09/12/2021
🇳🇵🇳🇵🇳🇵सालिन बिकासप्रेमि नेता पूर्णबहादुर खड्का🇳🇵🇳🇵🇳🇵 :
🎇🎇६ महिने मेयरदेखि महामन्त्रीको यात्रा,🎇🎇
🌷🌷अबको गन्तव्य उपसभापति🌷🌷
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउनु हुन्छ। कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुनु हुन्छ उहाँ।
कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको महामन्त्री हुनु हुन्छ । उहा आसन्न महाधिवेशनमा उपसभापति पदका आकांक्षी हुनु हुन्छ। देउवा समूहले आफ्नो प्यानललाई अन्तिम रूप दिइनसकेको भए पनि उपसभापतिमा उहाको बलियो दाबेदारी छ ।
खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइ सक्नु भयको छ।उहाँ संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बन्नु भयको थियो ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भयका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति हुनु भयको थियो। त्यतिबेला उहा जम्मा २४ वर्षको हुनु हुन्थ्यो।पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उहाँ निरन्तर राजनीतिमा सक्रिय रहनु भयको थियो।
२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जित्नु भयको थियो तर उहालाइ पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उहालाइ अपदस्थ गरिदिएको थियो ।
विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताउनु भयका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बन्नु भयो भने एकपटक पराजित पराजित हुनु भयो।
२०४८, २०५१, २०५६ मा उहा प्रत्यक्ष चुनाव जितेर सांसद हुनु भयको थियो । २०६४ सालमा उहाँ समनुपातिक सांसद बन्नुभयको थियो। २०७० सालमा भएको चुनावमा जित्नु भयको खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित हुनु भयको थियो।
खड्का दुईपटक गृहमन्त्री भइसक्नु भयको छ।यस्तै, उहाले युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उहाले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाउनु भयको छ।
खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लड्नुभयको थियो । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित हुनु भयो। त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उहा निर्वाचित हुनु भयो। १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उहा सहमहामन्त्रीमा मनोनित हुनु भएको थियो। पछिल्लो १३ औं महाधिवेशनमा महामन्त्री बन्नुभयको हो।
देउवालाई संकटको बेलामा जहिल्यै काँध थाप्ने नेता हुनुहुन्छ खड्का। अब महाधिवेशनमा खड्कालाई काग्रेसी जनहरुले कांग्रेस को उपसभापति भयको हेर्न आतुर छ्न । जितको लागि अग्रिम शुभकामना दाजु 🙏🌲🌲