Sangam Yuba Manch

Sangam Yuba Manch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangam Yuba Manch, Birendranagar, Surkhet.

10/10/2013
08/10/2013

आज पहिलो खेलमा न्यु जेनेरेशन स्पोर्ट्स क्लबले ए बि सी स्पोर्ट्स क्लब (बि)लाई १-० को गोल अन्तरले जित हासिल गरेको छ | न्यु जेनेरेशन स्पोर्ट्स क्लबका तर्फबाट कृष्ण थापाले खेलको ५५ औ मिनेटमा निर्णायक गोल गरेका थिए | तेस्तै दोश्रो खेलमा संगम यूवा मञ्च (रातो) ले ३-० को नतिजा हात पार्दै जिवनज्योति स्पोर्ट्स क्लबलाई पराजित गरेको छ | संगमका तर्फबाट देविशरण गुरुङ , हिम बहादुर मल्ल र राजेश गुरुङले १-१ गोल गरि आफ्नो टिमलाई अग्रता दिएका थिए | आजको बिजेता टिम सेमिफाइनलमा प्रवेश गरेको छ |
भोलि हुने सेमिफाइनल खेलमा १:०० बजे पहिलो खेल संगम यूवा मञ्च (रातो) र जी अल क्लब बिच हुनेछ भने दोश्रो खेल ३:०० बजे ए बि सी स्पोर्ट्स क्लब (ए) र न्यु जेनेरेशन स्पोर्ट्स क्लब बिच हुनेछ |

07/10/2013

आज पहिलो खेलमा जी अल क्लबले संगम यूवा मञ्चलाई ७-१ को गोल अन्तरले जित हासिल गरेको छ | जी अलका तर्फबाट निर्मल पुरीले ५ गोल र चक्र डम्मरपालले २ गोल गरेका थिए भने संगमका तर्फबाट अजय खड्काले सान्त्वोना गोल गरेका थिए | तेस्तै दोश्रो खेलमा ए बि सी स्पोर्ट्स क्लब (ए) ले १२-० को नतिजा हात पार्दै साइनिंग स्पोर्ट्स क्लबलाई पराजित गरेको छ | ए बि सी स्पोर्ट्स क्लब (ए) का तर्फबाट खगेन्द्र खत्रीले सर्भादिक ८ गोल गरेका थिए भने मधुसुदन पुन २ , रोशन शाही १ र रमेश तारुंगले १ गोल गरि आफ्नो टिमलाई अग्रता दिएका थिए | आजको बिजेता टिमले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ |
भोलि १:०० बजे पहिलो खेल ए बि सी स्पोर्ट्स क्लब (बि) र न्यु जेनेरेशन स्पोर्ट्स क्लब बिच हुनेछ भने दोश्रो खेल ३:०० बजे संगम यूवा मञ्च र जिवनज्योति स्पोर्ट्स क्लब बिच हुनेछ |

06/10/2013

आज भएको पहिलो खेलमा ए बि सी स्पोर्ट्स क्लब (ए) ३-० को नतिजा सहित नौलो बिहानी स्पोर्ट्स क्लबलाई पराजित गरेको छ | ए बि सी स्पोर्ट्स क्लब (ए) को तर्फबाट ३ ओटै गोल खगेन्द्र खत्रीले गरेका थिए भने नौलो बिहानी स्पोर्ट्स क्लबका तर्फबाट रमेश साकवलले १ गोल गरेका थिए |ए बि सी स्पोर्ट्स क्लब (ब) र न्यु स्टार स्पोर्ट्स क्लब निर्धारित समय सम्म पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो | पेनाल्टीमा न्यु स्टार स्पोर्ट्स क्लबबाट ३ जना खेलाडीले क्रमैसँग गोल मिस गरेका थिए भने ए बि सी स्पोर्ट्स क्लब (ब) ले ३ गोल गरि ३-० को नतिजा हात पर्दै विजय भएको छ | तेस्तै तेस्रो खेलमा संगम यूवा मञ्च (रातो)ले बीरेन्द्रनगर स्पोर्ट्स क्लबलाई २-१ को नतिजा सहित बिजयी भएको छ | संगम यूवा मञ्च (रातो)का तर्फ बाट महेन्द्र थापाले २ गोल गरे भए बीरेन्द्रनगर स्पोर्ट्स क्लबक तर्फ बाट सुशान भारतीले १ गोल गरेका थिए |
भोलि २ वोटा खेल हुने छन् जसमा पहिलो खेल दिन को १:०० बजे संगम यूवा मञ्च (निलो) र जी अल क्लब बिच हुने छ भने दोश्रो खेल दिनको ३:०० बजे ए बि सी स्पोर्ट्स क्लब (ए) र साइनिंग युथ क्लब बिच हुनेछ |

06/10/2013

आज बिहान हुने भनिएको खेल बर्षातको कारणले गर्दा आज दिनको ११:०० बजे हुने भएको छ | जसमा ए बि सी स्पोर्ट्स क्लब (ए) र नौलो एकता स्पोर्ट्स क्लब बिच हुनेछ | बाँकी खेलहरु प्रकाशित समय अनुसार नै सुरु हुनेछ |

05/10/2013

आज मिति २०७०-०६-१९ गते देखि संगम यूवा मञ्चको चौथो बार्षिक उत्सव तथा शुभ विजयदशमी एवं दिपावलीको उपलक्ष्यमा "संगम कप २०७०" तेश्रो संस्करण सुरु भएको छ | क्लब का अध्यक्ष श्री निराजन रानाको सभापतित्वोमा कार्यक्रम संचालन भएको थियो | कार्यक्रममा प्रमुख अथिति जिल्ला फूटबल संघका अध्यक्ष श्री गोबर्धन खड्का हुनु हुन्थ्यो | यस प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू.२०,००० र दितीय हुने टिमलाई नगद रू.१०,००० पुरस्कार प्रदान गरिनेछ | यो प्रतियोगिता २०७०-०६-२४ गते सम्म संचालन हुनेछ |
आज भएको उद्घाटन खेल जि अल क्लब र बुधपथ स्पोर्ट्स क्लबका बिच भएको थियो | जसमा जि अल क्लबले ४-० को नतिजा हात पर्दै बिजयी सुरुवात गरेको छ | जि अलको तर्फबाट खेलको ३ मिनेटमा टिमका कप्तान निर्मल पुरीले पहिलो गोल गरेका थिए भने खेलको १९ मिनेटमा चक्र डम्मरपालले दोश्रो गोल गरेका थिए | खेलको ५० मिनेट र ५६ मिनेटमा पुनः चक्र डम्मरपाल र निर्मल पुरीले १-१ गोल गरेर आफ्नो विजय निश्चित गरेका थिए |
भोलि बिहान ८:०० बजे ए बि सी स्पोर्ट्स क्लब (ए) र नौलो एकता स्पोर्ट्स क्लब बिच खेल हुनेछ साथै दिनको १:०० बजे ए बि सी स्पोर्ट्स क्लब (बि) र नौलो एकता स्पोर्ट्स क्लब बिच खेल हुनेछ भने दिनको ३:०० बजे बीरेन्द्रनगर स्पोर्ट्स क्लब र संगम यूबा मञ्च बिच खेल हुने छ |

Campfire @ Holy Eve 2069
29/03/2013

Campfire @ Holy Eve 2069

01/01/2013

Sangam Yuba Manch till this date is in the highest position of Red Bull District League Football Tournament held in Surkhet Football Stadium. Sangam secures its position for semifinal match securing 9points in 4matches.

Results of league match played by Sangam Yuba Manch:
1st Match: Sangam Yuba Manch V/S New Generation Sports Club
Result : Sangam : 7goals, New Generation : 2goals
2nd Match: Sangam Yuba Manch V/S ABC Sports Club
Result : Sangam : 4goals, ABC : 2goals
3rd Match: Sangam Yuba Manch V/S Jivan Jyoti Sports Club
Result : Sangam : 0goals, Jivan Jyoti : 2goals
4th Match : Sangam Yuba Manch V/S Boys Union Sports Club
Result : Sangam :1goal, Boys Union : 0goals

Sangam Yuba Manch and Raaz Dance Training Centre Bhaili
19/11/2012

Sangam Yuba Manch and Raaz Dance Training Centre Bhaili

08/10/2012

"राष्ट्रिय पर्येटन तथा खेलकुद महोत्सवको अभियान, सिङ्गो राष्ट्र नेपालको पहिचान "
भन्ने मुल नारासहित येही असोज २६ गते देखि ३० गते सम्म सुर्खेतमा हुन गैरहेको राष्ट्रिय पर्येटन तथा खेलकुद महोत्सव - २०६९ भव्यरुपमा सफल पारौ |

खेलकुदतर्फ:
मैत्रीपुर्ण फूटबल खेल (राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हरु सम्मेलित)
मैत्रीपुर्ण भैलिबल खेल
मैत्रीपुर्ण राष्ट्रिय क्रिकेट खेल
मैत्रीपुर्ण बास्केटबल खेल आदि विभिन्न खेल समन्धि कार्यशाला |

फूटबल खेल हुने मिती : २०६९ असोज २९ गते दिउँसो ३:०० बजे (सुर्खेत रंगशाला)
महोत्सवका क्रममा फूटबल खेल तर्फ अन्तराष्ट्रिय स्तरमा समेत खयति कमाएका उपेन्द्रमान सिंह , रोहित चन्दसहित राष्ट्रिय, तथा स्थानिय खेलाडीहरु सम्मेलित मैत्रीपुर्ण फूटबल खेल हुने छ |

02/10/2012
02/10/2012

Sangam Cup 2069 Final Match : Mid Western Regional Police V/S G-All Sports Club.
Mid Western Regional Police 3goals, G-All 2goals.

Address

Birendranagar
Surkhet
00977

Website

Alerts

Be the first to know and let us send you an email when Sangam Yuba Manch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share