04/29/2026
शोकपूर्ण सन्देश ‼️ 🚨
हाम्रो Game को उत्सुकताका साथ प्रतीक्षा गरिरहनुभएका समस्त समर्पित गेमिङ समुदायमा एउटा शोकपूर्ण सन्देश:
हामी अत्यन्तै हृदयविदारक अवस्थामा यो जानकारी गराउँदछौं कि हाम्रा प्रिय विकासकर्ता (Developer) अब हामीमाझ रहनुभएन। उहाँले एउटा अमूल्य विरासत हामीलाई छोडेर जानुभएको छ। उहाँको वैकुण्ठवास होस् 🪦 र उहाँको योगदान सधैं अमर रहनेछ।
हालका लागि Game विकासको प्रक्रिया पूर्ण रूपमा रोकिएको छ, र यसमा हुने कुनै पनि प्रगतिको बारेमा हामी तपाईंहरूलाई जानकारी गराउनेछौं। तपाईंहरूको अटुट समर्थन र समझदारी नै यस परियोजनाको अस्तित्वको आधार हो।
Game को स्रोत (Source) र सम्पूर्ण परियोजना सुरुदेखि नै उहाँसँगै गाँसिएको हुनाले, हाल हामी उहाँका प्रोजेक्टहरू खोल्न वा प्रयोग गर्न असमर्थ छौं। यसका कारण यससँग सम्बन्धित अहिलेसम्मका सम्पूर्ण कार्यहरू गुम्न पुगेका छन्।
धन्यवाद।
-Gorkha Battle Ground (Developers and Members)