ActShala

ActShala Do you think you can act or perform? Of course you can! Join 'ActShala', an Acting School powered by Art.Ink. Do you think you can act? Sure you can!

Join ACTSHALA, an open platform of/for Artists & Actors who wants to make a difference in Theatres and Films. Join us now and come alive! If you are around Pokhara or Kathmandu and enthusiastic in Acting. Join ActShala for an intensive 'Master Class in Acting'. Fill our online form right now, we will contact you for our next session of class.
*Fill the form: https://docs.google.com/forms/d/1oupAuheetIXQ93PrK4-4xDsraDD-DUYELmU5MzWHGH0/viewform?usp=send_form

Remember us for:
● Acting Preparation Classes
● Casting for Films, Theatre Productions, and Music Videos
● Film and theatre productions and exhibitions
● Theatre for Development

KALEEJEE – UNKO SWEATER🎬 CASTING / AUDITION CALLWe are looking forWomen & Men | 18–75 yearsActors from Darjeeling, Kalim...
17/09/2026

KALEEJEE – UNKO SWEATER

🎬 CASTING / AUDITION CALL

We are looking for
Women & Men | 18–75 years

Actors from Darjeeling, Kalimpong, Sikkim, Siliguri, Northeast India and Indigenous communities are especially encouraged to apply.

Maybe…
One of these characters is you.

📩 Email for the audition details.
[email protected]
Source: https://www.facebook.com/share/p/1DDvgfBj21/

KALEEJEE – UNKO SWEATER

🎬 CASTING / AUDITION CALL

We are looking for
Women & Men | 18–75 years

Actors from Darjeeling, Kalimpong, Sikkim, Siliguri, North East India and Indigenous communities are especially encouraged to apply.

Maybe…
one of these characters is you.

📩 DM us for audition details.
[email protected]

कास्टीङ कल: "लाहुरे जुत्ता"फिचर फिल्मको लागि लिम्बू,राई,मगर, गुरुङ कलाकारहरूको आवश्यक्ताहाम्रो आगामी फिचर फिल्म "लाहुरे ...
18/07/2026

कास्टीङ कल: "लाहुरे जुत्ता"
फिचर फिल्मको लागि लिम्बू,राई,मगर, गुरुङ कलाकारहरूको आवश्यक्ता
हाम्रो आगामी फिचर फिल्म "लाहुरे जुत्ता" को लागि लिम्बू , राई,मगर, गुरुङ समुदायबाट यूवा, जोशिलो १६-३० वर्ष (पुरुष/महिला) कलाकारहरू खोजिरहेका छौं।
यो एक अर्थपूर्ण सिनेमा परियोजनामा ​​आफ्नो प्रतिभा प्रदर्शन गर्ने एक विशेष अवसर हो। कास्टीङ कलमा सहभागी हुनुहोस् ।
.

एउटा सानो कदमले कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो यात्रा सुरु गराउँछ। 🎭✨Fee   for  . Via: Pokhara Theatre.     . https://w...
26/06/2026

एउटा सानो कदमले कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो यात्रा सुरु गराउँछ। 🎭✨
Fee for .
Via: Pokhara Theatre.
.
https://www.facebook.com/share/p/1ErZfX8mYw/

एउटा सानो कदमले कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो यात्रा सुरु गराउँछ। 🎭✨

हामी केही नयाँ अनुहारहरूको प्रतीक्षामा छौं।

Using Radio Theatre as a Teaching Tool |Students develop their communication and collaboration skills while having fun i...
06/06/2026

Using Radio Theatre as a Teaching Tool |
Students develop their communication and collaboration skills while having fun in these storytelling-based activities.
.

Students develop their communication and collaboration skills while having fun in these storytelling-based activities.

" " कुनै स्लोगन मात्र होइन । यो एउटा निमन्त्रणा हो कृत्रिम जीवनभन्दा पर आफूलाई भेट्ने यात्रा ।यदि तपाईं अभिनय सिक्न होइन...
04/06/2026

" " कुनै स्लोगन मात्र होइन । यो एउटा निमन्त्रणा हो कृत्रिम जीवनभन्दा पर आफूलाई भेट्ने यात्रा ।
यदि तपाईं अभिनय सिक्न होइन, आफ्नो सत्य खोज्न तयार हुनुहुन्छ भने, Actorsstudio Nepal को यो यात्रा तपाईंका लागि हुन सक्छ।
अभिनेताले किन प्रशिक्षण लिनुपर्छ ?
उहिल्यै देखि अभिनय जगतका बारे एउटा खतरनाक भ्रम फैलिएको छ। “अभिनय त स्वाभाविक कुरा हो”, “प्रतिभा भए पुग्छ”, “क्यामेरा अगाडि उभिएपछि आफैँ अभिनय आउँछ।”यही भ्रमले धेरै कलाकारलाई सतही बनाइरहेको छ । अभिनयलाई केवल संवाद बोल्ने कला ठान्ने प्रवृत्तिले रंगमञ्च र सिनेमाको गहिराइ दुवैलाई कमजोर बनाइरहेको छ । साँचो कुरा के हो भने अभिनय प्रतिभाबाट सुरु हुन्छ, तर प्रशिक्षण बिना परिपक्व हुँदैन। एक जना गायकले रियाज गर्छ ।नर्तकले शरीर साधना गर्छ । वाद्यवादकले दिनौँ अभ्यास गर्छ । तर अभिनेता चाहिँ “फिलिङ आयो भने अभिनय भइहाल्छ” भन्ने सोच राख्छ भने त्यो कला होइन, संयोग मात्र हो । अभिनेता भनेको केवल संवाद बोल्ने मानिस होइन । उसको शरीर भाषा हो । उसको आवाज संगीत हो । उसको मौन पनि संवाद हो ।
For more information: https://www.facebook.com/share/p/1Y2piJ3yy4/
Anup Baral Dev Neupane .maskey_baral
.

अभिनेताले किन प्रशिक्षण लिनुपर्छ ?उहिल्यै देखि अभिनय जगतका बारे  एउटा खतरनाक भ्रम फैलिएको छ। “अभिनय त स्वाभाविक कुरा हो”...
23/05/2026

अभिनेताले किन प्रशिक्षण लिनुपर्छ ?
उहिल्यै देखि अभिनय जगतका बारे एउटा खतरनाक भ्रम फैलिएको छ। “अभिनय त स्वाभाविक कुरा हो”, “प्रतिभा भए पुग्छ”, “क्यामेरा अगाडि उभिएपछि आफैँ अभिनय आउँछ।”यही भ्रमले धेरै कलाकारलाई सतही बनाइरहेको छ । अभिनयलाई केवल संवाद बोल्ने कला ठान्ने प्रवृत्तिले रंगमञ्च र सिनेमाको गहिराइ दुवैलाई कमजोर बनाइरहेको छ । साँचो कुरा के हो भने अभिनय प्रतिभाबाट सुरु हुन्छ, तर प्रशिक्षण बिना परिपक्व हुँदैन। एक जना गायकले रियाज गर्छ ।नर्तकले शरीर साधना गर्छ । वाद्यवादकले दिनौँ अभ्यास गर्छ । तर अभिनेता चाहिँ “फिलिङ आयो भने अभिनय भइहाल्छ” भन्ने सोच राख्छ भने त्यो कला होइन, संयोग मात्र हो । अभिनेता भनेको केवल संवाद बोल्ने मानिस होइन । उसको शरीर भाषा हो । उसको आवाज संगीत हो । उसको मौन पनि संवाद हो । उसको श्वास, दृष्टि, चाल, लय, विराम सबै अभिनयका औजार हुन् । र कुनै पनि औजार प्रशिक्षण बिना धारिलो हुँदैन ।प्रशिक्षणले अभिनेता भित्र तीनवटा ठूला परिवर्तन ल्याउँछ।
१. प्रशिक्षणले “नक्कल” बाट “सिर्जना” तर्फ लैजान्छ
अधिकांश नयाँ अभिनेता अरूलाई हेरेर अभिनय गर्छन् । कसैको बोली, कसैको हाउभाउ, कसैको स्टाइल । त्यो अभिनय होइन, प्रतिलिपि हो । प्रशिक्षित अभिनेता चरित्र देखाउँदैन, चरित्र बन्छ । उसले पात्रको मनोविज्ञान बुझ्छ । उसले पात्र किन चुप छ भन्ने पनि अभिनय गर्न सक्छ । किन रिसाएको छ भन्ने मात्र होइन, रिस दबाइरहेको छ भन्ने पनि देखाउन सक्छ । सतही अभिनय र जीवित अभिनयको बीचमा यहि अन्तर हुन्छ ।
२. प्रशिक्षणले शरीर र आवाजलाई मुक्त गर्छ
धेरै मानिस वास्तविक जीवनमा पनि स्वतन्त्र हुँदैनन् । शरीर अरह्ठो हुन्छ । आवाज मलिन हुन्छ । भावनाहरू दबिएका हुन्छन् ।त्यस्तो मानिस स्टेजमा पुगेर अचानक स्वतन्त्र हुन सक्दैन । प्रशिक्षण भनेको शरीर खोल्ने प्रक्रिया हो । आवाजलाई गहिरो बनाउने प्रक्रिया हो । भावनालाई नियन्त्रण र अभिव्यक्त गर्न सिक्ने प्रक्रिया हो ।एक प्रशिक्षित अभिनेता चिच्याउन मात्र जान्दैन, फुसफुसाएर पनि दर्शकलाई हल्लाउन सक्छ । ऊ रोइरहेको दृश्य मात्र गर्दैन, आँसु नझारी पीडा देखाउन सक्छ ।
३. प्रशिक्षणले अनुशासन सिकाउँछ
प्रतिभा अस्थायी हुन सक्छ ।मूड पनि अस्थायी हुन्छ ।तर अभिनेता हरेक दिन सिर्जनात्मक रहनुपर्छ । क्यामेराले “आज मेरो फिलिङ आएन” स्वीकार्दैन । मञ्चले “आज ऊर्जा कम थियो” माफ गर्दैन । त्यसैले प्रशिक्षणले कलाकारलाई एउटा कठोर अनुशासन दिन्छ । समयप्रतिको सम्मान । सहकार्य गर्ने क्षमता । सुन्ने क्षमता ।र निरन्तर आफैँलाई तोडेर नयाँ बन्ने साहस ।
अभिनय केवल मनोरञ्जन होइन, महान अभिनयले समाजको लुकेको पीडा देखाउँछ । मानिसको मौनता बोलाउँछ । हामीभित्रको अन्धकार र करुणा दुवै उजागर गर्छ । त्यसैले अभिनय केवल “फेम” वा “स्टारडम” को बाटो होइन । यो आत्मा र समाज दुवैसँगको गम्भीर संवाद हो । र गम्भीर संवाद बिना तयारी सम्भव हुँदैन । कसैले जन्मिँदै अभिनेता भएर आउँदैन । ऊ सँग सम्भावना भएर आउन सक्छ । तर प्रशिक्षणले मात्र त्यो सम्भावनालाई कला बनाउँछ । प्रशिक्षण बिना अभिनेता प्रायः आफ्नै सीमाको कैदी हुन्छ । प्रशिक्षणपछि ऊ आफूभित्र लुकेका सयौँ मानिसहरू भेट्न थाल्छ । किनकि अन्ततः अभिनय भनेको अरू बन्ने कला होइन,आफूभित्र भएका अनगिन्ती मान्छेलाई चिन्न सक्ने क्षमता हो ।
Via: Anup Baral | Anup Baral

Open Call for “ ”- a   |Mandala Theatre-Nepal invites applications from aspiring playmakers and directors to participate...
03/05/2026

Open Call for “ ”- a |
Mandala Theatre-Nepal invites applications from aspiring playmakers and directors to participate in Devising Kathmandu- Making the Invisible Visible.
Mandala Theatre Nepal
For more...

Mandala Theatre-Nepal invites applications from aspiring play makers and directors to participate in Devising Kathmandu- Making the Invisible Visible.

सूचना ! सुचना !! सूचना !!!यही आउँदो बैशाख १६ गते बाट २२ गतेसम्म Gurung Film Association Nepal - GFAN नेपालको आयोजना र ने...
20/04/2026

सूचना ! सुचना !! सूचना !!!
यही आउँदो बैशाख १६ गते बाट २२ गतेसम्म Gurung Film Association Nepal - GFAN नेपालको आयोजना र नेपाल सरकार, चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला हुन गैरहेको छ ।
इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौं, साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏
अध्यक्ष: राज ब. गुरुङ (राजेश)
Anup Baral Anup Baral Hansadhwani Theatre
https://www.facebook.com/share/p/16uiGNEvHE/

सूचना ! सुचना !! सूचना !!!

यही आउदो बैशाख १६ गते बाट २२ गते सम्म गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको आयोजना र नेपाल सरकार चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला २०८३ हुन गैरहेको हुदा सम्बन्धित सम्पुर्णमा यो जानकारी गर्दछौ। इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौ साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏

अध्यक्ष: राज ब. गुरुङ (राजेश)

Address

Kathmandu
Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when ActShala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to ActShala:

Shortcuts

Share