03/09/2026
सांस्कृतिक सम्पदाको जगेर्ना, हाम्रो सामूहिक प्रतिबद्धता! 🇳🇵
बाल गोपाल तायमचा समितिको विशेष निमन्त्रणामा टिम प्रोजेक्ट बाजाद्वारा आयोजित १० दिने तायमचा बाजा तथा परम्परागत नृत्य प्रशिक्षण कार्यक्रम सफलतापूर्वक अगाडि बढिरहेको छ।
यस प्रशिक्षणको मुख्य उद्देश्य हाम्रो अमूल्य लोक संस्कृति र परम्परागत कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै सांस्कृतिक कार्यक्रमहरूको प्रवर्द्धन गर्नु हो।
यस सुखद अवसर र सहकार्यका लागि गौडामुख तायमचा समिति परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏❤️