04/04/2026
Fade In:
INT. एमाले सचिवालय भवन – Night
विशाल सभा हल हल्का गुञ्जिरहेको छ। कुर्सीहरू पंक्तिबद्ध छन्। छानाबाट झुन्डिएका रातो झण्डा र ब्यानरहरू हल्लिरहेका छन्। पार्टीको चुनाव चिन्ह ठूला आकारमा टाँसिएको भित्ता सगैं टागिएका पुराना नेताहरूका तस्बिरहरू आज चिंतित देखींच्छन, अझ भण्डारी जी त रिसले यती चूर देखिंच्छन की फोटो बाटै निस्केर खेद्लान जस्तो ।
कार्यकर्ताहरू सानो–सानो समूहमा उभिएर कानाफूसी गरिरहेका छन्। केही पुराना नेताहरू अगाडिको सिटमा बसेर चुपचाप एक अर्कातिर झुकेका छन्।
शून्यताको भारीपन चिर्दै एक वरिष्ठ नेता झुक्दै, फुसफुसाउँदै भन्छन,
वरिष्ठ नेता १:
कमरेड… अब त सूची नै बनाइसके रे। नाम काट्दै गइरहेका छन्। मलाई आफ़नो भांडा पानी तपाई हरू को चिन्ता लागीरछ।
वरिष्ठ नेता २:
मेरो नाम… कुन नम्बरमा छ अरे?
वरिष्ठ नेता ३:
नम्बर हेरेर के गर्नु? ढीलो चाडो सबैलाई थुन्दैछन् रे। बा’ लाई त थुनिसके, अब कसैलाई बाँकी छोड्दैनन्। सुन्दै छु अब बादल जीको पालो रे। त्यसपछि विष्णु जीको हल्ला छ। यसरी त पार्टी नै रित्तिने जस्तो भयो, कमरेड।
बादल गम्भीर देखिन्छन्, अनुहारमा अन्योल।
बादल:
कस्तो अवस्था आइ लाग्यो यस्तो? केही सोच्नै सकिरहेको छैन। विष्णु जी, यो खाल्डोबाट निस्किने कुनै उपाय निकाल्नुस्।
विष्णु जी केहीबेर चुप लाग्छन्, गहिरो सास लिन्छन्।
विष्णु:
कमरेड, म आफैंलाई जीवनमा पहिलो पटक यस्तो डर लागेको छ। हाम्रो “पेले” लाई त नछोड्नेहरूले हामीलाई के बाँकी राख्लान्?
(पछाडि बसेकातिर फर्किन्छन्)
तपाईंहरू सँग कुनै उपाय छ हामीलाई जोगाउने? पार्टी बचाउने?
पछाडिबाट एक युवा नेता उठ्छन ।
युवा नेता:
उपाय छ । अब पार्टीको नेतृत्व बादल जीले लिनु पर्छ।
हलमा हलचल हुन्छ। सबैको नजर बादल तिर।
बादल:
( अकमकाऊदै ) त्यसो गरेर के हुन्छ?
युवा नेता:
नयाँ नियुक्त पार्टी अध्यक्षलाई तुरुन्तै जेल हाल्दा, त्यो स्पष्ट रूपमा पूर्वाग्रही देखिन्छ। मिडिया उनीहरूको विरुद्ध जान्छ, जनतामा आक्रोश बढ्छ। उनीहरू त्यो जोखिम लिन चाहँदैनन्।
त्यसैले तपाईंलाई तुरुन्तै नथुन्नुमा नै उनीहरूको फाइदा हुन्छ।
ढुक्क भएर नेतृत्व लिनुस्, नत्र तपाईंलाई सजिलै जकड्नेछन्। अब तपाई सांसद भवनमा सिंह झै गार्जिनु पर्छ, तपाईलाई डराउन आउनेलाई उल्टई तर्साउनु पर्छ।
हलमा सहमतिको हलचल बीच बादल बिस्तारै टाउको हल्लाउँछन्। हल तुरुन्तै समर्थनको तालीले गुञ्जिन्छ।
बादल संगै वरिष्ठ नेताहरू एक एक गर्दै सबै बाहिर निस्किन्छन्। ढोका बन्द हुन्छ।
पछाडि बसेका युवा कार्यकर्ताहरूबीच फुसफुसाहट सुरु हुन्छ।
त्यही युवा नेता फेरि उठ्छ, अब स्वरमा हल्का मुस्कान।
युवा नेता:
बादल जीहरूको जेल त पक्का हो, कुनै शंका छैन।
तर Twist के छ भने, उहाँ पार्टीको नेता हुँदा थुनिए भने, हामीसँग बलियो Narrative बन्छ। र त्यसपछि जे हुन्छ, त्यो त सबैलाई थाहा नै छ। पूर्वाग्रही भन्दै जनतामा गयौं भने, जनता को भरोसा र समर्थन फिर्ता ल्याउन सजिलो हुन्छ।अर्कोतर्फ, नयाँ नेतृत्वको बाटो पनि खुल्छ। कमरेडहरू, पार्टी सुधार्ने मौका हो यो, पार्टीलाई फाइदै छ ।
हल्का हाँसो मिसिएको ताली बज्न थाल्छ।
Disclaimer: Fictional story for Fun, Not intended for educational purposes.