03/10/2025
आयुद्रोण सुतॆ, श्रीयो दशरथॆ, शत्रुक्षयो राघवॆ।
ऐश्वर्य नहुषॆ, गतिक्ष पवनॆ, मानञ्च दुर्योधने॥
शौर्य शान्त नवॆ, बलं हलधरे, सत्यञ्च कुन्ती सुतॆ।
विज्ञानं विदुरॆ, भवन्तु भवतः, कीर्तिक्ष नारायणे॥
द्रोणाचार्यका छोरा अश्वत्थामाजस्तै बलवान् होस्।
दशरथ पुत्र रामजस्तै श्रीमान् र धर्मपरायण होस्।
रघुवंशका रामजस्तै शत्रु विजेता होस्।
नहुषराजाजस्तै ऐश्वर्यशाली होस्।
पवनपुत्र हनुमानजस्तै गतिशील (चपल) होस्।
दुर्योधनजस्तै मान–प्रतिष्ठा पाओस्।
भीष्मजस्तै शौर्यवान् होस्।
हलधर (बलराम) जस्तै बलशाली होस्।
कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यप्रिय होस्।
विदुरजस्तै विज्ञानी होस्।
र भगवान् नारायणजस्तै कीर्तिशाली होस्।
🌸 दशैं टीका मन्त्र (महिलाका लागि)
जयन्ती मङ्गला काली, भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोऽस्तु ते॥
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा र धात्री नामले प्रसिद्ध देवीलाई
स्वाहा र स्वधा सहित नमस्कार छ।