बाह्र मष्ट सुतार कार्की कुल वंश

  • Home
  • बाह्र मष्ट सुतार कार्की कुल वंश

बाह्र मष्ट सुतार कार्की कुल वंश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाह्र मष्ट सुतार कार्की कुल वंश, Cultural Center, Ratuwamai/8 Morang, .

बाह्र मष्ट सुतार कार्की कुल बंश समस्त बन्धुहरु जोडिनु भएकोमा धन्यवाद ।।
यसमा जोडिनु भएका बन्धुहरुले एक अर्कामा सद्भाव ,आधार, सम्मान राखेर गैर राजनितिक भावना , प्रेम कायम राखिदिनु होला।।

23/04/2026

आदरणीय, माननीय सबै बन्धुहरू मा नमस्कार ! यसपालिको गोठ धुप यहि बैशाख १८ गते शुक्रबार को दिन पर्न गएको र दाम्राभिट्टा निवासी हाम्रो अग्रज हरि बहादुर कार्की ज्यु को घरमा गरिने कुरा सबै लाइ जानकारी गराउन चाहन्छु, सबै ले सबै बन्धुलाइ यो समाचार पुर्याएर सहयोग गरिदिनु हुनेछ भन्ने पनि आशा लिएको छु ।
धन्यवाद।

22/04/2026

आउन लागेको उभौली पर्व यहि बैशाख १८ गतेका दिन गोठधुप समिति बाट गोठ धुप स्थान छनोट गरि सबै बन्धु हरुमा जानकारी गराईदिन हुन बिनम्र अनुरोध गर्दछु ।

साथै, सोही दिन मूल समिति सहित दाजु रञ्जित कार्की ज्यूबाट हाम्रो सुतारकार्की कुल प्रतिष्ठान संस्थाको प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम पनि आयोजना गरिएको छ। उक्त कार्यक्रममा सबैको राय–सल्लाह अत्यन्त महत्वपूर्ण हुने भएकाले सम्पूर्ण अग्रजहरूलाई अनिवार्य रूपमा उपस्थित भई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।

– भान्जो धामी (मनिष / राजन कार्की)

17/04/2026

आमा भनेको माया हो,
आमा भनेको छाया हो।
दुःखमा पनि साथ दिने,
आमा जीवनको माया हो।
आँसु झर्दा अँगालो दिने,
हार्दा पनि हौसला दिने,
जिन्दगीको हरेक मोडमा,
आमा नै सहारा हो।

आमा – निस्वार्थ माया, अथाह त्याग, र जीवनभरको प्रेरणा।
“जहाँ आमा हुन्छिन्, त्यहीँ स्वर्ग हुन्छ।”
समस्त कार्की परिवारमा आजको मातातिर्थ औंशिमा आमाहरुलाई नमन।
कुल मष्ट देवताले रक्षा गरून्।।।

09/12/2025

नमस्कार सम्पुर्ण बन्धुहरुमा आज मिति २०८२/०९/२३ गते हाम्रो गोठधुप पुजा हाम्रो मुल घर भुल्काडुभामा सम्पन्न भयो र साथै अर्को जानकारी पनि के गराउनचाहे भने हाम्रो कुलपुजा समिती का सद्स्य आदरणीय ब्डा Mahendra Bdr Karki ज्युले आफ्ना स्व•पित्रीका नाउमा यस हाम्रो कुल मन्दिरमा कुल पुजाका निमित चाहिने सामन राख्ने एक बाकस मूल्य रु = ३२५० उपलब्ध गराउनु भएको छ यसको लागि उहाँलाई कुलायन पुजा समिती को तर्फबाट मुरि मुरि धन्यवाद 🙏💐 साथै मष्ट गोसाइले सदैव कल्याण गरून् परिवारजनमा सुख शान्ती प्रदान गरून् 🙏🙏

नमस्कार सम्पुर्ण बन्धुहरुमा  आज  मिति २०८२/०९/२३ गते हाम्रो गोठधुप पुजा हाम्रो मुल घर भुल्काडुभामा सम्पन्न भयो र साथै अर...
09/12/2025

नमस्कार सम्पुर्ण बन्धुहरुमा आज मिति २०८२/०९/२३ गते हाम्रो गोठधुप पुजा हाम्रो मुल घर भुल्काडुभामा सम्पन्न भयो र साथै अर्को जानकारी पनि के गराउनचाहे भने हाम्रो कुलपुजा समिती का सद्स्य आदरणीय ह्जुर बुवा @प्रेम बहादुर कार्की ज्युले आफ्ना स्व• माता पिताका नाममा पित्रीका नाउमा यस हाम्रो कुल मन्दिरमा कुल पुजाका निमित चाहिने सामन राख्ने एक दराजको मूल्य रु =१३००० उपलब्ध गराउनु भएको छ यसको लागि उहाँलाई कुलायन पुजा समिती को तर्फबाट मुरि मुरि धन्यवाद 🙏💐 साथै मष्ट गोसाइले सदैव कल्याण गरून् परिवारजनमा सुख शान्ती प्रदान गरून् 🙏🙏

26/09/2025

पशुबली ( भ्रम र वास्तविकता ) बिरोधिहरुले बुझ्नुपर्ने कुरा !! बलि परम्पराको वास्तविकता यस्तो छ ( पूरा पढ्नुस )

म शाकाहारी बनेको ०७ वर्ष भयो । यो ०७ वर्षमा मैले आफूलाई एकदम स्वस्थ, फुर्तिलो र रोगमुक्त पाएको छु । हामी शाकाहारि बन्दा पशुबली आफैं रोक्किन्छ।

तर यहाँ पशुबली रोक्नु परेको नभै जबर्जस्ती सनातनिलाई पापी र निचा देखाउनैको लागि बलिको बिरोध गरिन्छ तर घर अघिको मासु पसलको बिरोध गरिन्न ।

यी बिरोधिहरु सधैं आफैं मासु खानेहरु हुन या त बलि परम्परा नै नबुझेका हुन् ।

फेरि कोहि गुरुहरु पशु बलि दिने हैन , काम, क्रोध, लोभ, मोहको बलि दिने हो भन्दै भ्रम पिट्छन । यी त झन् बलि परम्परा बुझ्दै नबुझेका पाखन्डी हुन् ।

सोच्नुस !

दैनिक मासु पसलमा धेरै पशु मर्लान कि ? मन्दिरमा वा दशैं, कुलपुजा आदिमा दिने बलिमा ?

कृसमस र ईदको पशुहत्या कसैले बिरोध गरेको सुन्नुभएको छ ? फेरि यी दुईको पनि बिरोध हुनुपर्यो भनेको हैन । कसैको पनि मान्यतामा हस्तक्षेप किन ??? अनि हिन्दुकै मात्र बिरोध ??? किन ??? बुझ्नुस अब ...

बलिप्रथा के हो ?

मानव सभ्यता विकासको क्रममा जंगलमा आगलागी भयो, खानेकुरा अभाव भयो, मान्छे भोकै पर्दा त्यहाँ डढेका पशुहरु खाए, त्यहिँबाट मानव मांशाहारि बन्यो भनिएको छ ।

जे सुकै भएपनी मानिस घाँसपात मात्र खाने हैन उसले मासु, अन्डा, दूध र अन्न सबै नै खाने हो भन्नेकुरा मानव ईतिहास र विकास क्रमले नै देखाउँछ ।

जब मांसाहारकै लागि भनेर पशुहरुको हत्या हुनथाल्यो त्यतिखेर ब्रह्माण्डभर अशान्ती, कोलाहाल मच्चिएपछि ऋषिमुनिले एउटा नियम बनाए ,

यदि पशुहत्या गरेर खानु नै परेमा बलि दिएको मात्र खानुपर्ने हुन्छ नभए हुँदैन । बलि दिनको लागि उचित समय तोकियो र त्यतिखेर मात्र खान पाईने नियम बनाईयो ।

तर मन्दिरमा वा पर्वमा बलि दिनैको लागि पनि कस्लाई दिने ? देवि र देवताले त बलि खाँदैनन । त्यसैले बलि दिनैको लागि भनेर देविसंगै देविका , रुद्रसंग रुद्रका र विनायकसंग विनायकका गणहरु बोलाईयो र गणहरुलाई पनि स्थापना गराईयो ।

गणहरु रगतले तृप्त हुनेभए र मागेको कुरा ( भाकल ) पूरा गरिदिने तागत पनि राखे । वास्तवमा बलि रुद्र, देवि र विनायकका गणहरु ( भुत, प्रेत, पिचाश, यक्ष , यक्षिनी ) ले खाने हुन् र उनैले भाकल पूरा गर्ने हुन् । बलि कुनै देवि वा देवताले खाने हैन ।

अब सोच्नुस मानौं बलि बन्द भयो !!

यक्ष, पिचाश, प्रेत, भुत सबै छँदै नै छन् । तर मुर्खहरु आँखाले देखेको चिज मात्र बिश्वास गर्छन् जबकी २० हर्ज भन्दा कम र २० किलोहर्ज भन्दा बढी आवाज समेत मान्छेले सुन्दैन भने कुकुरले देख्ने हरेक जीव मान्छेले देख्दैन ।

कुकुरको जती पनि क्षमता नभएको मान्छे देखेको कुरा मात्र बिस्वस गर्छु भन्छ भने त्यो बिज्ञान र धर्म दुबै नबुझेको पाखन्डि हो ।

यो बेलामा बलि बन्द भयो भने भुत,प्रेत, पिचास, यक्ष र यक्षिणी अतृप्त हुन्छन् र उनिहरु रगत खोज्दै मानवको दुर्घटना गराउँछन , रगत बगाउँछन । किनकी उनिहरु रगतले मात्र तृप्त हुन्छन् ।

बलि एकाएक रोक्दा हत्या, दुर्घटना, रोग, शोकले घरमा संकट आएको धेरै घटना छन् र यो भएर नै छाड्छ ।

कस्तो अचम्म !!

अनावश्यक पशुहत्या हुँदा पनि र मासु खानैको लागि पशु मार्दा पनि ब्रह्माण्डभर नकारात्मक उर्जा जान्छ र बलिप्रथा रोक्किँदा पनि ब्रह्माण्डभर नकारात्मक उर्जा जान्छ ।

मासु खानेले बलि दिएर मात्र खानु उचित हो भने मासु नखानेले पनि नरिवल , कुभिन्डो आदिको बलि दिनु नै पर्छ । बलि प्रथा निरन्तर हुँदा दैनिक हुने पशुहत्या रोकिन्छ र निस्चित समयमा मात्र सर्दा आफैं मान्छे शाकाहारी बन्दै जान्छ वा खाए पनि एकदम कम खानुपर्ने बाध्यता हुन्छ किनकी दैनिक रुपमा बलि दिन मिल्दैन , त्यसको प्रावधान छ ।

बलि प्रथाले योद्धालाई झनै वीर बनाउँछ , क्षत्रीय , सेना, प्रहरी आदिले बलि दिनु नै पर्छ नत्र उसले युद्ध लड्न नै सक्दैन ।

पशुहत्याको माया लागेको हो भने शाकाहारी बन्न प्रेरित गर्ने हो तर जो मान्छे बलिप्रथाको बिरोधी हो त्यो बिज्ञान र धर्म दुबै नबुझेको पाखन्डी हो ।

त्यसको उद्देश्य पशुहत्या रोक्नु हैन बरु हाम्रो संस्कार रोकि हामिलाई मानव रगतको आहालमा डुबाउनु हो । दैनिक पशुहत्या रोक्न पनि बलिप्रथा निरन्तरता दिनुपर्छ । बलिप्रथा हराए नेपाल भन्ने देश पनि हराउँछ ।

यत्ती चेतना सबैमा रहोस् ।।। मांशाहारिले बलि दिएर मात्र खानु, शाकाहारिले पनि कुभिन्डो, घिरौंला वा नरिवल बलि अनिवार्य दिनु ।

अन्यथा आफ्नै हानी हुनेछ .....

यो संसार सबैको हो । मासु नखाँदैमा तिमी गज्जबको पूण्यआत्मा हैनौ र मासु खानेहरु सबैजना कम्म नलाग्ने पापी पनि हैनन ।

किनकी यो संसारमा शरीर बेच्ने नगरवधुले समेत मुक्ती पाउँदा पन्डितहरु नर्कमा जाकिएका हुन्छन् ।।

17/09/2025

हाम्रो रतुवामाइ -०८ मा अवस्थित कुलायन मन्दिरमा आदरणीय ह्जुर बा मन्दिर समितिका अध्यक्ष बल बहादुर कार्की ज्यु का कान्छा सुपुत्र Bal Krishna Karki हाल बैदेशी रोजगार को सिल्सिलामा साउदीबाट पित्री उद्धार लागि आफ्नी पुर्खाको नाममा मन्दिर परिसरको मुल गेट आफ्नो व्यक्तीगत लगानिमा आज मिति २०८२/०६/०१ गते निर्माण कार्य सप्पन्न गर्नु भएको छ ,
यति सहयोग गरि दिनु हुने उहाको परिवारजनलाई मुरि मुरि धन्यवाद साथै कुल पित्रीले सदैव आशिर्वाद दिउन 🙏🙏🙏

जय मष्ट - जय सुतार 🙏💐

28/08/2025

हाल सम्म उठेको रकम को विवरण यश प्रकार रहेको छ :-
भुवन कार्की रतुवामाइ -०८ = रु १०००००(एक लाख )
अर्जुन कार्की मेची नगरपालिका -१० = रु १५१००( पन्ध्र हजार एक सय )
जीवन कार्की मेची नगरपालिका -१० = रु १००००( दस ह्जार )
सन्तोष कार्की रमाइलो बाट = रु ५५५५ ( पाच हजार पाच सय पचपन्न )
प्रकाश कार्की रन्जनी बाट = रु ३००० ( तीन हजार )
बिनोद कार्की चक्करघट्टी बाट = रु ३००० ( तीन हजार
केसर कार्की हेटौंडा बाट = रु ३०००( तीन हजार )
एकराज कार्की बिराट्चोक बाट = रु ३००० ( तीन हजार )
लोक बहादुर कार्की रतुवामाइ -०६ = रु ३०१० ( तीन हजार दस )
सुमन कार्की रतुवामाइ -०६ = रु ३६०० ( तीन हजार छ सय )
मणि कार्की इटहरी बाट = रु १५०५ ( एक हजार पाच सय पाच
कुल जम्मा रकम हाल सम्म = १४७,७०५ ( एक लाख सैतालिस हजार सात सय पाच )
हाल सम्म मलाइ प्राप्त भएको बिबरण यो हो 🙏 धन्यवाद 💐
र बाकी रहनु भएका अन्य बन्धुहरुले पनि यसै गरि सहयोग को भावना रखीदिनु हुने छ भन्ने आशा राखेको छु 🙏

19/08/2025

हाम्रो बन्धु जीवन कार्की मेचिनगर नगरपालिका वार्ड नं १० धुलाबारी झापा बाट रु १०,०००/- रकम मुल मन्दिर तार घेराबारको लागि प्राप्त भएको छ। हजुरको सहयोगि भावना प्रती कुल मन्दिर समिती सहित सम्पुर्ण बन्धुहरु कृतज्ञता आभार प्रकट गर्दछौं ।। कुलको आशीर्वाद सदैब हजुर अनि हजुरको परिवारमा रहिरहोस।
Jiwan Karki

26/07/2025

सम्पूर्ण बन्धुहरुमा नमस्कार हाम्रो यश मन्दिर घेरा बारा कार्यलाई अज थप हौसाला र साथ दिदै यस कुलपुजा समितीका अध्यक्ष आदरणीय हजुर बुवा @बल बाहादुर कार्कि ज्यु का कान्छा सुपुत्र Krishna Karki ज्यु हाल वैदेशिक रोजगारक्रम मा साउदी अरव बाट मन्दिर को मुल गेट जे जति खर्च लाग्छ त्यो आफूले पित्रीको नाममा निर्माण गरिदिने बनी बाचा गर्नु भएको छ
काकालाई मुरि मुरि धन्यवाद साथै कुल पित्री को आशिर्वाद रहिरहोस सदैव कल्याण होस 🙏🙏🙏

जय मष्ट जय सुतार 🙏🙏❣️

Address

Ratuwamai/8 Morang

Website

Alerts

Be the first to know and let us send you an email when बाह्र मष्ट सुतार कार्की कुल वंश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share