22/10/2026
🌦️ मौसम अपडेट: धान र अन्य बाली सकेसम्म १० गतेअघि नै भित्र्याउनुहोस्।
आज कात्तिक ५ गते बडादशैँको एकादशी बिहिबारको दिन मध्यान्हको १२ बजे मौसमी गतिविधी हेर्दा बंगालको खाडीमा न्यूनचापीय प्रणाली तीव्रगतिमा विकसित भइरहेको देखिन्छ | पछिल्लो २४ घण्टाको अवस्था हेर्दा, १० गते मंगलबारदेखि मौसम बदली हुने र बुधबारदेखि वर्षा सुरु हुने देखिन्छ। हिजोको पोस्टमा ✍ उल्लेख गरेझैँ, यो वर्षा प्रणालीको प्रभाव झण्डै एक हप्तासम्म रहन सक्ने देखिन्छ। यसको अर्थ लगातार पानी परिरहने भन्ने होइन। बीचबीचमा वर्षा रोकिने भए पनि मौसम पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी परिरहने सम्भावना छ। मुख्य चिन्ताको विषय वर्षाको अवधि मात्र होइन, एक हप्ताभित्र जम्मा हुने वर्षाको मात्रा पनि हो। यो प्रणाली अझै विकसित हुँदै गएकाले वर्षाको मात्रा बढ्न सक्ने र केही स्थानमा असिनासमेत पर्न सक्ने सम्भावना छ। त्यसैले, सम्भव भएसम्म १० गतेअघि नै पाकेको धान र अन्य बाली काटेर सुरक्षित राख्नु उपयुक्त हुन्छ। वर्षा सुरु भएपछि बाली काट्न, सुकाउन र भित्र्याउन कठिनाइ हुन सक्छ। समयमै सावधानी अपनाऔँ र सम्भावित क्षतिबाट जोगिऔँ। यो वर्षाको प्रभाव अलि बढी पुर्वी र मध्य देखी गण्डक क्षेत्रमा अलि बढी हुने देखिन्छ । हिमालीक्षेत्रमा हिमपात पनि उल्लेख्य हुनसक्छ । अत: उच्च हिमालीक्षेत्रको पदयात्रामा जाँदा सावधानी अपनाउनु जरुरी हुनेछ । मौसम प्रणालीको अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो मौसम पूर्वानुमानलाई पनि ध्यान दिऔँ। जय होस 🙏