All Update Post

All Update Post सुचना सञ्चार तथा मनोरञ्जन को साथी...! GM Khabar HD🙏🏻
(12)

14/06/2026
अस्मिताको न्यायका लागि फाइलमा सिग्नेचर गर्दै अगाडि बढाएका छन्  ! 🤗हस्पिटलको लापरबाहीबारे न्यायको माग अघि बढ्दै, पीडित सु...
12/06/2026

अस्मिताको न्यायका लागि फाइलमा सिग्नेचर गर्दै अगाडि बढाएका छन् ! 🤗

हस्पिटलको लापरबाहीबारे न्यायको माग अघि बढ्दै, पीडित सुजन घलानलाई मन्त्रालयमा भेटपछि छानबिनको आश्वासन ।🇳🇵

चितवनका सुजन घलानले अस्पतालको लापरबाहीका कारण श्रीमती गुमाएको घटनापछि न्यायको माग गर्दै लामो समयदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। घटनापछि परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर आवाज उठाउँदै आएको छ।यसैबीच, सम्बन्धित सरोकारवालाहरूले पीडित सुजन घलानसँग भेट गरी घटनाबारे ध्यान दिइएको र आवश्यक कानुनी प्रक्रिया तथा छानबिन अघि बढाइने आश्वासन दिएको बताइएको छ। मन्त्रालय तहबाट फाइल सिफारिस तथा प्रक्रिया अघि बढाउने तयारी भएको जानकारी पनि प्राप्त भएको छ।

पीडित परिवारले न्याय पाउने अपेक्षासहित राज्यको कदमलाई नजिकबाट नियालिरहेको छ। एक नवजात शिशुले आमाको माया गुमाएको यो पीडादायी घटनाले स्वास्थ्य प्रणालीको जिम्मेवारी र संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।📱💥

न्याय छिटो, निष्पक्ष र पारदर्शी रूपमा होस् भन्ने सबैको अपेक्षा । र सुदन गुरुङ्गलाई पनि धन्यवाद छ ! 🙏💐⚖️

गृहमन्त्री सुधन गुरुङले बालेनको ब्याक सपोर्ट पाएपछी अब पछी नहट्ने संकेत देखाएका छन।काण्डको फाइल खोज्दै, अब नछुट्ने गरी म...
12/06/2026

गृहमन्त्री सुधन गुरुङले बालेनको ब्याक सपोर्ट पाएपछी अब पछी नहट्ने संकेत देखाएका छन।काण्डको फाइल खोज्दै, अब नछुट्ने गरी मात्रै नेता पक्राउ गर्ने तयारीमा छन।👇👇

दुखद खबर: मलेसियमा एक नेपालीको मृत्यु!🥲🥲👇 पाँचथरका मनकुमार राई विगत करिब ८/९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिय...
11/06/2026

दुखद खबर: मलेसियमा एक नेपालीको मृत्यु!🥲🥲👇

पाँचथरका मनकुमार राई विगत करिब ८/९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका थिए। पछिल्लो केही महिनादेखि उनी अवैधानिक (इलिगल) रूपमा बस्दै आएको बताइएको छ। यसैबीच उनको निधन भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत परिवारको खोजी गरिएको थियो।

हाल मृतकका परिवारजनसँग सम्पर्क भइसकेको र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको सम्बन्धित स्रोतले जनाएको छ। नेपाली दूतावास, स्थानीय प्रशासन तथा विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाइएको छ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धेरै नेपालीहरूले परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, परिवारसम्म सूचना पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति समेत आभार व्यक्त गरिएको छ — in Kuala Lumpur, Malaysia.

एकजना टोले गुण्डा पक्राउ: 👇विस्तृत: गुण्डागर्दी गर्ने एक व्यक्ति पक्राउजिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा.-०५ स्थितबा...
11/06/2026

एकजना टोले गुण्डा पक्राउ: 👇

विस्तृत: गुण्डागर्दी गर्ने एक व्यक्ति पक्राउ
जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा.-०५ स्थितबाट टोले गुण्डा गर्दी सम्बन्धी कसुरमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-०६ स्थायी ठेगाना भई हाल काठमाडौँको कागेश्वरी मनोहरा न.पा. ५ स्थित बस्ने ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई विहिबार १२:०० बजेको समयमा नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा तामाङविरुद्ध यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेको तथ्य खुलेको छ । विवरण अनुसार उनी मिति २०७०/०४/३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा, मिति २०७५/११/१९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा,
मिति २०७९/११/०८ र २०८०/०४/१७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेका थिए ।
हाल उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

source: Nepal Police

यस्तो सुन्दा बा"आमाको मनमा के बित्छ होला ! 😳घरबाट पढ्न काठमाडौं पठाइएका युवतीहरू अवैध गतिविधिमा संलग्न ४ पुरुष र १२ युवत...
11/06/2026

यस्तो सुन्दा बा"आमाको मनमा के बित्छ होला ! 😳

घरबाट पढ्न काठमाडौं पठाइएका युवतीहरू अवैध गतिविधिमा संलग्न ४ पुरुष र १२ युवती सहित १६ जना पक्राउ ।काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले आएका केही युवतीहरू छिट्टै पैसा कमाउने मोहमा परेर अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार एक होटल सञ्चालकको योजनामा सञ्चालित समूहले विभिन्न माध्यमबाट ग्राहकसँग सम्पर्क गराउने, कुरा मिलाउने तथा आफ्नै सवारी साधन प्रयोग गरी युवतीहरूलाई सम्बन्धित स्थानसम्म पुर्‍याउने काम गर्दै आएको थियो।

लामो समयको गोप्य निगरानी र अनुसन्धानपछि प्रहरीले उक्त गतिविधिको पर्दाफास गर्दै १६ जनालाई पक्राउ गरेको जनाएको छ।

चोरिको नाटक कस्तो अचम्म! 😯 सुन पसलमै चोरीको नाटक सञ्चालक र कर्मचारी पक्राउ!बुटवलको एक सुन पसलबाट १ करोड ४६ लाख रुपैयाँभन...
11/06/2026

चोरिको नाटक कस्तो अचम्म! 😯 सुन पसलमै चोरीको नाटक सञ्चालक र कर्मचारी पक्राउ!
बुटवलको एक सुन पसलबाट १ करोड ४६ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरियो। तर अनुसन्धानका क्रममा घटना वास्तविक चोरी नभई योजनाबद्ध रूपमा रचिएको नाटक भएको खुलासा भएको छ।
प्रहरीका अनुसार बीमा रकम वा अन्य लाभ लिन उद्देश्यले चोरीको झुटो कथा बनाइएको आशंका गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा पसलका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
घटनाले धेरैलाई आश्चर्यमा पारेको छ भने सत्य बाहिर ल्याउन सफल भएकोमा प्रहरीको अनुसन्धानको प्रशंसा भइरहेको छ।

14 थान आइफोन जफत: प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छली गरी ल्याउँदै गरेको १४ थान आइफोन बरामद गरेको छ ।बुटवलबाट काठ...
11/06/2026

14 थान आइफोन जफत: प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छली गरी ल्याउँदै गरेको १४ थान आइफोन बरामद गरेको छ ।
बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रु बाहक बसबाट आइफोन बरामद गरिएको हो ।
प्रहरीले बरामद आइफोन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।👇

हर्क सामपाङ बाँदर संगै नाचेका छन्।😁😁Fun post
11/06/2026

हर्क सामपाङ बाँदर संगै नाचेका छन्।😁😁

Fun post

एक नेपालीको बिदेशमा दुखद निधन!🥲धन कमाउन गएका        झापाको कमल गाउँपालिका–३ केर्खा (बोहोराटोल) निवासी मदन अधिकारीको टर्क...
11/06/2026

एक नेपालीको बिदेशमा दुखद निधन!🥲
धन कमाउन गएका
झापाको कमल गाउँपालिका–३ केर्खा (बोहोराटोल) निवासी मदन अधिकारीको टर्कीमा निधन भएको छ। वैदेशिक रोजगारको सिलसिलामा करिब ९ महिनाअघि टर्की गएका अधिकारीको असामयिक निधन भएको खबर प्राप्त भएपछि परिवार, आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन्।

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when All Update Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to All Update Post:

Share