07/07/2026
सपनाको संसार काण्माण्डौँमा सपना देखाउनेहरुको ओईरो😭
एउटा कुशल गायक बन्नेँ ठूलो सपना बोकेर सपनै सपनाको शहर काठमाण्डौं पसेको पनि २६औँ बसन्त पुरा भएछ।आज पनि ती पुराना दिन् को सम्झना यो मानसपटलमा ताजै छ।म गरीब परिवार मा जन्मिएको गरीबको छोरो, त्यसमाथि पनि आजीवन सुकुम्बासी र शारीरिक अशक्त,आज भन्दा २६ वर्ष अगाडी एक कुशल गायक बन्नेँ ठूलो सपना बोकेर जब काठमाण्डौं मा पाईला टेक्न पुगियो, आफूसँग भएको चार हजार रुपैयाँ पैसा पनि म रेडियो नेपालमा लगेर गायक बनाईदिन्छु भनेर कोही पात्रहरूले खाइदिए,त्यस दिन् बाट बेपत्ता भएका ती पात्रलाई मैले आज सम्म देख्न पाएको छैन, यही संसारमा छन् या त संसार बाट बिदा भईसके। यही संसारमा जीवितै रहेछन् भने उज्यालो भविष्यको कामना,स्वर्गारोहण भएको भए आत्माको चीर शान्तिको कामना बैकुन्ठधाम प्राप्ति होस् 🙏भर्खरै मात्र काठमाण्डौं पसेको म जस्तो गाउँको पाखेलाई ललाई फकाई गरेर आफूसँग भएको जम्मै रकम उनैलाई सुम्पिएर जुन् पात्रका कारण म सडकमा पुगेँ, पत्रिका ओछ्याएर पत्रिका नै ओढेर कैयौँ रातहरु सडकमा कटाउन बाध्य हुनु परेको थियो। बिस्तारै संघर्ष गर्दै गएँ, थोरै भएपनि समाजमा आफ्नो नाम राख्न सफल भएको छु, तर आज पनि मलाई अचम्म लाग्छ, कोही पात्रहरू यस्ता पनि भेटियो मेरो गीत गाईदे काठमाण्डौंमा घर बनाईदिन्छु, कोही पात्रहरू यस्तो पनि भेटियो म फलानो देश ढिस्कानो देशमा तेरो लागी कार्यक्रम गरीदिन्छु, देश बिदेश त पानीको पँधेरो हो सम्म भन्न भ्याए।कोही पात्रहरु यस्ता पनि भेटिए तँ सृजना मात्रै गर् गीत कविता बजारमा ल्याईदिने मेरो जिम्मा भयो भन्दै बोलेका भिडियो प्रमाणहरु म सँग सुरक्षित छन्। काठमाण्डौंमा मुखको घर बनाईदिने त अहिले पनि भेटेकै छु 😭आजबाट मलाई कोही कसैले झुटा आस्वाशन र झुटा सपना नदेखाईदिनु होला। गरीबलाई दिन्छु नभन्नु रे बिधवी लाई लान्छु नभन्नु रे 😭मलाई आजका दिन् बाट समाजसेवाको नामको खोल ओढ्ने ढोँगी समाजसेवी हरु सँग जोडिनु छैन 😭यतिका वर्ष सम्म आफ्नो कुँजो शरीर घिसार्दै संघर्ष गरिरहेको म एक यात्री, आज पनि मेरो अबस्था बिहान खाए साँझ के खाउँ, साँझ खाए बिहान के खाउँ भन्ने नै छ😭
अन्तमा: मेरो दुई हात् जोडेर तपाईंहरुलाई बिन्ति छ🙏आजबाट मलाई कसैले पनि यस्तो सपना नदेखाईदिनु होला 🙏मेरा हजारौँ सृजनाहरु बरु कपिका पानामा सिमित हुन्😭
म बरु अझै पनि सडकबाट नै संघर्ष गर्दै गरौँला 😭 दुनियाँलाई झुटा सपना देखाएर डलरको खेती गर्ने तपाईंहरुको पर्दाफास एकदिन कुनै न कुनैले अबश्य नै गर्नेछ सतर्कता अपनाउनु होला 🙏तपाईं हरु सबैको जय होस्। मेरो भए होस् नभए नहोस् 🙏😭🙏