Sindhulionline.com

Sindhulionline.com a news portal from Sindhuli, Nepal
www.sindhulionline.com

"सिन्धुली अनलाइनडटकम । नामैले पनि तपाई, हामी सिन्धुलीका समाचार र सिन्धुलीका विचार सप्रेसित गर्छौं भन्ने बुझ्न सक्नुहुन्छ । "ताजा सिन्धुली अपडेटका साथ " भन्ने मुल अभिप्राय सहित हामीले समाचारमा विविधता र राष्ट्रिय एकतामा एकरुपताको नयाँ शुभारम्भको प्रयास गर्ने प्रत्यत्न थालेका छौं । "

वर्तमान समय सञ्चारको युग हो । सञ्चारका माध्यमबाट मानिसहरु एक आपसमा अत्यन्त नजिक बनेका छन् । गाउँ नै गाउँले भरिएको

हाम्रो नेपालको आजको विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउन ग्रामीण विकासको प्रमुख आवश्यकता छ । अहिलेको युग भनेको सुचना र प्रविधिको युग भएकोले सुचना प्रविधि मानिसको मौलिक अधिकार सरह बन्दै गएको छ । पछिल्लो समय सन्चारको विकास विना देशको विकास असम्भब: मानिदै आएको छ । देश विकासको प्रमुख मेरुदण्ड भनेको नै संचार क्षेत्रको विकास हुनुलाइ मानिन्छ जसले सामाजिक रुपान्तरणको पाटोमा अग्रणी भूमिका खेल्दै आएको छ ।
सूचना प्रविधिका क्षेत्रमा जनताको चेतना स्तर वृद्धि गराउनको निम्ति यसको प्रयोग ग्रामीण क्षेत्र सम्ममा लैजानुपर्नेमा जोड दिइएको छ । सरकारले पनि यसैलाइ मध्यनजर गर्दै हात हातमा मोवाईल तथा घरघरमा इन्टरनेटको अवधारणालाई अवलम्बन गरेको थियो । हाम्रो प्यूठान जिल्लाको सन्दर्भमा सबैको पहुँचमा इन्टरनेट सेवा नभएपनि बजार क्षेत्रमा कम्युटर तथा मुवाइलबाटै भएपनि इन्टरनेट सेवा लीइरहेका छन् । यसबाहेक गरिवीले गर्दा हाम्रो मुलुकबाट सयौ युवाहरु बिदेशिएका छन् जसले नेपाल तथा आफ्नो गाउँको खवर सुन्न हेर्न र पढ्न चाहन्छन् ।
यसैलाइ मध्यनजर गर्दै सिन्धुली जिल्लामा क्रियासिल पत्रकारहरुको सक्रियतामा ताजा सिन्धुली अपडेटका साथ नारा दिएर www.sindhulionline.com संचालनमा ल्याइएको छ । यस समुहले सिन्धुली जिल्लाको पाश्वचित्रको रुपमा काम गर्ने लक्ष्य लिएको छ भने जिल्लाका कुना कन्दरका समाचार बिश्वभर पुर्याउने उद्धेश्यले सिन्धुली अनलाइनडटकम न्युज पोर्टल संचालन गरीएको छ । यस डटकमले प्यूठान सहित देशभरका खबर पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराइसम्म सबै जिल्ला, सबै गाउँका समाचारलाइ विश्वभर पुर्याउने लक्ष्य लिएको छ ।

Address

Sindhuli
44605

Alerts

Be the first to know and let us send you an email when Sindhulionline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sindhulionline.com:

Share