23/05/2026
अभिनेताले किन प्रशिक्षण लिनुपर्छ ?
उहिल्यै देखि अभिनय जगतका बारे एउटा खतरनाक भ्रम फैलिएको छ। “अभिनय त स्वाभाविक कुरा हो”, “प्रतिभा भए पुग्छ”, “क्यामेरा अगाडि उभिएपछि आफैँ अभिनय आउँछ।”यही भ्रमले धेरै कलाकारलाई सतही बनाइरहेको छ । अभिनयलाई केवल संवाद बोल्ने कला ठान्ने प्रवृत्तिले रंगमञ्च र सिनेमाको गहिराइ दुवैलाई कमजोर बनाइरहेको छ । साँचो कुरा के हो भने अभिनय प्रतिभाबाट सुरु हुन्छ, तर प्रशिक्षण बिना परिपक्व हुँदैन। एक जना गायकले रियाज गर्छ ।नर्तकले शरीर साधना गर्छ । वाद्यवादकले दिनौँ अभ्यास गर्छ । तर अभिनेता चाहिँ “फिलिङ आयो भने अभिनय भइहाल्छ” भन्ने सोच राख्छ भने त्यो कला होइन, संयोग मात्र हो । अभिनेता भनेको केवल संवाद बोल्ने मानिस होइन । उसको शरीर भाषा हो । उसको आवाज संगीत हो । उसको मौन पनि संवाद हो । उसको श्वास, दृष्टि, चाल, लय, विराम सबै अभिनयका औजार हुन् । र कुनै पनि औजार प्रशिक्षण बिना धारिलो हुँदैन ।प्रशिक्षणले अभिनेता भित्र तीनवटा ठूला परिवर्तन ल्याउँछ।
१. प्रशिक्षणले “नक्कल” बाट “सिर्जना” तर्फ लैजान्छ
अधिकांश नयाँ अभिनेता अरूलाई हेरेर अभिनय गर्छन् । कसैको बोली, कसैको हाउभाउ, कसैको स्टाइल । त्यो अभिनय होइन, प्रतिलिपि हो । प्रशिक्षित अभिनेता चरित्र देखाउँदैन, चरित्र बन्छ । उसले पात्रको मनोविज्ञान बुझ्छ । उसले पात्र किन चुप छ भन्ने पनि अभिनय गर्न सक्छ । किन रिसाएको छ भन्ने मात्र होइन, रिस दबाइरहेको छ भन्ने पनि देखाउन सक्छ । सतही अभिनय र जीवित अभिनयको बीचमा यहि अन्तर हुन्छ ।
२. प्रशिक्षणले शरीर र आवाजलाई मुक्त गर्छ
धेरै मानिस वास्तविक जीवनमा पनि स्वतन्त्र हुँदैनन् । शरीर अरह्ठो हुन्छ । आवाज मलिन हुन्छ । भावनाहरू दबिएका हुन्छन् ।त्यस्तो मानिस स्टेजमा पुगेर अचानक स्वतन्त्र हुन सक्दैन । प्रशिक्षण भनेको शरीर खोल्ने प्रक्रिया हो । आवाजलाई गहिरो बनाउने प्रक्रिया हो । भावनालाई नियन्त्रण र अभिव्यक्त गर्न सिक्ने प्रक्रिया हो ।एक प्रशिक्षित अभिनेता चिच्याउन मात्र जान्दैन, फुसफुसाएर पनि दर्शकलाई हल्लाउन सक्छ । ऊ रोइरहेको दृश्य मात्र गर्दैन, आँसु नझारी पीडा देखाउन सक्छ ।
३. प्रशिक्षणले अनुशासन सिकाउँछ
प्रतिभा अस्थायी हुन सक्छ ।मूड पनि अस्थायी हुन्छ ।तर अभिनेता हरेक दिन सिर्जनात्मक रहनुपर्छ । क्यामेराले “आज मेरो फिलिङ आएन” स्वीकार्दैन । मञ्चले “आज ऊर्जा कम थियो” माफ गर्दैन । त्यसैले प्रशिक्षणले कलाकारलाई एउटा कठोर अनुशासन दिन्छ । समयप्रतिको सम्मान । सहकार्य गर्ने क्षमता । सुन्ने क्षमता ।र निरन्तर आफैँलाई तोडेर नयाँ बन्ने साहस ।
अभिनय केवल मनोरञ्जन होइन, महान अभिनयले समाजको लुकेको पीडा देखाउँछ । मानिसको मौनता बोलाउँछ । हामीभित्रको अन्धकार र करुणा दुवै उजागर गर्छ । त्यसैले अभिनय केवल “फेम” वा “स्टारडम” को बाटो होइन । यो आत्मा र समाज दुवैसँगको गम्भीर संवाद हो । र गम्भीर संवाद बिना तयारी सम्भव हुँदैन । कसैले जन्मिँदै अभिनेता भएर आउँदैन । ऊ सँग सम्भावना भएर आउन सक्छ । तर प्रशिक्षणले मात्र त्यो सम्भावनालाई कला बनाउँछ । प्रशिक्षण बिना अभिनेता प्रायः आफ्नै सीमाको कैदी हुन्छ । प्रशिक्षणपछि ऊ आफूभित्र लुकेका सयौँ मानिसहरू भेट्न थाल्छ । किनकि अन्ततः अभिनय भनेको अरू बन्ने कला होइन,आफूभित्र भएका अनगिन्ती मान्छेलाई चिन्न सक्ने क्षमता हो ।
Via: Anup Baral | Anup Baral