05/06/2026
जेठ १७ गते सर्लाहीको पर्सा गाउँपालिकास्थित बेहुला सती मेलामा महोत्तरी जिल्लाको खेसराहाका एक हिन्दू युवामाथि भएको सामूहिक मुस्लिम युबा हरु द्वारा कुटपिट र उनी हाल अस्पतालको आईसीयूमा जीवनमरणको दोसाँधमा छटपटाइरहेको खबरले मन अमिलो बनाउँछ। त्योभन्दा पनि पीडादायी पक्ष त के भने, हजारौँको संख्यामा हिन्दू श्रद्धालुहरू उपस्थित रहेको त्यो पवित्र मेलामा कसैले पनि ती असहाय हिन्दू युवाको पक्षमा बोल्ने वा बीचबचाउ गर्ने आँट गरेनन्, बरु सबै तमासे बनेर हेरिरहे। आज हाम्रो हिन्दू समाज कता जाँदैछ र हिन्दूहरू कतिसम्म स्वार्थी एवं संवेदनहीन बन्दैछन् भन्ने कुराको यो एउटा ज्वलन्त र डरलाग्दो उदाहरण हो। भिडमा उत्पन्न हुने 'म किन झमेलामा पर्ने' भन्ने डर, कानुनी उल्झनको त्रास र सामाजिक उत्तरदायित्वको खडेरीका कारण हिन्दूहरू आफ्नै आँखा अगाडि कुनै हिन्दूको ज्यान जान लाग्दा पनि मौन बस्न थालेका छन्। भिडियो खिच्न तम्सिने तर उद्धारका लागि हात अगाडि नबढाउने यस्तो प्रवृत्तीले हाम्रो मानवीय भावना मरिसकेको संकेत गर्छ। जबसम्म हामी हिन्दू हरुले अरू हिन्दूको पीडालाई आफ्नै पीडा ठानेर अन्यायको विरुद्धमा एकजुट हुन सक्दैनौँ, तबसम्म जिहादीहरूको मनोबल यसैगरी बढिरहनेछ र भोलि यो विपत्ति जोकोही हिन्दूमाथि पनि आइलाग्न सक्छ। घाइते हिन्दू युवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता जघन्य घटनाका दोषीहरूमाथि कडा कानुनी कारबाही हुनैपर्छ। जय श्री राम।