Nepal FlashPoint Media

Nepal FlashPoint Media NEPAL FLAS POINT MEDIA IS MORDEN DIGITAL NEWS PLATFORM DEDICATED TO DELIVERING FAST ACCURATE NEWS FROM NEPAL.
(5)

चीनबाट थप ४ जना सुरुङ उद्धार विशेषज्ञ आज बिहान नेपाल आइपुगेका छन्। उनीहरू घ'टनास्थलमा पुगेर उद्धार कार्यमा सहभागी भएका छ...
30/08/2026

चीनबाट थप ४ जना सुरुङ उद्धार विशेषज्ञ आज बिहान नेपाल आइपुगेका छन्। उनीहरू घ'टनास्थलमा पुगेर उद्धार कार्यमा सहभागी भएका छन्।

30/08/2026

जनताले उचित राहत नपाएको र वास्तविक बाढीपीडितसम्म राहत नपुगेको भन्दै आशिका दिदी वडा कार्यालयमै पुगेर आवाज उठाउँदै हुनुहुन्छ। 🙏

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्...
29/08/2026

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म भएका प्रमुख कामहरू सार्वजनिक गर्नुभएको छ:

१. १८,७०८ सुरक्षाकर्मी र १६ वटा हेलिकप्टरमार्फत २३६ पटक उडान भरी ७,५१४ जनाको सकुशल उद्धार गरिएको छ।

२. धुन्चे र बट्टारका मोबाइल अस्पतालसहित ५ स्थानबाट विशेषज्ञ स्वास्थ्य सेवा तथा मनोपरामर्श प्रवाह भइरहेको छ भने 'रक्त सूचना पोर्टल' सञ्चालनमा ल्याइएको छ।

३. रसुवा र नुवाकोटमा १८ राहत शिविर स्थापना गरी विस्थापित करिब ३,५०० नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ र १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।

४. प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ र हवाई तथा सडकमार्गमार्फत खाद्यान्न तथा राहत सामग्री वितरण तीव्र पारिएको छ।

५. भारत, चीन, अमेरिका, स्विट्जरल्याण्ड, एडीबी र विश्व बैंकबाट आर्थिक, भौतिक तथा प्राविधिक सहायता परिचालन गरिएको छ।

६. अवरुद्ध अधिकांश बिटिएस टावर सञ्चालनमा ल्याइएको छ।

७. काठमाडौं–धुन्चे वैकल्पिक सडक र पृथ्वी राजमार्ग खुलाएर प्रभावित क्षेत्रलाई पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

८. फेला परेका ६७५ श'वलाई 'एयर टाइट ब्याग' र डीएनए सुरक्षित राख्दै सरकारी निर्देशिकाबमोजिम व्यवस्थापनको काम भइरहेको छ।

चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ...
29/08/2026

चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा खटिएको छ। नेपाल सरकारको अनुमतिमा परिचालित उक्त टोलीले नेपाली सेनासँग पूर्ण समन्वय गर्दै सुरुङभित्रको प्राविधिक अनुगमन र सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्रारम्भिक अनुगमनपछि आवश्यकता अनुसार रसुवा सीमामा तयारी अवस्थामा रहेका थप विज्ञहरूलाई पनि बोलाइनेछ। जटिल र चुनौतीपूर्ण अवस्थाका बीच फसेका सम्पूर्ण श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न एकीकृत प्रयास तीव्र रूपमा जारी छ।🙏🙏🙏

बा'ढी पीडितहरुलाई राखिएको पहेंलो गुम्बामा ग्यासको अभाव भएपछि काठमाडौं महानगरले ग्यास सिलिन्डर दिएर सहयोग गरेको छ।
29/08/2026

बा'ढी पीडितहरुलाई राखिएको पहेंलो गुम्बामा ग्यासको अभाव भएपछि काठमाडौं महानगरले ग्यास सिलिन्डर दिएर सहयोग गरेको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि प...
29/08/2026

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पु'रिएकी करिब ६ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको छ। ❤️🙏

अर्घाखाची शान्तिखर्क घर भएर ग्लोबल बैंक रसुवामा  काम गर्ने  "गिता उचामगर" नाम गरेको कोहि हुनुहुन्छ भने उहाँको नानी उपचार...
29/08/2026

अर्घाखाची शान्तिखर्क घर भएर ग्लोबल बैंक रसुवामा काम गर्ने "गिता उचामगर" नाम गरेको कोहि हुनुहुन्छ भने उहाँको नानी उपचाररत हुनुहुन्छ । कोहि कसैले परिवारलाई चिन्नुहुन्छ भने सम्पर्क गरिदिनुहोला ।
यो नानी अर्घाखाँची सन्धिखर्कको भन्ने आएको छ ।
धेरै भन्दा धेरै सेयर गरेर उहाँको आमा अथवा उहालाई चिन्ने आफन्त सम्म पुर्‍याउन सबैले शेर र सहयोग गरौँ ।

। #रसुवा
अर्घाखाची शान्तिखर्क घर भएर ग्लोबल बैंक रसुवामा काम गर्ने "गिता उचामगर" नाम गरेको कोहि हुनुहुन्छ भने उहाँको नानी उपचाररत हुनुहुन्छ । कोहि कसैले परिवारलाई चिन्नुहुन्छ भने सम्पर्क गरिदिनुहोला । — feeling sad.

 #शुभ_बिहानी_सम्पुर्णमा  #पाथिभरा_माताले_सबैको_रक्षा_गरुन्  िभरामाता
28/08/2026

#शुभ_बिहानी_सम्पुर्णमा
#पाथिभरा_माताले_सबैको_रक्षा_गरुन्
िभरामाता

भोटेकोशी बाढीपछि बाह्रबिसेका तीन युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रहभोटेकोशी बाढीपछि सिन्धुपाल्चोक, बाह्रबिसे–...
28/08/2026

भोटेकोशी बाढीपछि बाह्रबिसेका तीन युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
भोटेकोशी बाढीपछि सिन्धुपाल्चोक, बाह्रबिसे–३ का आशिष श्रेष्ठ (२५), जेशिक श्रेष्ठ (२५) र राजन श्रेष्ठ (३२) सम्पर्कविहीन भएका छन्।

स्याफ्रुबेँसीको ‘रङ्गा’बाट पचुङ गाउँ वा तातोपानी जाने पुरानो बाटोतर्फ गएको अनुमान गरिएको छ र उनीहरूको मोबाइलको अन्तिम लोकेसन पनि सोही क्षेत्रमा देखिएको छ। बाढीका कारण सञ्चार विच्छेद हुँदा अवस्था अज्ञात छ।

परिवारले तत्काल खोज तथा उद्धार गरिदिन सुरक्षा निकायसँग आग्रह गर्दै जानकारी भए ९८६३४६०२५६ वा ९८६०३३६९६५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

28/08/2026

Address

Melbourne, VIC

Website

Alerts

Be the first to know and let us send you an email when Nepal FlashPoint Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share