Radio Lekhnath 1066

Radio Lekhnath 1066 Radio Lekhnath 106.6 MHz,Lekhnath -3,Sundari Bazar Kaski

15/04/2020

Don't forget to like and share with everyone ! LEKHNATH KHABAR is one of the most popular news and entertainment youtube channel from nepal. Using of this vi...

13/04/2020

लक डाउनमा बेगनास

असार २७ गते मंगलबार नेपाल बन्दको घोषणा पोखरा, २६ असार /नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) असार २७ गते मंगलबार नेपाल ब...
10/07/2017

असार २७ गते मंगलबार नेपाल बन्दको घोषणा

पोखरा, २६ असार /नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) असार २७ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीले एक विज्ञप्ती प्रकाशीत गरि बन्दको घोषणा गरेको हो । निर्वाचनका बेला प्रहरीले समातेका कार्यकर्ताको रिहाइको माग गर्दै बन्द आयोजना गरेको विज्ञप्तीमा उल्लेख छ ।

मुग्लिन छल्दा कोटेश्वरमा जाम ! सांसदले सोधे-भत्ता नपाएर हो ?२६ असार, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा ज...
10/07/2017

मुग्लिन छल्दा कोटेश्वरमा जाम ! सांसदले सोधे-भत्ता नपाएर हो ?

२६ असार, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा जाम बढेको छ । पिक आवरमा दुई/तीन घन्टासम्म पनि जाममा बस्नु परेको गुनासो आउन थालेको छ । अरु बेला पनि आधा घण्टा बढी जाममा नबसी सुख्खै छैन ।

विशेष गरी रिंगरोड क्रस गर्ने र भक्तपुरतर्फबाट आउने सवारीलाई लामो समय जाम खेप्नुपर्ने अवस्था छ ।

कोटेश्वर चोकमा विहान ८ बजेबाट सुरु हुने जाम बेलुका ८ नबजी हट्दैन । जामले यात्रुलाई सास्ती त भएको छ नै, ट्राफिक प्रहरी पनि सवारी ब्यवस्थापन गर्न नसकेर हैरान छन् ।

ट्राफिक प्रहरी पनि पछिल्ला दिनमा कोटेश्वरमा जामको समस्या झनै बढेको स्वीकार्छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरका इञ्चार्ज तथा सहायक निरीक्षक राजकुमार भट्टराई सवारी ब्यवस्थापन चुनौतिपूर्ण बनेको बताउँछन् ।

मुग्लिन छल्दा कोटेश्वरमा जाम !

ट्राफिक प्रहरीका अनुसार सडक निर्माणका कारण पनि पछिल्लो दिनमा कोटेश्वर क्षेत्रमा सवारीको चाप बढेको छ तर, मुख्य कारण भने मुग्लिन हो ।

कसरी ? भन्ने प्रश्नमा ट्राफिकका कोटेश्वर इञ्चार्ज भट्टराई भन्छन्, मुग्लिनमा घन्टौ जाममा बस्नु पर्छ । यात्रा असुरक्षित र झन्झटिलो पनि भएको छ । यसले थर्दा वीपी राजमार्ग प्रयोग गर्ने सवारीको संख्या दोब्बर भन्दा बढी भएको छ ।’

वीपी राजमार्गको प्रयोग गर्ने राजधानी आउने सवारी बढेपछि कोटेश्वरमा जाम बढ्नै नै भयो । ‘वीपी राजमार्गमा गुड्ने सवारी काटेश्वरबाटै भित्रिने र बाहिरिने हो । विभिन्न सडक हुँदै यही चोकमा आउने सवारीलाई सबै रोकेर एकतर्फ मात्रै छोडेर पास गराउनुपर्छ’ सहायक निरीक्षक भट्टराई भन्छन्, ‘जाममा बस्ने सवारीको संख्या बढ्दा स्वतः जाममा बस्नुपर्ने समय अवधि बढ्छ । यसले यात्रुलाई सास्ती भएपनि हामीले सक्नेजति प्रयास गरिरहेका छौं ।’

मुग्लिनको बाटो सहज नभएसम्म काटेश्वरको जाम कम नहुने देखिएको ट्रापिक प्रहरीको निश्कर्ष छ ।

कलंकीको जाम ‘कनेक्सन’

भट्टराईका अनुसार आजभोलि कलंकीमा हुने जामले पनि कोटेश्वरसम्म असर गरेको छ । कलंकीमा अहिले अण्डरपास निर्माणको काम भइहेकाले जामको समस्या ब्याप्त छ ।

कलंकीबाट अहिले आधा-आधा घण्टामा जामबाट छुट्ने सवारी एकैपटक कोटेश्वर आइपुग्छन् । कलंकीबाट आएका सवारीले पनि सहज रुपमा कोटेश्वरबाट पास हुन पाउँदैनन् ।

यसबाट रिंगरोडमा नै सवारीका चाप बढ्दा काटेश्वरको जाम थपिएको छ । ‘कलंकीबाट जाम छुटेका सवारी एकैपटक कोटेश्वर आउँछन्, यहाँ जाम बढेका बेला कलंकीको जामको समस्या योसँगै जोडिन आएको छ’ सहायक निरीक्षक भट्टराई भन्छन् ।

जनशक्ति अभाव उस्तै

ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरमा इञ्चार्ज भगिराज रेग्मी अहिले विदामा छन् । उनको ठाउँमा बग्गीखनाबाट सहायक निरीक्षक भट्टराई कोटेश्वरमा खटिएका छन् ।

भट्टराईले सवारी ब्यवस्थापनको योजना बनाउन नसक्दा समस्या भएको गुनासो गर्नेहरु पनि छन् ।

तर, भट्टराई भने बिपी राजमार्गको चाप, कलंकीको जाम र पर्याप्त जनशक्तिको अभावका कारण नै कोटेश्वरमा समस्या बढेको दाबी गर्छन् । ‘हामीसँग काटेश्वरको चोकमा ४/५ जना ट्राफिक मात्रै छौं । प्रभाग अन्तरगतका ३५ जना ट्राफिकले बबरमहल, बानेश्वर, एरपोर्ट कार्गो, जडिबुटी, पेप्सीकोला र बालकुमारीको क्षेत्र समेटेर सवारी ब्यवस्थापन गर्नुपर्छ’ भट्टराई भन्छन् ।

जनशक्ति कम भएकाले निगरानी गर्न नसक्दा सार्वजनिक सवारीले जथाभावी रोकेर यात्रु चढाउने गरेको बताए । ‘एउटा सवारी गलत ठाउँमा रोकिनासाथ जाम सुरु भइहाल्छ, ट्राफिक देखे मात्रै नियम मान्ने संस्कृतिले बढी समस्या भएको छ’ भट्टराईले भने ।

सांसदले सोधे- भत्ता नपाएर हो ?

काटेश्वरमा खटिएका ट्राफिक प्रहरीले सवारी ब्यवस्थापनमा सबै जिम्मा ट्राफिकको नै हो भन्ने सोचले बढी समस्या भएको बताए । उनले नयाँ ईञ्चार्ज आएर जाम बढेको भन्ने हल्ला फिँजाइएको प्रति पनि असन्तुष्टि राखे ।

‘जाममा फसेका एक जना सांसदले त मलाई बोलाएरै सोध्नुभयो, जरिवानाबाट उठ्ने पैसाको भत्ता नपाएपछि जाम गर्दिनु भा’को हो ? भनेर’ एक ट्राफिकले भने, ‘धुलो धुँवामा ड्युटी गर्दा-गर्दै पानी पिउन नपाएर हाम्रो किड्नी गइसक्यो, जनताको मात्रै होइन, माननीयहरुको सोचाइ पनि त्यस्तै छ ।’

Address

Kaski
Lekhnath

Alerts

Be the first to know and let us send you an email when Radio Lekhnath 1066 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share