – SBA Property Group!** 🏡✨**गजल मुशायरा परिवार, क्यान्बेरा** को तर्फबाट आगामी **Gh...
09/08/2026

🙏 **Heartfelt Thanks to Our Supporter – SBA Property Group!** 🏡✨

**गजल मुशायरा परिवार, क्यान्बेरा** को तर्फबाट आगामी **Ghazal Mushayara Canberra** लाई **Supporter** को रूपमा साथ दिनुभएकोमा **SBA Property Group** परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

Your valuable support and encouragement will help us bring together a beautiful evening of **Ghazal, poetry, culture, and community celebration**. We sincerely appreciate your trust and commitment towards supporting community initiatives in Canberra.

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने हाम्रो प्रयासमा साथ दिनुभएकोमा हामी अत्यन्तै आभारी छौं। तपाईंहरूको सहयोगले यो विशेष कार्यक्रमलाई अझ सफल र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

We are proud to have **SBA Property Group** as our valued **Supporter** and look forward to celebrating this memorable evening together.

📅 **19 September 2026**
📍 Canberra

**Thank you once again, SBA Property Group, for your valuable support and for being a part of Ghazal Mushayara Canberra!** 🙏🌟

09/08/2026

डायस्पोरामा रहेर नेपाली साहित्यमा योगदान पुर्याइरहेका संस्थाहरूको जानकारी राख्नुस् न ।

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Mushayara Pariwar - मुशायरा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Mushayara Pariwar - मुशायरा परिवार:

Shortcuts

Featured

Share

Category