26/06/2026
बादलले ढाक्यो भन्दैमा आकाश हराउँदैन।
थाक्यो भन्दैमा सपना मर्दैन।
कहिलेकाहीँ हार्नु पनि जित्ने बाटो बनिदिन्छ ।
आज आफैलाई धन्यवाद देऊ,
यति टाढासम्म आइपुगेकोमा।
आफ्नै काँधमा टाउको राखेर भन,
"म तिम्रो साथ कहिल्यै छोड्दिन।"
भोलिको उज्यालो आजको धैर्यले जन्माउँछ।
त्यसैले...
अलिकति मुस्कुराऊ, अलिकति बाँच,
र आफूलाई अझ अलि धेरै माया गर।
उही तिम्रो,
प्यारो मन...!!